• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आन्तरिक पर्यटक तान्दै रानीतलाउका माछा


  •   मङ्गलबार, चैत २७, २०८० मा प्रकाशित
  • खजुरा । नेपालगन्जस्थित रानीतलाउमा पालिएका माछा आन्तरिक पर्यटकको आकर्षण बन्न थालेको छ । नेपालगन्जको केन्द्रबिन्दु त्रिभुवन चोकको पूर्वपट्टी नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ स्थित रानीतलाउमा पालिएका माछा आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्न थालेको हो ।

    Advertisement

    रानीतलाउमा घुम्न आएका आन्तरिक पर्यटकहरु तलाउमा पालिएका माछालाई चारो हालिदिने तथा माछा हेरेर रमाउने गरेका छन् । रानीतलाउमा घुम्न आउने अधिकांश आन्तरिक पर्यटकहरु माछालाई दाना तथा चारो हालेर माछा हेर्दै रमाउने गरेको रानीतलाउ सञ्चालक कम्पनीका कर्मचारी दिपक खनाल बताउनुहुन्छ ।

    कर्मचारी खनालले अन्य दिनभन्दा सार्वजनिक विदाका दिनमा आन्तरिक पर्यटकहरु तलाउमा घुम्न आउने गरेको बताउनुभयो । “अरु दिनमा भन्दा रानीतलाउमा सार्वजनिक विदाका दिनमा धेरै पर्यटकहरु आउनुहुन्छ, यहाँ आउनुभएकामध्ये धेरैजसोले माछालाई चारो हालिदिएर माछा हेर्दै तस्बिर खिचाएर रमाउनुहुन्छ ।,” उहाँले भन्नुभयो ।

    रानीतलाउमा बोटिङ्गको पनि व्यवस्था गरिएको छ । यहाँ आउने पर्यटकहरुले बोटिङ्ग गर्ने, माछालाई चारो हालिदिएर माछासँग रमाउने गरेर समय बिताउने गरेका छन् । अन्दाजी आठ फिट गहिराई रहेको रानीतलाउ प्रवेश गर्न १० रुपियाँ र बोटिङ्गमा चढेर तलाउ एक फन्को लगाउनका लागि २५ रुपियाँ शुल्क निर्धारण गरिएको छ ।

    सञ्चालक कम्पनीका कर्मचारी खनालले अन्दाजी चार कट्ठामा फैलिएको रानीतलाउमा यसवर्ष ६ हजार माछाका भुरा हालिएको बताउनुभयो । कामन, नैनी, भाकुर तथा ग्रासलगायत प्रजातीका माछाहरु तलाउमा हालिएको छ । पर्यटकको मन लोभ्याउने मात्र नभएर माछाहरुले राम्रो आम्दानी पनि दिएको छ ।

    “यसवर्ष करिब ६ हजार माछाका भुरा हालेका छौं, एक डेढ किलोको भएपछि बिक्री गर्न सुरु गर्छौ, माछाको बजार राम्रो छ, बिक्री गर्ने साइजको हुने बित्तिकै ग्राहकहरु यहिँ आउनुहुन्छ ।” खनालले भन्नुभयो, “एक डेढ वर्षको समयमा दुई पटक माछा निकाल्छौं, बिहान बेलुका गरेर दिनमा दुई पटक माछालाई दाना हालिदिन्छौं, बन्दा गोपीका पात काटेर पारेको टुक्रा र करिब १० किलो दाना दैनिक खुवाउँछौं ।”

    अन्य जिल्लाबाट नेपालगन्ज काम विशेषले आउने तथा भारतबाट यहाँ आएका पर्यटकहरु र नेपालगन्जका रैथाने आन्तरिक पर्यटकहरु रानीतलाउमा घुम्न आउने गरेका छन् । रानीतलाउ घुम्ने, माछालाई चारो हालिदिने, तस्बिर खिचेर रमाउनुका साथै पर्यटकहरुले माछासमेत किनेर लैजाने गरेका छन् ।

    रानीतलाउमा प्रायः साँझको समयमा घुम्न आउनेको सङ्ख्या अत्यधिक हुन्छ । पारिवारिक सदस्यहरु, बालबालिकाहरु तथा प्रेमी प्रेमीकाको जोडीले समय बिताउनका लागि रानीतलाउ रोज्ने गरेका छन् । रानीतलाउको वरिपरी उद्यान, रमणीय बगैंचा, बालबालिकाका लागि पिङ, चिप्लेटी तथा चमेनागृहको समेत व्यवस्था रहेको छ ।

    ठेकेदार कम्पनी शुभ एण्ड एन.एस. कम्पनी काठमाडौंका प्रतिनिधि निर्मल थापाले नेपालगन्ज उपमहानगरपालिकासँग २०७८ असोज ५ गते १० वर्षका लागि ठेक्का सम्झौता गरी रानीतलाउ सञ्चालन गर्ने स्वीकृति लिएको बताउनुभयो ।

    थापाका अनुसार रानीतलाउ सञ्चालनका लागि सो कम्पनीले उपमहानगरलाई वार्षिक पाँच लाख ५० हजार रुपियाँ तिर्ने गरि ठेक्का सम्झौता गरेको छ । १० वर्षसम्म ठेक्का सञ्चालनका लागि अनुमति पाएको कम्पनीले हरेक दुई वर्षमा १० प्रतिशतका दरले सम्झौता रकममा वृद्धि हुने गरि सम्झौता गरिएको थापाले बताउनुभयो ।

    मङ्गलबार, चैत २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer