• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

टीकापुरमा फोहोरवाहक भित्रिएपछि नगर सफा


  •   सोमबार, बैशाख ०३, २०८१ मा प्रकाशित
  • कैलाली । कैलालीको टीकापुरमा फोहोरवाहक भित्रिएपछि बजार क्षेत्र सफा देखिन थालेको छ । फोहोरवाहक भित्रिएसँगै पालिकाले दैनिक फोहोर सङ्कलनलाई तीव्रता दिएपछि नगर सफा देखिन थालेको स्थानीय बताउँछन् ।

    Advertisement

    नगरपालिकाले एकाबिहानै सरसफाइसम्बन्धी सन्देश बजाउँदै बजार क्षेत्रमा फोहोर सङ्कलन गर्ने गरेको छ । नगरपालिकाको फोहोरवाहक फोहोर बोक्न आउँदा ‘सरसफाइ गरौँ’ भन्ने सन्देशमूलक गीत बजाउँदै आउने गरेको स्थानीय गणेश चौधरीले बताउनुभयो । टीकापुर बजार क्षेत्रमा दैनिक पाँच ट्राली फोहोर सङ्कलन हुने गरेको छ । फोहोर सङ्कलनका लागि नगरपालिकामा नवप्रवर्द्धन कार्यक्रमअन्तर्गत गत वर्ष नै ‘गारबेज कम्प्याक्टर मेसिन’ (फोहोर बोक्ने मेसिनसहितको बहान) समेत प्राप्त भएको छ ।

    उक्त मेसिन सुदूरपश्चिममै ठुलो रहेको नगरपालिका कार्यालयले जनाएको छ । पालिकाभित्र फोहोर सङ्कलन गर्न दुई वटा ट्राली र एउटा फोहोर वाहक दैनिक प्रयोग हुने गरेको छ । साथै १४ जना सरसफाइकर्मी दैनिक सरसफाइमा जुट्ने गरेका छन् । “बिहान ५ बजेदेखि सरसफाइ सुरु गर्छौ, नगरवासीले डस्टबिन (फोहर फाल्ने भाँडो) मा फोहोर राखिदिएमा सहज हुने थियो”, सरसफाइकर्मी कालुराम डगौरा थारुले भन्नुभयो, “फरक–फरक खालका फोहोर फरक भाँडोमा राखिदिएमा हामीलाई सजिलो हुने थियो । नगरवासीले सबै खाले फोहोर एउटै डस्टबिनमा राख्ने गर्नुहुन्छ ।”

    विगतमा बजार क्षेत्रमा मात्र सरसफाइ गरिने गरिएको थियो । हाल सेवा विस्तार गरी वडा नम्बर १ का केही ब्लक, वडा नम्बर ५ को टीकापुर पार्क रोड, वडा नम्बर २, वडा नम्बर ३ का बजार क्षेत्रमा समेत सरसफाइ गर्न थालिएको डंगौराले जानकारी दिनुभयो । सरसफाइकर्मी सञ्जु कुश्मीले हरेक दिन बिहान ६ घण्टा सरसफाइमा खट्ने गरेको बताउनुभयो । “सरसफाइ गर्दा चोट पटक लाग्ने, कहिलेकाहीँ सुई (सिरिन्ज), सिसाले काट्ने डर हुन्छ”, उहाँले भन्नुभयो, “फोहोरमा काम गर्दा विभिन्न रोग लाग्ने, चोट पटक लाग्ने भएकाले पालिकाले स्वास्थ्य बिमा गरिदिनुपर्ने माग गरिरहेका छौँ ।”

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नवप्रवर्द्धन साझेदारी कोष कार्यान्वयन निर्देशिका, २०७८ जारी गरी देशका विभिन्न पालिकामा उक्त कार्यक्रम लागू गरेको हो । पहिलो वर्ष टीकापुरसहित सुदूरपश्चिमका चार पालिका छनोटमा परेका छन् । टीकापुरमा फोहोर व्यवस्थापन र गौशालामा ग्यास उत्पादनमा लगानी गरिएको नगरपालिकाका इन्जिनियर नवराज जोशीले बताउनुभयो । “हामीले नवप्रवर्द्धन कार्यक्रममार्फत प्रदेश सरकार र स्थानीय तह मिलेर सरसफाइका क्षेत्रमा लगानी गर्‍यौँ”, उहाँले भन्नुभयो, “नगर सफा राख्न र वडा नम्बर २ मा रहेको गौशाला व्यवस्थापन, गोबरबाट ग्यास उत्पादन, गोबर मल उत्पादनमा समेत लगानी गरेका छौँ ।”

    नवीनतम सोच, अवधारणा, लगानीको ढाँचा र प्रविधिका माध्यमबाट फरक तरिकाले उद्यमशीलता, सीप विकास, वस्तु तथा सेवाको उत्पादन तथा वितरणमा यस कार्यक्रमले सहयोग गर्ने इन्जिनियर जोशीको भनाइ छ । नगरपालिकालाई फोहोर सङ्कलनमा समस्या नभएको भन्दै व्यवस्थापन तथा फोहोर फाल्ने ठाउँको केही समस्या रहेको नगरपालिकाका सरसफाइ उपशाखा प्रमुख लोकबहादुर बुढाले बताउनुभयो ।

    हाल अस्थायीरुपमा फोहोर व्यवस्थापन गरिँदै आएको उहाँको भनाइ छ । कार्यपालिकाले टीकापुर नर्सरीको १० कठ्ठा जमिनमा ल्याण्डफिल साइट बनाउने निर्णयसँगै बजेट व्यवस्था गरेकाले केही सहज हुने बुढाले बताउनुभयो । “अहिलेसम्म सङ्कलित फोहोर व्यवस्थापनमा समस्या छ”, उहाँले भन्नुभयो, “केही दिन अघिको कार्यपालिका बैठकले ठाउँ र बजेट व्यवस्था गरेको छ । अब फोहोर व्यवस्थापनमा सहज हुनेछ ।” रासस

     

     

    सोमबार, बैशाख ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ३.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: वैशाख २०८३

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      वार्षिक राशिफल: २०८३

    • ७.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer