• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २१, २०८३
☰
आइतबार, असार २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ५. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

ज्येष्ठ नागरिकको निःशुल्क उपचार


  •   बिहिबार, बैशाख ०६, २०८१ मा प्रकाशित
  • घोराही । घोराहीमा रहेको राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठानबाट गत आठ महिनामा एक हजार बढी ज्येष्ठ नागरिकले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।

    Advertisement

    प्रतिष्ठानमा गएको साउन महिनादेखि फागुनसम्म एक हजार ८७ जना ज्येष्ठ नागरिकले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेको राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठानका निमित्त अस्पताल कायम–मुकायम निर्देशक डा. रमेश कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार महिलातर्फ छसय ६२ जना र पुरुषतर्फ चारसय २५ ज्येष्ठ नागरिकले सेवा लिनुभएको छ ।

    ज्येष्ठ नागरिकको उपचारका लागि १३ लाख २९ हजार ९ सय ७८ रुपियाँ खर्च भएको निर्देशक कँडेलले जानकारी दिनुभयो । रगत, एक्सरेसहित रोगको डाइग्नोसिस गर्न निश्चित उपचारमा शतप्रतिशत ज्येष्ठ नागरिकलाई छुट दिने गरेको छ ।

    ज्येष्ठ नागरिकको उपचार सहजताका लागि धेरै सुधारको काम भइरहेको प्रतिष्ठानका निर्देशक कँडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ज्येष्ठ नागरिकलाई प्रतिष्ठानमा सहज रुपमा निःशुल्क सेवा प्रदानका लागि धेरै सुधारको काम गरिरहेका छौं ।’

    प्रतिष्ठानमा टोकन प्रणालीदेखि ज्येष्ठ नागरिकमैत्री हुनेगरी उपचार सेवा प्रभावकारी बनाइएको समेत बताउनुभयो । उहाँका अनुसार प्रतिष्ठानबाट उपचार पाउने ज्येष्ठ नागरिकमा नयाँ ५ सय ६५ र पुरानो फलोअप ५ सय २२ जना रहनुभएको छ । प्रतिष्ठानले न्युन बजेटमा धेरै ज्येष्ठ नागरिकको आठ महिनाको अवधिमा निःशुल्क उपचार गरेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले बताउनुभयो ।

    सरकारले केन्द्रबाट पठाइदिने बजेटले मात्र उपचार खर्च नधान्ने भएका कारण प्रतिष्ठानले आफ्नो तर्फबाट पनि खर्च गरेर ज्येष्ठ नागरिकलाई उपचार सेवा दिंदैआएको उपकुलपति लामिछानेले बताउनुभयो । उपकुलपति डा. लामिछानेले भन्नुभयो, ‘ज्येष्ठ नागरिकको उपचारका लागि केन्द्र सरकारले प्रतिष्ठानलाई बजेट दिने गरेको छ, तर सो बजेटले सवैलाई सेवा दिन नमिल्ने भएका कारण प्रतिष्ठानले आफ्नो तर्फबाट पनि निःशुल्क सेवा दिने गरेको छ ।’

    ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा. रमेश कँडेलको नेतृत्वमा चिकित्सक, स्वास्थ्यकर्मी र नर्सको व्यवस्था गरेर प्रतिष्ठानले सेवालाई प्रभावकारी बनाउँदै लगेको छ । प्रतिष्ठानले ओपिडीसहित १२ बेडको ज्येष्ठ नागरिक वार्ड पनि सञ्चालनमा ल्याएको प्रतिष्ठानले जानकारी दिएको छ ।

    बिहिबार, बैशाख ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १६ गते (३०

    • २.
      आज २०८३ साल असार १८ गते (२

    • ३.
      आज २०८३ साल असार १५ गते (२९

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५

    • ६.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer