• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सडक सञ्जाल जोडिएपछि ढुवानी सहज


  •   आइतबार, बैशाख ०२, २०८१ मा प्रकाशित
  • हुम्ला । हिमाली जिल्ला हुम्लाका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्यान्न ढुवानी कार्य सहज बन्दै गएको छ । दक्षिणी हुम्लाको सर्केगाड गाउँपालिका–६, खानीखेतसम्म राष्ट्रिय सडक सञ्जाल जोडिएका कारण ढुवानी सहज भएको हो ।

    Advertisement

    लिमिटेडको हुम्ला शाखाका निमित्त प्रमुख नवीन आचार्यले पहिलो पटक जिल्लाका लागि निर्धारित कोटाको खाद्यान्न समयमै ढुवानी भएको बाउनुभयो । यसको मुख्य श्रेय दक्षिणी हुम्ला सडक सञ्जालसँग जोडिएकोलाई जान्छ ।

    यसै आर्थिक वर्षभित्र ढुवानी गर्ने गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तीन हजार क्विन्टल खाद्यान्न थप गरेको छ । जिल्लामा खाद्यान्न समस्या हुन नदिन समयमै थपिएको कोटाको खाद्यान्न ढुवानी गर्ने कार्यसमेत लिमिटेडले सुरु गरेको हो ।

    लिमिटेड हुम्ला शाखाका निमित्त प्रमुख नवीन आचार्यले पैदल मार्गबाट ढुवानी गर्ने गरी तीन हजार क्विन्टल खाद्यान्न लिमिटेड केन्द्रले थपेको बताउनुभयो । सो खाद्यान्न राजापुर, सुर्खेत र नेपालगन्जबाट ढुवानी गरिने छ ।

    यसअघि धनगढीसहित चार स्थानबाट चार हजार क्विन्टल खाद्यान्न कोटा निर्धारण गरेकामा सो खाद्यान्न हालसम्म तीन हजार ७४५ क्विन्टल खाद्यान्न ढुवानी भइसकेको र अब बाँकी २५५ क्विन्टल मात्र बाँकी रहेको छ । अघिल्लो वर्षसम्म पैदल मार्गबाट आधा मात्र ढुवानी हुन्थ्यो तर अहिले सडक सञ्जाल जोडिएपछि सजिलो भएको छ ।

    लिमिटेडको शाखाको गोदाममा हालसम्म पैदल र हवाईमार्गबाट ढुवानी भएर आएको खाद्यान्नमध्ये पाँच हजार ५०४.४८ क्विन्टल मौज्दात रहेका छन् । यसअघि चैतसम्म यति धेरै खाद्यान्न मौज्दात हुँदैनथ्यो । निमित्त प्रमुख आचार्यले चैतसम्म खाद्यान्न बिक्री गर्ने कार्य सम्पन्न भएको बताउनुभयो ।

    जिल्लाका लागि हवाई मार्गबाट निर्धारित कोटाको खाद्यान्न ढुवानी कार्य अन्तिम चरणमा रहेको छ । यस वर्ष हवाई मार्गमार्फत नेपालगन्जबाट चार हजार र सुर्खेतबाट छ हजार क्विन्टल खाद्यान्न कोटा थियो । हवाईमार्गको सबै खाद्यान्नमध्ये एक हजार एक सय क्विन्टल ढुवानी हुन बाँकी छ ।

    काठमाडौँबाट रसुवा हुँदै केरुङ नाकाबाट चीनको तिब्बती मार्ग भएर आउने चार हजार क्विन्टल खाद्यान्न बाँकी रहेको छ । यो खाद्यान्न ढुवानीका लागि सप्लायर्स छनोट भइसकेको र ढुवानी गर्नका लागि प्रक्रिया अगाडि बढाइएको छ । आगामी जेठसम्म सो खाद्यान्न ढुवानी भइसक्ने लिमिटेडको शाखाले जनाएको छ ।

     

    आइतबार, बैशाख ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer