काठमाडौँ । नेपाली सेनाको प्रवक्तामा सहायक रथी गौरवकुमार केसी नियुक्त हुनुभएको छ ।
Advertisement
यसअघि सेनाको ३ नम्बर बाहिनीका बाहिनीपति रहनुभएका केसीलाई सैनिक मुख्यालय जङ्गी अड्डाले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशकसहित प्रवक्ताको जिम्मेवारी तोकेको हो ।
निवर्तमान सैनिक प्रवक्ता, सहायक रथी कृष्णप्रसाद भण्डारी १६ महिनाको कार्यकाल पूरा गरी जङ्गी अङ्डास्थित सैनिक अभिलेखालयपतिको रुपमा नयाँ जिम्मेवारीसहित सरुवा हुनुभएको छ ।
नवनियुक्त सैनिक प्रवक्ता केसीले सोमबारदेखि सैनिक औपचारिक रुपमा सैनिक प्रवक्ताको जिम्मेवारी वहन गर्नुहुने जङ्गी अड्डाले जनाएको छ ।




