• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
मङ्गलबार, भदौ ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

नयाँ वर्षको अवसरमा बेलढुङ्गा–स्वर्गाश्रम पर्यटन उत्सव मनाउदै बेनी नगरपालिका


  •   आइतबार, बैशाख ०२, २०८१ मा प्रकाशित
  • काठमाडौँ । म्याग्दीको बेनी नगरपालिका–३ र बागलुङको काठेखोला गाउँपालिका–३ को सिमानामा आयोजित ‘बेलढुङ्गा–स्वर्गाश्रम पर्यटन उत्सव’ आज सम्पन्न भएको छ ।

    Advertisement

    हिमाल र सूर्योदयको दृष्यावलोकनका लागि सम्भावनायुक्त गन्तव्यका रूपमा रहेको बेलढुङ्गा–स्वर्गाश्रम क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ वर्षको अवसर पारेर तीन दिनसम्म सञ्चलित उक्त उत्सव आज सम्पन्न भएको हो ।

    बागलुङ धम्जाको बेलढुङ्गा सामुदायिक होमस्टे र म्याग्दी भकिम्लीको स्वर्गाश्रम व्यवस्थापन समितिको संयुक्त आयोजनामा भएको उत्सवमा मौलिक यानीमाया र सोरठी गीत, म्याराथन दौड र आमा समूहस्तरीय नृत्य प्रतियोगिता, स्थानीय कलाकारको गीत र नृत्य प्रस्तुतीलगायत कार्यक्रम गरिएको थियो ।

    संस्कृतिको संरक्षण र प्रकृतिको प्रवर्द्धनमार्फत पर्यटक भित्र्याएर ग्रामीण अर्थतन्त्र र जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले उत्सव आयोजना गरिएको कार्यक्रम संयोजक गोपाल श्रीसमगरले बताउनुभयो ।

    “समुद्री सतहबाट दुई हजार छ सय मिटरको उचाइमा वरपर गुराँसे पहाडको टुप्पोमा रहेको बेलढुङ्गा यस क्षेत्रको आकर्षक भ्यूप्वाइन्ट हो”, उहाँले भन्नुभयो, “संस्कृतिको संरक्षण र प्रकृतिको प्रवर्द्धनमार्फत पर्यटन विकास गर्ने उद्देश्यले उत्सव आयोजना गरिएको हो ।”

    उत्सवको अवसरमा दारेडौँडा कान्छो धवलागिरिबाट बेलढुङ्गासम्मको चार किलोमिटर दुई सय मिटर दूरीमा भएको म्यारथुन प्रतियोगिताको उपाधि बेनीका बिराज परियारले जित्नुभएको छ । चौध मिनेट दुई सेकेण्डमा दूरी पार गरेका परियारले नगद रु १५ हजारसहित प्रमाणपत्र, मेडल र ट्रफी हात पार्नुभयो ।

    चौध मिनेट १२ सेकेण्डमा दूरी पार गरेका ताराखोलाका भीम रोका द्वितीय र १६ मिनेट लगाएका भकिम्लीका अनिल पुन तृतीय हुँदै क्रमशः नगद रु १० हजार र रु पाँच हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभएको उत्सव आयोजक समितिका सचिव गिरु श्रीसले जानकारी दिनुभयो । म्याराथन प्रतियोगितामा आठजनाको सहभागिता थियो ।

    यानीमाया गीत प्रतियोगितामा सहभागी मुुसुङ र ताराखोला, सोरठी गीतमा सहभागी भकिम्लीका तीनवटा समूहलाई नगद रु पाँच÷पाँच हजार प्रदान गरिएको छ । सात समूह सहभागी आमा समूह नृत्य प्रतियोगितामा बेनी नगरपालिका–४ को तातोपानी प्रथम, ताराखोलाको खालडाँडा द्वितीय र बेनपा–३ भकिम्लीको सिमखोला आमा समूह तृतीय हुँदै क्रमशः नगद रु १५ हजार, रु १० हजार र रु पाँच हजार प्राप्त गरेका छन् ।

    प्रतियोगितामा विजयीलाई जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, बेनपा–३ का वडाध्यक्ष पदम पुन र काठेखोला–३ का वडाध्यक्ष कुलबहादुर विकले पुरस्कार वितरण गर्नुभएको थियो ।

    नयाँ वर्षको दिन भकिम्ली, बरङ्जा, ताराखोला, भिमापोखरा, धम्जा, बेनीबाट ३० हजार भन्दा बढी पर्यटक बेलढुङ्गा पुगेका बेनी–३ का वडाध्यक्ष पुनले जानकारी दिनुभयो । गुराँसको जङ्गल र बेलढुङ्गाबाट दृष्यावलोकन गर्ने आन्तरिक पर्यटकको दिनभर घुइँचो लागेको थियो । नयाँ वर्षको अवसरमा स्वर्गाश्रमबाट बेलढुङ्गासम्म कलशयात्रा पनि गरिएको वडा सदस्य रत्न जिसीले जानकारी दिनुभयो ।

    आइतबार, बैशाख ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer