• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

शव खोज्न सगरमाथातर्फ सैनिक


  •   मङ्गलबार, चैत २७, २०८० मा प्रकाशित
  • काठमाडौँ । सगरमाथा आरोहणका क्रममा दुर्घटनामा परी बेपत्ता भएका आरोहीका शव खोज्न नेपाली सेनाको टोली परिचालन हुने भएको छ ।

    Advertisement

    साहसिक पर्यटनको आकर्षक गन्तव्य मानिने सगरमाथा आरोहण गर्ने क्रममा बेपत्ता भएका नागरिकको शवको खोजी गरी नेपालीको भए गृह मन्त्रालयमार्फत आफन्तलाई र विदेशी नागरिक भए परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक नियोगमा बुझाउने तयारी भइरहेको सेनाले जनाएको छ ।

    नेपाली सेनाका प्रवक्ता सहायकरथी कृष्णप्रसाद भण्डारीले झन्डै ५० दिनको अवधिमा कम्तीमा पाँच वटा शव खोजेर ल्याउने उद्देश्यका साथ सैनिक टोली खटाउन लागिएको जानकारी दिनुभयो । फेला परेको शव स्थानीय भएमा सम्बन्धित निकायलाई बुझाउने र पहिचान नभएका शव सेनाले काठमाडौँ ल्याई गृह मन्त्रालयमा बुझाउने जनाएको छ ।

    बेवारिसे शव खोज्नका लागि सेनानी आदित्य कार्कीको नेतृत्वमा १३ जना तालिम प्राप्त सैनिक र २८ अनुभवी शेर्पासहित ४१ जनाको टोली आगामी बिहीबार सगरमाथाको आधार शिविर पुग्ने सेनाले जनाएको छ ।

    भौगोलिक जटिलता र प्रायः प्रतिकूल मौसम रहने सगरमाथामा शव खोज्न खटाइने सैनिक टोलीलाई सेनाले मुस्ताङको जोमसोमस्थित सैनिक उच्च शिखर शिक्षालय (माउन्टेन वार फेयर स्कुल) मा तीन हप्ताको विशेष तालिम प्रदान गरिसकेको छ ।

    सैनिक तथा शेर्पा टोलीलाई चरणबद्ध रूपमा पूर्वतैनाथी तथा बन्दोबस्ती सामग्रीसहित खटाइने सेनाले जनाएको छ । आवश्यकताका आधारमा अन्य विशेषज्ञ टोलीलाई तत्काल परिचालन गर्ने गरी तयारी अवस्थामा राखिने पनि सेनाले जनाएको छ ।

    फोहोर सङ्कलन गरिने

    विश्व वातावरण दिवसको अवसर पारेर सेनाले यस वर्ष बेवारिसे शवसँगै सगरमाथा, ल्होत्से र नुप्त्से हिमालबाट १० मेट्रिक टन फोहोर सङ्कलन गर्ने जनाएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयको नेतृत्वमा सेनाले सफा हिमाल अभियान–२०२४ सुरु गर्न लागेको हो ।

    अभियानका संयोजक सहायकरथी सञ्जय देउजाका अनुसार यस अभियानमा सगरमाथा, ल्होत्से, नुप्त्से हिमालमा थुप्रिएका फोहोर सङ्कलन गर्ने तयारी रहेको छ । हिमालमा वर्षौंदेखि थुप्रिएका फोहोर जम्मा गरी पर्यावरण संरक्षणमार्फत पर्यटन प्रवर्धन गर्ने उद्देश्यले सेनाले सन् २०१९ देखि हिमाल सफाइ अभियान सुरु गरेको थियो । हिमाली क्षेत्रमा बसोबास गर्ने स्थानीयको दिगो विकास तथा भावी पुस्ताका लागि हिमाल संरक्षण गर्न ‘हाम्रो हिमाल हाम्रो दायित्व’ भन्ने नारासहित सेनाले सफाइ अभियान सुरु गरेको थियो ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, वन तथा वातावरण मन्त्रालयलगायत स्थानीय निकाय तथा सरोकारवाला संस्थाको सहकार्यमा सञ्चालित सफाइ अभियानमा आठ हजार मिटरभन्दा अग्ला सगरमाथा, ल्होत्से, मकालु, धौलागिरि, अमादब्लम, कञ्चनजङ्घा, अन्नपूर्ण, बरुन्टसे गरी आठ वटा हिमालबाट हालसम्म १०८ मेट्रिक टन फोहोर र नौ वटा बेवारिसे शव सङ्कलन गरिएको छ ।

    ‘माउन्टेनरिङ एक्पिडिसन’ अवधारणा अनुरूप कुहिने र नकुहिने फोहोरको वर्गीकरण गरी नकुहिने फोहोरलाई पुनः प्रयोगमार्फत रोजगारी सिर्जना गर्ने उद्देश्य रहेको सेनाले जनाएको छ । सगरमाथामा मात्र करिब डेढ लाख मेट्रिक टन फोहोर र तीन सयभन्दा बढी आरोहीका मृत शरीर रहेको अनुमान गरिएको छ ।

    मङ्गलबार, चैत २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer