• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

नयाँ वर्षमा उदयपुरका पर्यटकीयस्थल भरिभराउ


  •   सोमबार, बैशाख ०३, २०८१ मा प्रकाशित
  • काठमाडौं । नयाँ वर्ष २०८१ लाई स्वागत गर्न उदयपुरका पर्यटकीयस्थल आन्तरिक पर्यटकले भरिभराउ भएका छन्। वैशाख १ लाई स्वागत गर्न अघिल्लो दिनदेखि नै स्थानीय पर्यटकीय तथा धार्मिकस्थल आन्तरिक पर्यटकले खचाखच भरिएका हुन्।

    Advertisement

    जिल्लाको रौतामाई गाउँपालिका–६ मा पर्ने पर्यटकीय तथा धार्मिकस्थल रौतापोखरीमा अघिल्लो दिनदेखि नै पर्यटकको घुइँचो लागेको थियो। शनिबार पनि बिहानैदेखि पर्यटक तथा भक्तजन आगन्तुकको धुइरो लागेको स्थानीयले बताएका छन्।

    आगन्तुकको ओइरो लाग्दा रौतापाखेरी बजारमा खानेबस्ने होटल र लजहरू अघिल्लो दिनदेखि भरिएको रौता दर्शन भ्यु होटलकी सञ्चालक समीक्षा मगरले बताइन्। उनका अनुसार अरू बेला सामान्य रूपमा मात्र पर्यटक आउने भएकाले प्रसस्त होटल लजहरू नभएको रौतापोखरीमा नयाँ वर्ष मनाउन आउनेहरू आफैं चौरमा खाना पकाएर खान बाध्य भएका छन्।

    दशकयता नयाँ वर्षको अवसरमा मेला लगाउने गरेको भए पनि स्थानीय तह पुनर्संरचनापछि व्यवस्थित रूपमा मेला लगाउन थालिएको हो। तीन दिनसम्म लाग्ने रौतापाखेरी मेलामा यसपटक अघिल्ला वर्षको तुलनामा झण्डै पाँच गुणा बढी आगन्तुक सहभागी भएको आयोजक ‘रौता धार्मिक संस्था रौतामाई’ले जनाएको छ। संस्थाका अध्यक्ष नन्द विकका अनुसार यसअघिका नयाँ वर्षभन्दा धेरै बढी आगन्तुक आएको बताए। यसवर्षजस्तो धेरै मान्छे यसअघि कहिल्यै नदेखेको उनले बताए।

    स्थानीय होमस्टे सञ्चालक प्रेमिका राईले यति धेरै आगन्तक रौता पोखरीमा पहिलो पटक देखेको बताइन्। ‘बिगतमा पनि नयाँ वर्षमा मेला लाग्ने गरेकै हो र अरूबेलाभन्दा धेरै मान्छेको जमघट हुने गर्थ्याे,’ राईले भनिन्, ‘तर, यसपटक त अचाक्ली बढी भेला भए।’

    उनका अनुसार यसवर्ष सदरमुकाम गाईघाटदेखि छिमेकी जिल्ला र टाढाटाढाबाट पनि भक्तजन र पर्यटक आएका छन्।

    नयाँ वर्ष मेलालाई व्यवस्थापन गर्न गाउँपालिका र वडाले धार्मिक संस्था र स्थानीय युवालाई जिम्मा दिएको छ। पर्यटक र भक्तजनलाई सुरक्षित तरिकाले पुजापाठ गर्न तथा बजारमा व्यवस्थित घुमफिर गर्न संस्थामा आबद्ध युवाहरूलाई परिचालन गरिएको रौतामाई–६ का वडाध्यक्ष पृथ्वी राईले बताए।

    वडाध्यक्ष राईका अनुसार यसपटक अपेक्षाभन्दा धेरै बढी पर्यटक आएका छन्। भक्तजन र घुमफिर गर्ने आगन्तुकको संख्या यकिन नभए पनि ५० हजार हाराहारी सहभागी भएको वडाध्यक्ष राईले बताए।

    अघिल्लो दिनदेखि नै जम्म हुन थालेका भक्तजन र आगन्तुकको चापले बजारका सबै होमस्टे, होटल तथा लजहरू भरिएका छन्। रौता पोखरीमा हालसम्म ठूलो लगानीमा ‘रौता दरवार माउण्टेन भ्यु रिसोर्ट’ सञ्चालनमा आएको छ भने मध्यम लगानीमा ‘रौता दर्शन भ्यु होटल’ भर्खरै सञ्चालनमा आएको छ।

    अन्य दुई दर्जन हाराहारी साना होटल तथा होमस्टेहरू सञ्चालनमा छन्। तर, ती होटल तथा होमस्टेहरू यस वर्षको नयाँ वर्षमा धेरै कम हुन पुगेको गाउँपालिका अध्यक्ष वीरेन्द्र मगरले बताए।

    अध्यक्ष मगरले रौतापोखरी क्षेत्रलाई गाउँपालिकाको अग्रणी पर्यटकीयस्थलको रूपमा विकास गर्दै लगिएको तर अहिलेसम्म पर्याप्त नभइरहेको बताए। गाउँपालिकाले पर्यटन मन्त्रालयको सहयोगमा अतिथि भवन तथा सभाहल भवन निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको पनि अध्यक्ष मगरले बताए। सो भवन निर्माण सम्पन्न भएपछि पर्यटक तथा भक्तजन आगन्तुकलाई सेवा गर्नेगरी प्रयोगमा ल्याउने तयारी भइरहेको पनि अध्यक्ष मगरले बताए।

    समुद्री सतहदेखि १९ हजार फिट अग्लो मनोरम भूभागमा फैलिएको आकर्षक चौरी र जंगलमा सुन्दर पोखरी रहेको सो ठाउँबाट टाढाटाढाका दृष्यहरू प्रष्ट देख्न सकिन्छ। उदाउँदो र अस्ताउँदो सूर्य, हिमालय शृंखला तथा टाढाटाढाका दृष्ण हेर्न पाइने चिसो ठाउँ भएकाले खासगरी हिउँदभन्दा बढी बर्खायाममा आगन्तुक बढी आउने गरेका छन्।

    सदरमुकामदेखि ४८ किलोमिटर उत्तरमा अवस्थित रौता पोखरीमा भक्तजनहरू भने बाहै मास पुजा गर्न जाने गरेका छन्। रौतामाई मन्दिरमा पाठा र परेवाको बली दिएर पुजा गर्दा मनोकामना पूरा हुने विश्वास रहेको छ।

    गर्मी सुरु भएपछि भने अधिकतम पर्यटक चिसोका लागि आउने गरेका छन्। सदरमुकामदेखि साढे दुई घण्टामा पुग्ने भएकाले गर्मी छल्न आउने पर्यटकको सङ्ख्या बढी हुने गरेको स्थानीय शिक्षक बलराम राईले बताए।

    ‘हिउँद याममा बली दिन र पुजा गर्न मात्र आउँछन्,’ राईले भने ‘गर्मी सुरु भएपछि पिकनिक खान, गर्मी छल्न र पुजा गर्ने सबैखाले आगन्तकको आगमन हुने गरेको छ।’

    रौतापोखरीसँगै ताप्ली गाउँपालिकाको ताप्ली पोखरी, लिमचुङबुङ गाउँपालिकाको निर्माणाधीन एभरेष्ट भ्युटप, उदयपुरगढीको पुरानो गढीमा पनि पर्यटकको उत्तिकै घुइँचो लागेको स्थानीले बताएका छन्।

    त्यसैगरी बेलका नगरपालिकाको मैनामैनीस्थित मैना राजा–रानी, रंगमहल चौदण्डीगढी नगरपालिकाको थान पोखरी, कटारी नगरपालिकाको बेतिनी भञ्ज्याङ र सीसाघारी सिमसार तथा सदरमुकाम त्रियुगाको भगवती मन्दिर र जोगी पोखरीमा पनि नयाँ वर्ष मनाउने आगन्तुक भरिएका छन्।(नागरीक)

    सोमबार, बैशाख ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer