• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

कुम्भ नगरी चतराधाममा दैनिक धार्मिक सत्संग


  •   बिहिबार, चैत २९, २०८० मा प्रकाशित
  • वराहक्षेत्र । बाह्र वर्षे पूर्ण महाकुम्भ मेलाको अवसरमा कुम्भ नगरी चतरा धाममा धार्मिक कथा प्रवर्चनहरु सुरु भएको छ । एक महिनासम्म लाग्ने महाकुम्भ मेलामा धार्मिक गुरुहरू द्वारा कथा प्रवर्चनका साथै सत्संग सुरु गरिएको हो ।

    Advertisement

    कथा सुन्न र कुम्भ नगरिको दर्शन गर्न धार्मिक पर्यटकहरूको दैनिक भिडभाड बढ्न थालेको छ । कुम्भकै अवसरमा रामनन्दाचार्य सेवापीठ चतराधाममा श्रीराम कथा प्रवचन हुँदै आएको छ । रामनन्दाचार्य सेवापीठ परिसरमा चैत २७ गतेबाट राम कथा प्रवचन सुरु भएको हो ।

    कुम्भ नगरी परिसरमा दैनिक रुद्री, चण्डी पाठ हुँदै आएको छ भने कौशिकी तट किनारमा साझमा महाआरती समेत हुँदै आएको छ । विश्वकै पाँच स्थानमा मात्र लाग्ने कुम्भ नेपालको एक मात्र स्थान चतराधाममा लाग्ने गरेको छ भने भारतको चार स्थानमा लाग्ने गरेको छ । बाह्र वर्षपछि लागेको महाकुम्भमा स्नान गरे शारीरिक रोग कष्टहरूबाट छुटकारा पाउने धार्मिक विश्वासका साथ मानिसहरू कुम्भमा स्नान गर्न कुम्भ नगरी चतरा धाम आउने गरेका छन् ।

    चतराधामको दर्शन गर्न, स्नान गर्न र राम कथा सुन्न स्थानीय भक्तजनदेखि नेपाल, भारत, बङ्गलादेश, भुटान, श्रीलङ्कालगायत विभिन्न देशहरूबाट भक्तजनहरूको बाक्लो उपस्थिति हुने गरेको छ । सेवापीठ परिसरको साधना हलमा राम कथावाचक सुश्री चन्द्रकलासखीबाट राम कथा सुरु भएको छ । बाहिरबाट आएका भक्तजनहरूले कुम्भ नगरी परिसरमा बसेर अनुष्ठानसमेत गर्ने गरेका छन् ।

    चैत २७ देखि वैशाख ४ गतेसम्म सञ्चालन हुने राम कथा दैनिक दिउँसो ३ बजे ६ बजेसम्म हुँदै आएको जगद्गुरु श्रीरामनन्दाचार्य सेवापीठले जनाएको छ ।

    तीर्थ वराहक्षेत्रको काख चतरा धाममा कुम्भ मेलाको अवसरमा दैनिक धार्मिक सत्संग हुँदै आएको छ । धार्मिक विद्वानहरूबाट दैनिक पाठप्रयण र कथा प्रवचन समेत हुने गरेको कुम्भ व्यवस्थापन मूल आयोजक समितिका सहअध्यक्ष रमेश कार्कीले बताउनु भयो । दैनिक धार्मिक सत्संगमा रमाउन र धार्मिक लाभ लिन धार्मिक पर्यटकहरू आउने गरेका छन् ।

    नेपालको इतिहासमै पहिलो पटक श्रीहनुमानजीको अनुष्ठानात्मक सर्वसिद्धिप्रद दुर्लभ महायज्ञ समेत कुम्भ परिसरमा हुने भएको छ । महाकुम्भकै अवसरमा रामनन्दाचार्य सेवापीठ चतराधाममा सङ्कटमोचन हनुमद् महायज्ञ समेत आयोजन हुँदैछ । वैशाख ५ देखि ११ गतेसम्म दैनिक बिहान ६ देखि दिउँसो १२ बजेसम्म सङ्कटमोचन महायज्ञ सञ्चालन हुने जनाइएको छ । भारतको बागेश्वरी धामका पीठाधिश धिरेन्द्रकृष्ण शास्त्री (बागेश्व धाम सरकार) बाट वैशाख ५ देखि ९ गतेसम्म श्रीहनुमद्कथा प्रवचन हुने आयोजक महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानले जनाएको छ ।

    सङ्कटमोचन महायज्ञमा दिव्य सन्त दर्शन तथा सम्मेलन महायोग, ध्यान साधना र वराहक्षेत्र धामको ऐतिहासिक विवेचना समेत गरिने भएको छ । आध्यात्मिक गुरुका रूपमा चर्चित धिरेन्द्र शास्त्री कुम्भमा हनुमद् कथा प्रवचनका लागि आउने भएपछि थप भक्तजनहरूको आकर्षण हुने बताइएको छ ।

    सुनसरीको चतराधाममा एक महिनासम्म लाग्ने नेपालकै एक मात्र कुम्भ मेलाको समुद्घाटन चैत २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले गर्नु भएको थियो ।

    बिहिबार, चैत २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer