• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

मेसेन्जरका केही उपयोगी फिचरहरु


  •   सोमबार, बैशाख ०३, २०८१ मा प्रकाशित
  • करिब डेढ अर्ब मासिक सक्रिय प्रयोगकर्ता रहेको फेसबुकको मेसेन्जर प्लेटफर्म मेसेन्जर फेसबुक जत्तिकै लोकप्रिय बनिसकेको छ । यसमा मेटा कम्पनीले विभिन्न नयाँ नयाँ फिचरहरु थपिरहेको हुन्छ ।

    Advertisement

    मेसेजिङ एपमा प्रयोगकर्ता संख्याको हिसाबले मेसेन्जरभन्दा अगाडि केवल ह्वाट्सएप मात्र रहेको छ । मेटा कम्पनी मातहतका फेसबुक, इन्स्टाग्राम, मेसेन्जर तथा ह्वाट्सएपलाई एकीकृत गर्ने प्रयास मार्क जुकरबर्गले गरिरहेका छन् । फेसबुक मेसेन्जरमा कम्पनीले मनी ट्रान्सफरदेखि भिडियो कल र इनक्रिप्सन लगायतका फिचर ल्याइसकेको छ ।

    धेरै मानिसहरुले आफ्नो फोनमा मेसेन्जर प्रयोग गर्ने भएपनि यसलाई facebook.com लगइन नगरिकनै डेस्कटपमा समेत मेसेन्जर चलाउन सकिन्छ । विन्डोज र म्याकमा लागि मेसेन्जरको डेस्कटप एप नै उपलब्ध छ र यसमा मोबाइल एपमा जस्तै सबै फिचरहरु उपलब्ध छन् ।

    मेसेन्जरबाट अन्य एपमा कुराकानी

    फेसबुकले इन्स्टाग्राम तथा ह्वाट्सएपमा अर्बौं डलर खर्च गर्नुअघि फेसबुक च्याटको रुपमा मेसेन्जर पहिलोपटक सन् २००८ मा लञ्च भएको हो । हाल तीनवटै प्लेटफर्म आफ्नो स्वामित्वमा रहेसँगै मेटा कम्पनीले यी प्लेटफर्मलाई मर्ज गर्ने प्रयास गरिरहेको छ । अहिले यदि तपाईंले मेसेन्जर चलाइरहनुभएको छ भने एप स्वीच नगरिकनै कसैसँग इन्स्टाग्राममा कुरा गर्न सक्नुहुन्छ ।

    मेटा कम्पनीका मेसेजिङ एपहरुबीच एकबाट अर्कोमा पहुँचलाई रोक्नका लागि तपाईंले Settings > Privacy > Message Delivery मा जानुपर्छ । यसबाट तपाईंले इन्स्टाग्रामका साथीहरुले तपाईंलाई मेसेन्जरबाट सिधै मेसेज गर्न सक्छन् वा तपाईंले त्यसका लागि सुरुमा approve गर्नुपर्ने वा पूर्णरुपमा त्यस्तो पहुँच रोक्ने कुरा छान्न सक्नुहुन्छ ।

    रुम सिर्जना गर्ने

    जूमलगायत ग्रुप भिडियो च्याट प्लेटफर्मसँग प्रतिस्पर्धा गर्न फेसबुकले मेसेन्जर रुम्स नामक फिचर लञ्च गर्‍यो जसले धेरै मानिसलाई मेसेन्जरबाट एकसाथ भिडियो कलमा जम्मा हुन सम्भव तुल्याएको छ । यसमा तपाईं मेसेन्जर रुम create गरी साथीहरुलाई निम्तो दिएर स्क्रिन सेयर गर्न, गेम खेल्न तथा सँगै भिडियो हेर्न सक्नुहुन्छ । साथै च्याटभित्रै भिडियो क्लिप हेर्न, टीभी शो हेर्न वा मुभी हेर्न पनि सक्नुहुन्छ । यो फिचर फेसबुक, इन्स्टाग्राम, मेसेन्जर तथा ह्वाट्सप सबैमा उपलब्ध छ।

    गोप्य च्याट गर्ने

    यदि तपाईं मेसेन्जरमा आफूले गर्ने कुराकानी तथा सेयर गर्ने जानकारी कुनै तेस्रो पक्षको गलत हातमा नपरोस् भन्ने चाहनुहुन्छ भने त्यसका लागि end-to-end encryption सुरु गर्न सक्नुहुन्छ । यसमा Signal Protocol को प्रयोग गरिएको हुन्छ । यद्यपि कुनैपनि कुराकानीलाई encrypt गर्ने विषय स्वेच्छिक हो । यसो गर्दा मेसेन्जरका केही फिचरहरु जस्तै, धेरै डिभाइसमा एकैपटक प्रयोग गर्ने, पुराना संवादहरु आर्काइभ गर्ने तथा एनिमेटेड जीआईएफ पठाउनेलगायत फिचर प्रयोग गर्न सकिंदैन ।

    मेसेन्जरमा गोप्य मेसेज पठाउनका लागि होम स्क्रिनको माथि दायाँपट्टि रहेको New Message मा ट्याप गरी आईओएसमा भए Secret ट्याप गर्ने र एन्ड्रोइडमा भए Secret Icon मा toggle गर्नुपर्छ । त्यस्तै गरिरहेको च्याटमै सेक्रेट च्याट गर्न स्क्रिनको माथिपट्टि व्यक्तिको नाममा ट्याप गर्नुहोस् र Go to Secret Conversation छान्नुहोस् । Secret Conversation भित्र तपाईंले आफ्ना मेसेजहरु निश्चित अवधिभित्र निष्क्रिय हुनेगरी सेट गर्न सक्नुहुन्छ । त्यसका लागि तपाईंले स्टपवाच आइकनमा थिचेर समय तय गर्न सक्नुहुन्छ ।

    Disappearing Messages

    यदि तपाईं मेसेज इनक्रिप्ट नगरिकनै पनि अतिरिक्त गोपनीयता चाहनुहुन्छ भने मेसेन्जरमा रहेको disappearing messages फिचरको प्रयोग गर्न सक्नुहुन्छ । मेसेन्जर एपमा यसको नाम Vanish Mode रहेको छ । त्यसका लागि च्याटभित्र गएर स्वाइप गरी disappearing messages लाई turn on गर्न सक्नुहुन्छ । यसो गरेपछि तपाईंले मेसेन्जरमा पठाएका मेसेज, भिडियो तथा जीआईएफहरु मेसेन्जर एप बन्द गरेसँगै आफैं डिलिट हुनेछन् । साथै यो फिचरले स्क्रिनसट नोटिफिकेसन्सलाई सपोर्ट गर्छ ।

    Create Stories and Video Messages
    मेसेन्जरमा पनि तपाईंले इन्स्टाग्राममा जस्तै भिडियो मेसेजहरु कम्पोज गरेर पठाउन सक्नुहुन्छ । यसका लागि तपाईंले मोबाइलमा क्यामरा आइकन ट्याप गरी भिडियो रेकर्ड गर्नका लागि सेन्टर आइकन होल्ड गर्नुपर्छ । साथै तपाईंले फिल्टरयुक्त भिडियो क्लिप लोड गर्न र अन्य कस्टमाइजेसन पनि गर्न सक्नुहुन्छ ।

    मत सर्वेक्षण गर्ने

    फेसबुक मेसेन्जरमा तपाईंले कुनैपनि विषयमा मत सर्वेक्षण गर्न वा पोल क्रिएट गर्न सक्नुहुन्छ । यसका लागि आफूले मत सर्वेक्षण गर्न चाहेका साथीहरुको समूहसँग च्याट सुरुवात गर्नुहोस् । त्यसपछि एन्ड्रोइड प्रयोगकर्ताले चारवटा थोप्लावाला आइकनमा र आईओएस प्रयोगकर्ताले प्लस आइकनमा थिचेर Polls मा ट्याप गर्नुपर्छ । त्यसपछि आफ्नो प्रश्न, विकल्प आदि लेखेर Poll सिर्जना गर्न सकिन्छ ।

    त्यस्तै फेसबुक मेसेन्जरमा रहेका अन्य फिचरहरुमा आफ्ना फेसबुक साथीहरुलाई आफ्नो Active Status को बारेमा जानकारी दिने वा नदिने कुरा तय गर्न सकिन्छ । त्यसैगरी एन्ड्रोइड फोनमा मेसेन्जरलाई आफ्नो डिफल्ट एसएमएस एप पनि बनाउन सकिन्छ ।

    फेसबुक मेसेन्जरमा तपाईंले आफ्नो साथीलाई आफ्नो लोकेसन पनि पठाउन सक्नुहुन्छ । त्यसका लागि एन्ड्रोइड प्रयोगकर्ताले चारवटा थोप्लावाला आइकन र आईओएसमा प्लस आइकनमा थिच्नुपर्छ । त्यसपछि Location मा ट्याप गर्नुपर्दछ भने आईओएसमा लोकेसन आइकन छान्नुपर्दछ । त्यसपछि फेसबुकले तपाईंको अहिलेको लोकेसनसहितको नक्सा देखाउँछ । तपाईंले त्यसलाई ६० मिनेटका लागि सेयर गर्न वा आफ्नो एकिन लोकसनका लागि पिन राख्न सक्नुहुन्छ । तपाईंले उक्त लोकेसनको लिंक मेसेन्जरमा साथीहरुलाई पठाउन सक्नुहुन्छ । तपाईंले त्यसका लागि ब्याकग्राउण्डमा आफ्नो लोकेसन सेयर गर्नका लागि मेसेन्जरसँग अनुमति माग्नुपर्छ।

    त्यस्तै मेसेन्जरमा डार्क मोड बनाउन, विभिन्न खालका इमोजीहरु पठाउन, मेसेज अनसेन्ड गर्ने, एकभन्दा धेरैवटा फेसबुक अकाउन्ट थप्नेलगायत उपयोगी फिचर पनि रहेका छन् ।

     

    सोमबार, बैशाख ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ३.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: वैशाख २०८३

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      वार्षिक राशिफल: २०८३

    • ७.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer