• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, जेठ २८, २०८३
☰
बिहिबार, जेठ २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आध्यात्मिकताले खराबी गर्दैन समाजको शुद्धीकरण गर्छ: मन्त्री चौधरी


  •   मङ्गलबार, बैशाख ०४, २०८१ मा प्रकाशित
  • सुनसरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले सुनसरीको धार्मिक एवं पर्यटकीय स्थल बराहक्षेत्र नगरपालिका १ चतरा धाममा जारी बाह्रबिसे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।
    आफूलाई जहिले पनि न आस्तिक न नास्तिक भन्दै गर्दा पनि ओम शान्तिको दिदीबहिनीहरूको आग्रहका कारण आफू पनि केही कुरा जान्ने, बुझ्ने र केही सुन्थे पनि गरेको उहाँले बताउनुभयो ।
    नेपाली भूमि हिन्दु सनातनीहरूको ठुलो पावन भूमि रहेको भन्दै मन्त्री चौधरीले इतिहासको कालखण्डमा लिखित हिन्दु सनातनीमा मात्र नभएर अनेक इतिहासहरूले कोरिएको कौशिक नदिको नाम जोडिएको भूमिका हिसाबले पनि चतरा धाम महत्त्वपूर्ण रहेको बताउनुभयो ।
    मन्त्री चौधरीले धार्मिक आस्था, आध्यात्मिक कुराले अहिलेको समाजलाई परिवर्तन गर्न सक्ने समेत बताउनुभयो । ‘धर्म, कर्म, आध्यात्मिक चिजले खाली हामी परमधाम, परमपिता अथवा स्वर्गमा जान्छौ भन्ने आशा, भरोसा र आस्था मात्रै होइन । अहिलेको समाज धेरै तडकभडक, धेरै प्रतिस्पर्धात्मक छ सँगै अस्वस्थ प्रतिस्पर्धा छ’, उहाँले भन्नुभयो, ‘यो अस्वस्थ प्रतिस्पर्धालाई चिर्न, तडकभडकपूर्ण समाजलाई चिर्नका लागि हरेक राजनीतिज्ञ, हरेक व्यवसायी वा आम व्यक्तिमा धार्मिक आचरण हुनुपर्छ ।’
    हरेक व्यक्तिमा धार्मिक आचरण भएमा समाजमा जुन प्रदूषित तरिकाले अस्वस्थ प्रतिस्पर्धा भइरहेको छ, त्यो अस्वस्थ प्रतिस्पर्धालाई स्वस्थ बनाउन सकिने समेत मन्त्री चौधरीले दाबी गर्नुभयो ।
    स्वस्थ, सभ्य, असल, संस्कारी समाज बनाउनका लागि आध्यात्मिक शिक्षाले महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको भनाई छ ।
    अध्यात्म, मेडिटेसन पनि मान्छेको मल्टिपल इन्टेलिजेन्स भएको भन्दै उहाँले भगवान् बुद्धले पनि त्यो समयमा मेडिटेसन, ध्यान गरेर बुद्धत्व प्राप्त गरेको बताउनुभयो । आध्यात्मिक कुराहरू धेरै महत्त्वपूर्ण कुरा भएको वैज्ञानिकले साबित गरेको समेत उहाँले बताउनुभयो ।
    भारतमा पनि १२ वर्षमा ठुलो कुम्भ मेला लाग्ने गरेको प्रसङ्ग उल्लेख गर्दै मन्त्री चौधरीले यस्ता धार्मिक मेलाहरूले मुलुकको पर्यटकीय सँगै आर्थिक विकासमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । ‘चतरा धाम, बराह क्षेत्रमा जुन कुम्भ मेलाको सुरुआत भयो । इतिहासको कालखण्डमा हाम्रा ऋषि मुनीहरूले तपजप गर्ने यो महत्त्वपूर्ण ठाउँ । यो कुम्भ मेलाको सुरुआत गर्दाखेरि तपाईंहरूले कति धेरै कुरा व्यहोर्नुभएको होला’, उहाँले भन्नुभयो, ‘भारतमा पनि तपाईंहरूले सुन्नुभएको छ त्यहाँ पनि १२ वर्षमा कुम्भ मेला लाग्छ । कुम्भ मेलाले आन्तरिक पर्यटक, नेपालका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक सँगसँगै एसियन क्षेत्रका पर्यटकहरू त्यहाँ आउँछन् । त्यसरी नै नेपालमा पनि कुम्भ मेला लगाइरहँदा खेरि यो भूमिलाई पावन बनाउनका लागि सरकार तथा हामी सबै मिलेर भूमिका निर्वाह गर्न जरुरी छ ।’
    बराहक्षेत्र चतरा एक महत्त्वपूर्ण धार्मिक गन्तव्य भएको भन्दै उहाँले धार्मिक गन्तव्यहरूको विकास र प्रवर्द्धन गर्नका निम्ति सबै केन्द्रित हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले तीन तहको सरकार छ । संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर यो ठाउँको विकासका निम्ति भूमिका खेल्नुपर्छ ।’
    त्यहाँ आवश्यक विकास निर्माण, सुरक्षा व्यवस्था सबै हिसाबले बनाउनका निम्ति सबैले हातेमालो गर्नुपर्ने उहाँको भनाई थियो । ‘बराहक्षेत्र चतरा धामलाई उत्कृष्ट धार्मिक गन्तव्य बनाउन सकेमा हिन्दु धर्मावलम्बीहरूले नेपाल र भारतको मात्र होइन एसिया क्षेत्र तथा विश्वकै हिन्दु धर्मावलम्बीहरूको आकर्षित गर्न सक्छौँ’, मन्त्री चौधरीले भन्नुभयो, ‘सँगसँगै हामी कसरी आर्थिक रूपले पनि सम्पन्न हुन सक्छौँ भन्नेतर्फ ध्यान दिन आवश्यक छ । हिन्दु सनातनी भारतमा बढी होला । त्यसपछि नेपालमा होला । त्यसकारण त्यहाँका पर्यटकको आकर्षण गर्न सकेमा आर्थिक रुपमा पनि सम्पन्न हुन सकिन्छ । जसले गर्दा अन्य धर्मावलम्बीहरू पनि प्रोत्साहित हुन सक्छन् ।’
    मन्त्री चौधरीले बराहक्षेत्र चतरा भूमिको विकासका निम्ति राज्यको तर्फबाट गर्न सकिने सहयोग गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । मुलुककै ठुलो धार्मिक गन्तव्यको रुपमा विकास गर्नका निम्ति सबै लाग्नुपर्ने भन्दै उहाँले बराह क्षेत्र चतरा धामको विकासमा निम्ति मन्त्रालयका तर्फबाट पनि सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै उहाँले अन्य सम्बन्धित मन्त्रालयहरूमा पनि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
    साथै आध्यात्मिकले खराब नगर्ने भन्दै उहाँले यसले समाजलाई शुद्धीकरण गर्ने समेत बताउनुभयो । समाजलाई शुद्धीकरण गर्नका निम्ति धार्मिक गुरु, अनुयायीहरूको पनि महत्‍वपुर्ण भूमिका हुने उहाँको भनाई थियो । ‘म त भन्छु हरेक टोलमा आध्यात्मिक केन्द्रहरू भइदियोस् । जसले गर्दा दुई शब्द गुरुको बचन सुनेर, मन्दिरमा ढोगेर निस्किएमा त्यो मान्छेले दिनभरि कसैलाई कुविचार राख्दैन । कसैलाई गाली गर्दैन, कुट्दैन अर्थात् गलत कार्य गर्दैन ।’
    सत्यको पक्षमा हिँड्दा कहिल्यै पनि हार नहुने भन्दै मन्त्री चौधरीले आफू पनि तीन पटक निर्वाचन लडेको प्रसङ्ग उल्लेख गर्दै दुई पटक उपबिजेता भएर तेस्रो पटकमा निर्वाचित हुन सफल भएको बताउनुभयो ।
    संघर्ष गर्दै गएपछि एक दिन सफलतामा पुगिने भन्दै उहाँले निरन्तर संघर्ष गरिरहनु पर्ने बताउनुभयो ।
    त्यस अवसरमा कुम्भ मेलाका परिकल्पनाकार एवम् जगत् गुरु बाल सन्त मोहनशरण देवाचार्यले भगवती चौधरी अरू जस्तो पुलिसलाई ढुङ्गा हानेर नेता भएको मान्छे नभएको भन्दै एकेडेमिक क्वालिफाइड नेता भएको बताउनुभएको थियो ।

    Advertisement

     

    मङ्गलबार, बैशाख ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer