• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, भदौ १०, २०८३
☰
बुधबार, भदौ १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

पुलको जग खन्दा मूर्ति भेटियो


  •   बुधबार, चैत २८, २०८० मा प्रकाशित
  • नारायणगढ । भरतपुर महानगरपालिका–८, गौरीगन्जमा पुरातात्त्विक महत्त्वको मूर्ति भेटिएको छ । झट्ट हेर्दा गौतम बुद्धको जस्तो देखिने सो मूर्ति पुल निर्माणका क्रममा पुलको जग खन्दा करिब पाँच/छ मिटर जमिन तल भेटिएको भरतपुर महानगरपालिका–८ का वडाध्यक्ष जीवनाथ कँडेलले जानकारी दिनुभयो ।

    Advertisement

    “हामीले पुल निर्माणका लागि जग खन्दै थियौँ । एक्साभेटरले माटो खन्दै गर्दा अनौठो वस्तु बाहिर निकाल्यो । हेर्दा गौतम बुद्धको पुरानो मन्दिर जस्तो देखिन्छ,” उहाँले भन्नुभयो । गौतम बुद्धकै आसनमा बसेर दुवै हात छाती तल जोडेर उत्तानो अवस्थामा राखिएको मूर्ति भेटिएको हो । यो मूर्तिको शिरको गोलो भाग भने काटिएको अवस्थामा छ ।

    जमिनको सतहभन्दा पाँच/छ मिटर तल पुरिएको अवस्थामा रहेकाले पनि यो धेरै पुरानो मूर्ति हुन सक्ने उहाँको अनुमान छ । नौ इन्च उचाइ, सात इन्च चौडाइ र १०.५ इन्च गोलाइ भएको सो मूर्ति कुन धातुको हो यकिन छैन । पुरातìवविद् प्रकाश दर्नाल मूर्तिका बारेमा यसै भन्न नसकिने बताउनुहुन्छ । यद्यपि मूर्तिको प्रकृति हेर्दा सयदेखि डेढ सय वर्षअघिको हुनुपर्ने अनुमान उहाँको छ । “यो बुद्धको मूर्तिभन्दा पनि कुनै बौद्धधर्म गुरुको मूर्ति हुन पर्छ,” उहाँले भन्नुभयो, “कुनै जमानामा नेपालकै पहाडी क्षेत्र वा हिमाली क्षेत्रमा रहेका गुम्बाबाट हराएको महìवपूर्ण मूर्ति यो स्थानमा लुकाई राखेको र पछि त्यसै बिर्सिएको हुन सक्छ,” उहाँको अनुमान छ ।

    गौरीगन्जका पुराना बासिन्दा पूर्णबहादुर रानाभाटका अनुसार मूर्ति पाएको स्थान पुरानो बस्ती भएको क्षेत्र हो । राणा शासनकै बेलादेखि यो क्षेत्रलाई सल्यानी क्षेत्रका रूपमा बसोबास गराइएको थियो । यो क्षेत्रमा विशेष त थारू र दरैको बस्ती थियो । विसं १९७९ मै यो क्षेत्रमा बसोबासका लागि नापी दर्ता भएको क्षेत्र हो । चितवन राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा पर्ने बरन्डाभार वन क्षेत्रनजिकै पर्ने यो ठाउँ माडीको अयोध्याधामभन्दा करिब ४० किलोमिटर उत्तरमा र चितवनको सदरमुकाम भरतपुरबाट करिब पाँच किलोमिटर दक्षिणमा पर्छ ।

    “मूर्तिका बारेमा यसै भन्न सकिने अवस्था रहेन तर यो निकै बहुमूल्य धातुबाट बनेको देखिन्छ,” उहाँले भन्नुभयो । पुरातìव विभागलगायतका सरकारी निकायले यसको अनुसन्धान गरे यकिन कुरा बाहिर आउने उहाँको भनाइ छ । खन्दा जमिनमुनि भेटिएको सो मूर्तिलाई अहिले वडा कार्यालयले संरक्षण गरेर राखेको छ ।

    पुरातìव विभागका प्रवक्ता रामबहादुर कुंँवर फेला परेको मूर्तिका सम्बन्धमा अनुसन्धान नभई केही भन्न नसकिने बताउनुहुन्छ । कतै हराएको मूर्ति हुन सक्छ कि भनी जिज्ञासा राख्दा उहाँले मूर्तिको फोटो माग्नुभयो । उहाँले भन्नुभयो, “यसको आवश्यकता अनुसार अनुसन्धान गरी पहिचान गर्ने छौँ ।”

    बुधबार, चैत २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer