काठमाडौं । राम नवमीको अवसरमा अयोध्याको राम मन्दीरमा ४० लाख श्रद्धालु भक्तजनले दर्शन गर्ने भएका छन्। जसमा भारतसहित नेपाल र अन्य देशका श्रद्धालुहरू रहेका छन्।
जनकपुरस्थित राम मन्दीरमा पनि धुमधामका साथ राम नवमी मनाइने भएको छ। राम नवमीका दिन मधेस प्रदेशका हरेक राम मन्दिरमा विशेष समारोहको आयोजना हुने भएको छ ।
राम नवमी कै अवसरमा वीरगञ्जको गहवामा माई मन्दिरमा भव्य महाआरतिको आयोजना गरिएको छ भने कलैयाको राम मन्दिर लगायत भगवान रामको जन्मदिनलाई भव्यताका साथ मनाउन जनकपुर जानकी मन्दिरमा विशेष आरती, पुजा गरिने मन्दीर प्रशासनले जनाएको छ।
पर्सि बुधबार परेको राम नवमीका लागि उता भारतको अयोध्या भगवान रामको जन्मभुमीस्थित राम मन्दीरमा विशेष समारोहको आयोजन गरिने छ। राम नवमीको अवसरमा मन्दीरको मुख्य द्वार २०/२० घन्टासम्म दर्शनका लागि खुला रहने छ।
राम नवमीलाई ध्यानमा राखी प्रहरी प्रशासनले सुरक्षा व्यवस्था पनि कडा बनाएको छ। साथै अस्पताल, फरकफरक विभागका कर्मचारीहरूलाई पनि सतर्क अवस्थामा रहन भनिएको छ।
कुनैपनि अप्रिय घटना हुन नदिन र श्रद्धालुहरूलाई सहज दर्शनका लागि मन्दीर व्यवस्थापनले प्रशासनसँग मिलेर तयारी गरिरहेको छ।
भगवान रामको जन्मदिनको अवसरमा राम मन्दीरमा सूर्य अभिषेक गरिने छ। जसका लागि सूर्यको किरण मन्दिरमा रहेको भगवान रामको मुर्तिमा कसरी पर्छ भन्ने विषयमा पनि व्यवस्था मिलाइएको बताइएको छ।




