• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सडकबत्तीको करोड रुपियाँ बक्यौता उठ्न बाँकी


  •   बिहिबार, चैत २९, २०८० मा प्रकाशित
  • घोराही । दाङमा सडकबत्तीको करिब एक करोड विद्युत् बक्यौता उठ्न बाँकी छ । नेपाल विद्युत् प्राधिकरण घोराही र तुलसीपुर वितरण केन्द्र अन्तर्गत विभिन्न सडकमा जडान गरिएको सडकबत्तीको बक्यौता एक करोड ३८ लाख ६५ हजार ५५६ रुपियाँ उठ्न बाँकी छ ।

    Advertisement

    विद्युत् प्राधिकरणको तुलसीपुर वितरण केन्द्र अन्तर्गत एक करोड ३५ लाख २८ हजार उठ्न बाँकी देखिएको शाखा प्रमुख शिवनारायण गोसलीले जानकारी दिनुभयो । उहाँका अनुसार २०७४ सालदेखि तुलसीपुर क्षेत्रका विभिन्न स्थानमा जडान गरिएका सडकबत्तीको बक्यौता रकम उठ्न सकेको छैन । लामो समयसम्म विद्युत् बक्यौता नउठेपछि केही महिनाअघि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख तथा प्रशासकीय अधिकृतसँग भेटेर समस्या समाधानबारे छलफल भएको थियो । तर पनि समस्या समाधान नभएकाले दुई स्थानको लाइन काटिएको उहाँले बताउनुभयो ।

    कार्यालय प्रमुख गोसलीले भन्नुभयो, “‘लामो समयसम्म पनि विद्युत् महसुल नउठेपछि केन्द्रको निर्देशन अनुसार लाइन काट्न थालेका छौँ । यस अन्तर्गत तुलसीपुर बजार क्षेत्रका तीन स्थानमा जडान भएकोमा दुई ठाउँको काटेका छौँ अब एक स्थानको काट्न बाँकी छ ।” उहाँका अनुसार सडकबत्तीबापत माघ महिनामा पाँच लाख मात्र उठेको छ । नियमित रूपमा किस्तामार्फत बुझाउने तुलसीपुर उपमहानगरपालिकासँग सहमति भए पनि नबुझाएको उहाँले बताउनुभयो । त्यसै गरी घोराही उपमहानगरपालिका क्षेत्रमा सडकबत्ती बालेबापत तिर्नुपर्ने करिब साढे तीन लाख विद्युत् महसुल तिरेको छैन । उपमहानगरले सडकबत्ती प्रयोग गरेबापतको तीन लाख ३७ हजार रुपियाँ तिर्न बाँकी रहेको विद्युत् प्राधिकरण घोराही वितरण केन्द्रका सहायक इन्जिनियर नन्दलाल शर्माले जानकारी दिनुभयो ।

    इन्जिनियर शर्माका अनुसार घोराहीमा सडकबत्तीबापतको महसुल पाँच वर्षदेखि तिरिएको छैन । यो रकम जरिबानाबाहेकको भएको र यसमा २५ प्रतिशत जरिबाना लाग्ने उहाँले बताउनुभयो । घोराही उपमहानगरका प्रमुख नरुलाल चौधरीले उपमहानगरले सडकबत्तीको महसुल तिर्न बाँकी नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सडकबत्तीमा मिटर जडान छैन तर पहिलेदेखि जसरी महसुल बुझाइँदै आइएको थियो उसै गरी एकमुष्ट रकम बुझाउँदै आएका छौँ । उपमहानगरले सडकबत्तीबापत तिर्नुपर्ने रकम छैन ।” त्यसै गरी लमही वितरण केन्द्र अन्तर्गत सडकबत्तीको विद्युत् महसुल उठ्न समस्या नरहेको लमही शाखा प्रमुख युवराज रावतले जानकारी दिनुभयो । नियमित विद्युत् महसुल बुझाउने गरेकाले लमहीमा समस्या नदेखिएको शाखा प्रमुख रावतले बताउनुभयो ।

    बिहिबार, चैत २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ३.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: वैशाख २०८३

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      वार्षिक राशिफल: २०८३

    • ७.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer