• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

कच्चापदार्थको अभावमा सङ्कटमा हाते कागज उद्योग


  •   बुधबार, चैत २८, २०८० मा प्रकाशित
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० खोपासीमा सञ्चालित हाते कागज (फ्रेण्डसिप पेपर) उद्योग कच्चापदार्थको अभावका कारण सङ्कटमा परेको छ ।

    Advertisement

    आवश्यक परेका बेलामा कच्चापदार्थ (लोक्ता र अर्गेली)को अभाव, उत्पादन भएको कागज बिक्रीका लागि बजारको अभावका साथै आर्थिक व्यवस्थापनका लागि बैंकले ऋण नदिँदा उद्योग सञ्चालनमा सङ्कट उत्पन्न भइरहेको सञ्चालकले जनाएको छ ।

    उद्योगका सञ्चालक चतुरमान शाक्यले मागअनुसार कच्चापदार्थको आपूर्ति नहुँदा भनेजस्तो उत्पादन गर्न समस्या भइरहेको बताउनुभयो । साथै उत्पादित कागजको सहज रुपमा बिक्री नहुँदा समस्या हुने गरेको उहाँको भनाइ छ ।

    उद्योगमा लोक्ता र अर्गेली पेल्नका लागि तयार गर्ने काममा व्यस्त मनिता कार्कीले यहाँस्थित नेपाली कागज उद्योगमा वर्षौँदेखि काम गर्दै आएको बताउनुभयो । उद्योग सिजन अनुसार जसोतसो सञ्चालन हुँदै आएको उहाँको भनाइ छ ।

    “घाम नलाग्दा र पानी परेको बेलामा काम हुँदैन”, कार्कीले भन्नुभयो, “घामको भरमा काम गर्नुपर्ने भएकाले बिहान १० बजेदेखि ४ बजेसम्म मात्रै काम गर्ने गरेका छौँ ।” उद्योगमा कार्यरत सबै मजदुर आएमा दैनिक पाँच/छ कोरी उत्पदान हुने उहाँले जानकारी दिनुभयो ।

    उद्योगमा कार्यरत अर्का मजदुर सवला गुरागाईंले कात्तिकदेखि वैशाखसम्म मात्रै काम हुने भन्दै आफ्नै टोलमा उद्योग भएकाले काम भने सहजै पाउने गरेको बताउनुभयो । उहाँले विसं २०६२ देखि यहाँ काम गर्दै आएको बताउनुभयो । उहाँहरु जस्तै उक्त उद्योगमा दैनिक १४ जनाले कागज उत्पादनमा काम गरिरहेका छन् । आवश्यक परेको बेलामा कच्चापदार्थको आपूर्ति नहुँदा उत्पादनमा समस्या हुने गरेको उहाँहरुको भनाइ छ । ठूलो ड्रममा उसिनेर कच्चापदार्थ पेल्नेबाहेक सबै काम मजदुरले गर्ने गरेका छन् ।

    विसं २०५८ मा दुई जनाले दर्ता गरेर सञ्चालन गरेको ‘फ्रेण्डसिप पेपर उद्योग’ अहिले पनि जसोतसो सञ्चालन भइरहेको उद्योगका सञ्चालक शाक्यले बताउनुभयो । अहिले आवश्यक कच्चापदार्थ तथा बजारको अभाव, बिक्री गरेपनि समयमा पैसा नपाउनेलगायत समस्याले उद्योग सङ्कटमा पर्न थालेको उहाँको भनाइ छ । अहिले दुई जनाले उद्योग सञ्चालनलाई निरन्तरता दिँदै आएको उहाँले जानकारी दिनुभयो ।

    “बजार सामान बिक्री गर्दा समयमा पैसा नदिने गरेकाले गाडी भाडा, मजदुरको ज्यालालगायत खर्चसमेत नपुग्ने अवस्था थियो । पछिल्लो समय यसलाई व्यवस्थापन गर्दै लगेका छौँ”, शाक्यले भन्नुभयो, “अहिले बजार पनि राम्रो छैन । केही मजदुरलाई भने अझै रोजगार दिन सकिरहेका छौँ ।” उहाँका अनुसार उद्योगबाट २० ग्राम र ८० ग्रामका कागज उत्पादन हुँदै आएको छ ।

    उत्पादित २० ग्रामको प्रतिकागज रु २० र ८० ग्रामको रु ७० मा बिक्री हुने गरेको सत्तचालक शाक्यले जानकारी दिनुभयो । उत्पादन गरेअनुसार बजारमा सामान बिक्री नहुँदा करिब रु पाँच/छ लाखको सामान गोदाममा थन्किएको उहाँको भनाइ छ ।

    “कच्चापदार्थ आवश्यकता अनुसार नपाउने, पहिला नै भुक्तानी गरेर माग गर्नुपर्ने, आफूले भनेजस्तो नपाउने, बजार अभावलगायत कारणले उद्योग सङ्कटमा पर्दै गएको छ”, सञ्चालक शाक्यले भन्नुभयो । राज्यले आवश्यक कच्चापदार्थ, उत्पादन भएको वस्तुको सहज बजारीकरण र लगानीको पर्याप्त वातावरण बनाइदिएको अवस्थामा उद्योगको अस्तित्व बचाउन सकिने उहाँको भनाइ छ ।

    उद्योगलाई निरन्तरता दिन बजारको सुनिश्चितता मुख्य आधार भएकाले त्यसको व्यवस्थापन राज्यले गरेमा भएका उद्योगलाई बचाउन र थप रोजगारीका अवसर सिर्जना गर्न सकिने शाक्यले बताउनुभयो ।

     

    बुधबार, चैत २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer