• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, जेठ २८, २०८३
☰
बिहिबार, जेठ २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पर्यटकको पर्खाइमा आकर्षक गन्तव्य मुठाचौर


  •   सोमबार, बैशाख ०३, २०८१ मा प्रकाशित
  • बागलुङ । वरपर घना जङ्गल । बिचमा समथर भूभाग । कतै आलु त कतै सिमी लगाइएका बारी । पाखैभरि भर्खरै अङ्कुराएका आलुबारी । आलुबारी छेउमै काठ, ढुङ्गा र माटोले बनेका चिटिक्कका मौलिक घर । यहाँ पुग्ने जोकोहीलाई यो दृश्यले आकर्षित गर्छ । यो मुठाचौरको विशेषता हो ।

    Advertisement

    तमानखोला गाउँपालिका(२ स्थित मुठाचौर बागलुङको सबैभन्दा उच्च स्थानमा रहेको बस्ती हो । पर्यटकीय क्षेत्र बराह ताल नजिकै रहेको मुठाचौरमा अघिल्लो वर्षमात्रै मोटरबाटो पुगेको छ । गाउँपालिकाको केन्द्र बोङ्गादोभानदेखि भयरबोङ्गा कटेरी हुँदै मुठाचौर मोटरबाटो जोडिएको हो ।

    प्रशस्त खेतीयोग्य जमिन रहेकोले वर्षौँदेखि यहाँ घुम्ती बसाइँ हुँदै आएको छ । कृषि र पशुपालन गर्दै आएका बयरबोङ तथा कटेरी गाउँका बासिन्दा हरेक वर्ष बर्खाको मौसममा मुठाचौरमा गोठ लगेर बस्छन् । करिब एक सय घर परिवार बसोबास गर्दै आइरहेको मुठौचार क्षेत्रमा मोटरबाटो जोडिएपछि अन्य विकासका सम्भावना खुलेका छन् ।

    हरेक वर्ष स्थानीयवासी पाँच महिना मुठाचौरमा बस्छन् । बाँकी समय कटेरी, भयरभबोङ्गा गाउँमा झर्ने गर्छन् । प्राकृतिक सौन्दर्यले भरिपूर्ण मुठाचौरबाट धौलागिरि, माछापुच्छ्रे लगायतका हिमशृङ्खला नियाल्न सकिन्छ । यहाँ बेलाबखत आन्तरिक पर्यटक पुग्ने गर्छन् । अघिल्लो वर्षसम्म फाट्टफुट्ट पर्यटक आउने गरेकामा सडक जोडिएपछि पर्यटकको सङ्ख्या बढेको छ । सडकले पर्यटकलाई मात्र होइन, स्थानीयलाई समेत ठुलो राहत मिलेको छ ।

    एक वर्ष अगाडि मात्रै सडक पुगे पनि विद्युत् र खानेपानीको समस्या उस्तै छ । स्थानीयवासीहरु बर्खाको मौसममा यहाँ दियालो र टुकीका भरमा बस्ने गर्छन् । मुठाचौरभन्दा केही तलको कटेरी गाउँसम्म बिजुलीको पहुँच पुगे पनि त्यसभन्दा माथि पुगेको छैन । चाँडै विद्युत् र खानेपानीको सुविधा पुग्ने आशामा स्थानीयवासी छन् । मुठाचौर छेउमै बराह ताल रहेको हुँदा यस क्षेत्र पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीय ओम पुनले बताउनुभयो ।

    अहिले यो ठाउँ चरिचरन र खेतीपातीका लागि मात्रै प्रयोग हुँदै आएकाले थप विकासका पूर्वाधार जोड्नसके उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने उहाँ बताउनुहुन्छ ।

    “वातावरणका हिसाबले यो ठाउँ निकै शान्त छ, हावापानी पनि स्वच्छ छ, अहिलेसम्म मुठाचौरलाई चरिचरन र खेतीपातीका रूपमा प्रयोग गर्दै आइएको छ”, पुनले भन्नुभयो, “अब यसलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्ने देखिन्छ, यति सुन्दर ठाउँ अहिलेसम्म विकासका हिसाबले निकै पछाडि परेको छ ।”

    असारदेखि वरपरका गाउँलेहरू मुठाचौरमा गोठ लैजान सुरु गर्छन् । असोज कात्तिक लाग्नसाथ गाउँ झर्ने गर्दछन् । मुठाचौरमा बस्ने समयमा उनीहरू पशुचौपाया पाल्ने, आलु, सिमी तथा लेकाली खाद्यबाली उत्पादन गर्दछन् । सडक पुगेपछि मुठाचौरमा उत्पादित आलु, सिमी र कृषिजन्य वस्तु बजारमा ल्याउन सहज भएको स्थानीय मञ्जु रसाइलीले बताउनुभयो ।

    सडकका कारण पर्यटक बढ्न थालेको उहाँ बताउनुहुन्छ । हरेक नयाँ वर्षमा मुठाचौर छेउमै रहेको बराह तालमा मेला लाग्ने गर्छ । यस वर्ष अहिलेसम्मकै धेरै पर्यटक यहाँ आएको रसाइलीको भनाइ छ ।

    तमानखोला गाउँपालिकाकी उपाध्यक्ष हिराकुमारी छन्त्यालले बराह ताल र मुठाचौरको विकासका लागि गाउँपालिकाले योजना बनाएर काम गर्न थालेको बताउनुभयो । मुठाचौर क्षेत्र पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको ठाउँ भएकाले विद्युत् र खानेपानीका लागि पालिकाले केन्द्र र प्रदेश सरकारसँग सहकार्य गरेर काम गर्ने उहाँको भनाइ छ ।

    बराह ताललाई पर्यटनको केन्द्र बनाई मुठाचौरमा घरबास सञ्चालन गर्ने योजना रहेको उहाँले बताउनुभयो । रासस

    सोमबार, बैशाख ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer