• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, भदौ ०३, २०८३
☰
बुधबार, भदौ ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

सामूहिक कला प्रदर्शनी


  •   आइतबार, बैशाख ०२, २०८१ मा प्रकाशित
  • काठमाडौँ । लाजिम्पाटस्थित अरुपण आर्ट ग्यालरी स्थापनाको १२ औँ वर्ष प्रवेशको अवसरमा सामूहिक कला प्रदर्शनीको आयोजना गरिएको छ । कलाकार रमेश खनालले आफूले चित्र कोर्ने माध्यमलाई अझ सशक्त बनाउन सो आर्ट ग्यालरी स्थापना गरिएको जानकारी दिनुभयो । उहाँले स्थापनाकालदेखि हालसम्म निरन्तर निःशुल्क चित्रकलाको प्रशिक्षण दिइरहेको पनि जानकारी दिनुभयो ।

    Advertisement

    उहाँले अरुपण आर्ट ग्यालरीमा वर्षभरि चित्रकलाको प्रशिक्षण लिएका प्रशिक्षार्थीले बनाउनुभएको चित्रकला समेटेर हरेक वर्ष वैशाख महिनामा सामूहिक चित्रकला प्रदर्शनीको आयोजना गर्दै आएको बताउनुभयो । यस पटक कला समीक्षक, कलाकार र कलामा रुचि राख्ने दर्शकलाई साना बालबालिका, कलेज पढ्दै गरेका र वरिष्ठ महिला कलाकारको चित्र अवलोकन गर्ने अवसर प्राप्त हुने ग्यालरीले जनाएको छ ।

    प्रसिद्ध कलाकार हरिप्रसाद शर्माले वर्षभरि चित्रकला सिकेका प्रशिक्षार्थीमध्येका सगुन भण्डारीलाई अरुपण उत्कृष्ट कलाकार २०८० स्वर्ण पदक प्रदान गर्नुभयो । प्रदर्शनीमा धार्मिक, पौराणिक, प्राकृतिक, नेपाली जनजीवनलगायत विश्व प्रसिद्ध कलाकारको समेत चित्र राखिएका छन् । ग्यालरीका निर्देशक एवं कलाकार रिता खनालले सो चित्रहरू कलाकार स्वयम्ले सङ्कनलमा राख्ने बिक्री नगर्ने गरी प्रदर्शनीमा राखिएको बताउनुभयो ।

    कलाकारहरू रिता खनाल, सगुन भण्डारी, सुन्दरमाला बैठा, शशी राउत, सन्जु प्रधान, राम थापा, सुस्मिता कार्की, अंशु बैठा, सपना मल्ल, अभिषेक मण्डल, कोमल श्रेष्ठ र सौगात आचार्यका सिर्जनाहरू वैशाख १४ गतेसम्म प्रदर्शनीमा राखिने अरूपण आर्ट ग्यालरीले जनाएको छ ।(गोरखापत्र)

    आइतबार, बैशाख ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer