• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

नयाँ वर्षको अवसरमा पर्यटकले होमस्टे भरिभराउ


  •   बिहिबार, चैत २९, २०८० मा प्रकाशित
  • कावासोती । नयाँ वर्षको अवसरमा स्थानीय होमस्टे पर्यटकहरूले भरिभराउ भएको छ । विगत वर्षझैँ यो वर्ष पनि नवलपुरका होमस्टेमा पर्यटकको चाप बढेको देखिएको छ ।

    Advertisement

    मानिसमा एकातिर नयाँ वर्षको छुट्टै उमङ्ग र हर्ष छ भने अर्कोतिर पर्यटनका लागि वसन्त ऋतु उपयुक्त मानिने भएकाले आन्तरिक तथा बाह्य पर्यटकले होमस्टे भरिभराउ भएको हो ।

    नवलपुरको पर्यटकीय क्षेत्रमा यतिखेर आन्तरिक तथा विदेशी पर्यटकको भीड लागेको छ । यो समय वर्षको अन्तिम बिदा मनाउने, परीक्षा सकेर बसेका विद्यार्थी समेत घुमघाममा जाने भएकाले होमस्टेमा चाप बढेको स्थानीयको बुझाइ छ ।

    अमलटारी मध्यवर्ती होमस्टे व्यवस्थापन समितिका अध्यक्ष प्रेमशङ्कर मर्दनिया थारुले जिल्लाको अमलटारी मध्यवर्ती होमस्टेमा पछिल्लो समय परिवार, साथीभाइबिच रमाइलो गरी नयाँ वर्ष मनाउन आउने आन्तरिक तथा बाह्य पर्यटकमा वृद्धि भएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “होमस्टे सञ्चालन भएको पाँच वर्षको अवधिमा होमस्टेमा हालसम्म एक लाख दश हजार पर्यटकले भ्रमण गरेका छन् । थारु समुदायद्वारा सञ्चालित होमस्टेमा दैनिक एकसय पर्यटक जङ्गल सफारीका लागि आउनेगरेका छन् । चैत महिनामा मात्र तीन हजार पर्यटक आइसकेका छन् ।”

    नयाँ वर्षको अवसरमा होमस्टेमा घुइँचो हुनेगरेको उहाँको भनाइ छ । नेपालकै उत्कृष्ट मानिने अमलटारी होमस्टे अध्ययन तथा अवलोकनको गन्तव्य समेत बनेको उहाँले चर्चा गर्नुभयो ।

    चिलाह होमस्टे व्यवस्थापन समितिका अध्यक्ष धनिराम गुरौले होमस्टेमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई सामुदायिक वनमा हात्तीमार्फत वन्यजन्तुको अवलोकन तथा डुङ्गा सयर गराउने गरिएको बताउनुभयो । दिउँसो वन्यजन्तुको अवलोकनपछि पर्यटकलाई साँझ थारु र बोटे जातिको सांस्कृतिक नाच देखाउने गरिएको छ ।

    होटल व्यवसायी नवलपुरका अध्यक्ष सन्तोष रानाले मुख्य पर्यटकीय मौसममा विदेशी पर्यटकको सङ्ख्या पनि बढेको बताउनुभयो । अध्यक्ष रानाले भन्नुभयो, “अहिले विद्यार्थीको परीक्षा सकिएको र कर्मचारीको बिदा कटाउने र नयाँ वर्ष पनि परेकाले प्रमुख पर्यटकीय क्षेत्रमा आन्तरिक तथा विदेशी पर्यटक बढेका छन् ।”

    बिहिबार, चैत २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer