• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आँखाको दृष्टि कसरी बढाउने ?


  •   आइतबार, बैशाख ०२, २०८१ मा प्रकाशित
  • आँखा शरीरको महत्त्वपूर्ण अङ्ग हो जुन दृष्टिको काममा आँउछ। मानव शरीरमा दुई आँखा हुन्छन् । यो दुईटै आँखा खोपडीको अर्बिटमा अवस्थित हुन्छन् । आँखाको फोटोरिसेप्टर प्रकाशलाई विद्युतीय सिग्नलमा परिवर्तन गर्दछ । यो सिग्नललाई अप्टिक स्नायु मष्तिश्कमा पुर्याउँछ र व्यक्तिलाई दृष्टिको अनुभुति हुन्छ ।

    Advertisement

    के तपाईंलाई थाहा छ ? तपाईंको शरीरको सबैभन्दा सक्रिय मांशपेशीहरु आँखाकै हुन्छ भन्ने कुरा । साथै आँखा नै तपाईंको शरीरको सबैभन्दा सुन्दर तथा सबैभन्दा नाजुक भाग पनि हो । यहाँसम्म कि आँखाहरुलाई तपाईंको व्यक्तित्वको दर्पण समेत भन्ने गरिन्छ ।

    यी सबै कारणहरुले गर्दा के कुरा बुझ्न अनिवार्य छैन भने तपाईंले आफ्नो आँखालाई लिएर अति नै सावधान रहनु अनिवार्य छ । तर, लामो समयसम्म कम्प्युटर अथवा मोबाइल स्क्रिनको सम्पर्कमा रहनाले अथवा पोषणको कमिका कारणले अचेल चस्मा लगाउने व्यक्तिहरुको संख्या दिन-प्रतिदिन बढिरहेको छ ।

    केही व्यक्तिहरुलाई चस्मा लगाउन मनपर्छ । यहाँसम्म कि उनीहरुको व्यक्तित्वमा चस्मा निकै सुहाउँछ । तर, यहँनिर नै कतिपय त्यस्ता व्यक्तिहरु पनि छन् । जसलाई चस्मा लगाउनु भनेको एउटा समस्या झैं लाग्छ । चस्मा लगाउनाले कतिपय काममा बाधा उत्पन्न हुन्छ । तर, तपाईंले चस्मा नलगाई कुनै पनि कुरा स्पष्ट रुपमा देख्नै सक्नुहुन्न । कतिपय व्यक्तिहरु कन्ट्याक्ट लेन्सहरु अथवा लेजर सर्जरीको समेत सहायता लिन्छन् । तर, यसबाहेक पनि अन्य विभिन्न तरिकाहरु छन्, जसले तपाईंलाई आफ्नो आँखाको ज्योतीलाई शक्तिशाली बनाउन सक्नुहुनेछ ।

    घाँसमा खाली खुट्टा हिँड्ने

    झट्ट सुन्दा यो कुरा अनौठो लाग्न सक्छ, तपाईंको आँखाको स्वास्थ्यका लागि खुट्टा कसरी जिम्मेवार हुन सक्छ ? तर यो सत्य हो, घाँसमा केही समय नाङ्गो खुट्टा हिँड्नाले तपाईंको दिमागलाई शान्ति मिल्छ । जब तपाईं ओसिलो घाँसमा नाङ्गो खुट्टा हिँड्नुहुन्छ । त्यो बेला खुट्टाको दबाब पहिलो, दोस्रो तथा तेस्रो औंलामा पर्दछ, जसमा आँखाका लागि मुख्य रिफ्लेक्सोलोजी दबाबबिन्दु हुन्छ । जसले राम्रो दृष्टिलाई उत्तेजक बनाउँछ । यसबाहेक घाँसको हरियो रंग हेर्दा पनि निकै सुखदायक अनुभव हुन्छ ।

    आँखाको व्यायाम

    कम्प्युटर स्क्रिनमा लामो समयसम्म काम गर्नाले तपाईंको आँखाको दृष्टि कमजोर हुनसक्छ । यसले गर्दा आँखा दुख्ने तथा पोल्ने समस्या पैदा हुन्छ । आँखा झिम्क्याउनु एउटा त्यस्तो व्यायाम हो, जसले आँखामा भएको दुखाई कम हुनसक्छ । तपाईंले केवल केही समयसम्मका लागि आँखाको परेला झिम्क्याउनु पर्छ । यसो गर्दा तपाईंले बेग्लै महसुस गर्नुहुनेछ ।

    आँखाको अर्को पनि एउटा व्यायाम छ, जसमा तपाईंले आफ्नो आँखालाई चारैतिर घुमाउनुपर्छ । माथितर्फ हेर्नुपर्छ र १० मिनेटसम्मका लागि आँखालाई चारै दिशातर्फ घुमाउनुपर्छ । त्यसपछि दुई मिनेटका लागि आँखा बन्द गर्नुपर्छ र आराम गर्नुपर्छ । त्यसपछि पुनः यसलाई दोहोर्‍याउनुपर्छ । यो व्यायाम निकै नै फाइदाजनक हुन्छ । यसलाई हरेक दिन दोहोर्‍याउनाले तपाईंले चस्माबाट पनि छुटकारा पाउनुहुनेछ ।

    परेलालाई न्यानो बनाउने

    लामो समयसम्म कम्प्युटरमा काम गरेपछि तपाईंको आँखालाई पुनः जीवन्तता दिनु आवश्यक हुन्छ । त्यसका लागि तपाईंले आफ्नो आँखाको परेलालाई न्यायो बनाउने कोसिस गर्नुपर्छ । आफ्नो हत्केललाई एक-आपसमा रगडेर तताउने अनि त्यसलाई आफ्ना परेलामा राख्ने गर्नुपर्छ । ६ सेकेण्डसम्म हत्केलालाई परेलामा राख्नुपर्छ । यो प्रकृयालाई तीन पटकसम्म दोहोर्‍याउनुपर्छ । यसो गर्नाले तपाईंको आँखाले तत्काल आराम पाउने छ । यदि तपाईंसँग समय छ भने केही बेरसम्मका लागि आँखा बन्द गरेर पल्टिँदा समेत निकै नै आराम मिल्दछ ।

    खानपान

    तपाईंलाई आँखामा लगाइएको चस्माबाट छुटकारा दिलाउने मुख्य कारक बन्नसक्छ तपाईंको खानपिन । शक्तिशाली आँखाका लागि हरियो सागपात, माछा -टुना/साल्मन), भिटामिन सी (सुन्तला र कागती), भिटामिन ई, सी तथा एले भरिपूर्ण खानेकुराहरु जस्तै दूध, चीज, गाजर, पालक, मेवा आदिको सेवन नियमित रुपले गर्नुपर्छ ।

    यसबाहेक स्वस्थ आँखाका लागि प्रसस्त पानी पिउनुपर्छ । अंगुर तथा ब्लूबेरिजको नियमित सेवन गर्नुपर्छ । सबैभन्दा महत्वपूर्ण कुरा धुम्रपानको लतलाई त्याग्नुपर्छ ।

     

    आइतबार, बैशाख ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ३.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: वैशाख २०८३

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      वार्षिक राशिफल: २०८३

    • ७.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer