• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

खस सभ्यताको संरक्षणमा जुट्दै सिंजा गाउँपालिका


  •   सोमबार, बैशाख ०३, २०८१ मा प्रकाशित
  • जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाले खस भाषाको संरक्षण तथा प्रवर्द्धनमा जोड दिएको छ । गाउँपालिकाले आफ्नो दुईवर्षे कार्यकालको प्रगति सार्वजनिक गर्दै खस भाषाको संरक्षण तथा प्रवर्द्धनमा जोड दिएको जानकारी दिएको हो ।

    Advertisement

    गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल र उपाध्यक्ष सितली रोकायाले पत्रकार भेटघाटबाट आफ्नो करिब दुई वर्षे कार्यकालको प्रगति सार्वजनिक गर्दै सिँजा गाउँपालिकाले खसभाषामा नीति तथा बजेट वाचनको सुरुवात, खस पात्रो निर्माण तथा प्रयोग, गाउँपालिका स्तरीय हाटबजार सञ्चालनमा ल्याउनुका साथै विभिन्न खस सभ्यता संरक्षणका कार्यक्रहरु सञ्चालन गरिएको जानकारी दिनुभयो ।

    गाउँपालिका अध्यक्ष धितालले खस संस्कृतिसँग जोडिएको मष्टो परम्पराको प्रवर्द्धन गर्न यस वर्ष बृहत् केदारनाथ मेला सम्पन्न गरिएको छ । सो मेलामा प्रदेश सरकारका तत्कालीन पर्यटन मन्त्री, कृष्णबहादुर बी.सी, भूमि व्यवस्था तथा कृषि मन्त्री भीमप्रकाश शर्मासहित प्रदेश सरकार, जुम्ला जिल्लाका स्थानीय सरकार प्रमुखहरु, सरकारी तथा गैरसरकारी कार्यालयहरु, मष्टो परम्परा मानाउने सयौं धामी तथा पुजारी, खसभाषका जानकार, बुद्धिजीवी र स्थानीय भक्तजनसहित करिब १० हजार मानिसले मेलाको अवलोकन गरेकाे गाउँपालिका अध्यक्ष धितालले जानकारी दिनुभयो ।

    उहाँले सिंजा गाउँपालिकाको वडा नम्बर २ मा रहेको खस सङ्ग्रहालय अगाडि बढाउन बजेट विनियोजन गरिएको जानकारी दिंदै सङ्ग्रहालयलाई अगाडि बढाउन केन्द्र सरकार र प्रदेश सरकारसँग पहल भइरहेको बताउनुभयो । गाउँपालिकाको प्रगति प्रतिवेदनमा आर्थिक वर्ष २०७९।०८० देखि गाउँपालिकाको नीति तथा कार्यक्रम खसभाषाबाट सुरुवात गरिएको छ । प्रगति प्रतिवेदनमा सिंजा गाउँपालिकाबाटै पहिलो पटक सदरमुकाम बाहिर नराकोट इलाका प्रशासनबाटै राष्ट्रिय परिचयपत्र वितरण शुरु भएको जानकारी दिनुभयो। इलाकाबाट लामो समयदेखि नागरिकता वितरण भइरहेको छ ।

    गाउँपालिकाले आफ्नो कार्यकालमा आफ्नै प्रशासकीय भवन सञ्चालनमा ल्याएको तथा दोस्रो तला निर्माण भइरहेको जानकारी दिएको छ । सुशासनको पाटो यसरी प्रगति सार्वजनिक तथा सार्वजनिक सुनुवाइ कार्यक्रम समेत शुरुवात गरिएको जानकारी दिनुभयो । यसैगरी गाउँपालिकाको विकासका लागि विज्ञ समूह गठन गरि प्रस्ताव पेश गरिएको जानकारी दिनुभयो ।

    अध्यक्ष धितालले आफ्नो प्रगति प्रतिवेदनमा सिंजा गाउँपालिकामा राष्ट्रिय बाणिज्य बैंक स्थापना गरिएको छ । यसैगरी ज्येष्ठ नागरिकहरुको स्वास्थ्यका लागि घरदैलो स्वास्थ्य कार्यक्रम, सम्पन्न गरिएको छ । यसैगरी जिल्लाको स्वास्थ्य नतिजा अनुसार सिंजा गाउँपालिका स्वास्थ्य शाखा उत्कृष्ट शाखाको रुपमा जनस्वास्थ्य सेवा कार्यालयले घोषणा गरको छ । गाउँपालिकाले शिक्षा क्षेत्रमा विद्यालय सुधारका लागि विभिन्न प्रकारका क्रियाकलापहरु गरिरहेको जानकारी दिएको छ ।

    नापी, मालपोत र बहुप्राविधिक शिक्षालय पाइपलाइनमा

    सिंजा क्षेत्रकै ३ वटा स्थानीय तह हिमा, कनकासुन्दरी र सिंजाका नागरिकलाई केन्द्रमा राखेर हाल इलाका प्रशासन कार्यालयले नागरिकता बितरण गरिरहेको अवस्थामा मालपोत र नापी कार्यालयको समेत पहल भइरहेको छ । अध्यक्ष धितालले सिंजामा नापी र मालपोत कार्यालय विभिन्न १९ वटा चरण पार गरेर प्रधानमन्त्री तथा मन्त्रीपरिषदमा पेश भएको जानकारी दिनुभयो । यसैगरी सिंजा गाउँपालिकाको वडा नम्बर ६ मा बहुप्राविधिक शिक्षालय स्थापना गर्न नागरिकबाट जग्गा प्रदान तथा प्रक्रिया अगाडि बढिरहेको गाउँपालिकाले जनाएको छ ।

    यसैगरी गाउँपालिकाले सिंजा गाउँपालिकाको सदरमुकाम जोड्ने गौरवको सड्क छकालेपानीदेखि झिम्री कुना सम्मको सड्क अगाडि बढाइएको छ । यसैगरी दुर्गम क्षेत्र वडा नम्बर ६ सम्म ८ मिटरको बाटो विस्तार गरिएको छ । मुख्य सडक धितालिही देखिको भैसे गौंडाको अप्ठ्यारोबाट राम्रो बनाइएको छ । गाउँपालिकाले आफ्नै खस संस्कृतिको संरक्षणका लागि हरेक वर्ष असार ३० मा काफल दिवस, चैत १२ गते धान दिवस, वैशाख १ गते तागा दिवस, साउन १ गते खस दिवस र भदाै १० गते स्याउ दिवस मनाउने पात्रो सार्वजनिक गरेको छ ।

    गाउँपालिका उपाध्यक्ष सितली रोकायाले महिला स्वास्थ्य स्वंसेविका प्रोत्साहन तथा सम्मान कार्यक्रम, शाखामार्फत महिला वालवालिका र लक्षित वर्गका कार्यक्रम सञ्चालन गरिएको जानकारी दिएको छ । उहाँले वि.सं २०७९ सालमा आएको आएको बृहत् बाढी पहिरोपछिको विपतबाट क्षति व्यहोरेकाले भत्किएका घरधुरीका लागि पहल भइरहेको बताउनुभयो । उपाध्यक्ष रोकायाले गाउँपालिकाले खसभाषा र सस्कृतिको जगेर्नामा गाउँपालिकाले जोड दिइएको बताउनुभयो । उहाँले हाट बजारमा देउडा खेलको प्रतिस्पर्धा हुने गरेको छ । पत्रकार भेटघाटबाट प्रगति सार्वजनिक कार्यक्रमम पत्रकारले जिज्ञासा राख्नुका साथै विभिन्न राजनैतिक दलले सुझाव राखेका थिए ।

    नेकपा माओवादी केन्द्रले जुम्लामा आफूले नेतृत्व गरिरहेका पालिका र वडाका प्रगति सार्वजनिक गर्न निर्देशन दिएपछि यहाँका गाउँपालिका र १८ वटा वडाले एकैसाथ प्रगति सार्वजनिक गरेका छन् ।

    सोमबार, बैशाख ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer