• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, जेठ २८, २०८३
☰
बिहिबार, जेठ २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पर्यटकहरुको आकर्षक रोजाइ बन्दै मनाङका होमस्टे


  •   शनिबार, बैशाख ०८, २०८१ मा प्रकाशित
  • मनाङ । पछिल्लो समय भ्रमणका क्रममा बसोबासका लागि घरबास (होमस्टे) रोजाइमा पर्ने गरेका छन् ।
    सुविधा सम्पन्न होटलमा बस्न रुचाउने पर्यटक अहिले घरबास रोज्ने गर्दछन् । नासों गाउँपालिका–८ स्थित ताचै घरबासले बसाइ सस्तो हुनुका साथै स्थानीय उत्पादनको खानाले पर्यटकलाई आकर्षित गर्दै आएको छ ।

    Advertisement

    यहाँ बस्न आउने पर्यटक तथा पाहुनालाई स्थानीयरुपमा उत्पादित वस्तु खान दिने गरिएको नासों–८ का वडाध्यक्ष एवं ताचै घरबासका अध्यक्ष याद घले बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यहाँ आउने पर्यटक तथा पाहुनालाई यही उत्पादन भएको खाद्यवस्तु खुवाउँछौँ, पानीघट्टामा पिसेको वस्तुको उपयोग हुन्छ, आफ्नै बारीमा उत्पादित सागपात, कोदो, तरकारी उपयोग गर्छौं ।”
    अधिकांश पाहुना सम्पर्क गरेर आउने गरेका उहाँले जानकारी दिनुभयो । अध्यक्ष घले भन्नुहुन्छ, “यहाँ होमस्टेको अध्ययन गर्नकै लागि पनि पाहुना आउने गर्दछन्, होमस्टे सञ्चालनकै लागि अन्य होमस्टेबाट अध्ययनमा समेत आउने गर्नुहुन्छ, यसले हामीलाई प्रोत्साहन मिलेको छ ।” यहाँको हावापानी र प्राकृतिक सम्पदाले पनि आकर्षित भएको बताउने गरेको उहाँले सुनाउनुभयो ।

    यहाँका स्थानीय पाहुनालाई जैविक खानेकुरा खुवाउनका लागि कृषिकर्ममा जोडिएका छन् । अहिले ताचैगाउँमा हरियाली गहुँ, आलु, करु झुल्ने बेला भएको छ । मकै र कुलुु बोडी लगाउने तथा गोडिरहने काम गर्दै गरेको अवस्थामा यहाँका स्थानीय भेटिन्छन् । यहाँको संस्कार र संस्कृतिले पनि पर्यटक तथा पाहुनालाई लोभ्याउने गरेको छ ।
    घरबासका सदस्य शारदा गुरुङ भन्नुहुन्छ, “हामीले यहीको उत्पादनमा मात्रै प्रयोग गर्छौं, बाहिरबाट ल्याउने भनेको चामल हो, त्यही पनि यहाँ नहुने भएर हो, यहीँको स्थानीय परिकारका लागि सबै सामान यही उत्पादित हुुन् ।” धेरै खाद्यान्न उत्पादन नभए पनि पाहुनालाई पु¥याउने गरी उत्पादनमा जोड दिइएको उहाँले बताउनुभयो ।

    होमस्टेले महिलाका साथै गाउँलाई आयस्रोतसँग जोडेको उहाँले बताउनुुभयो । गाउँका अधिकांश घर होमस्टे रहेको उहाँले जानकारी दिनुुभयो । जैविक खानाका लागि यहाँको खाद्यान्नले पर्यटक तथा पाहुनालाई आकर्षित गरेको उहाँको भनाइ छ । ताचै गाउँमा घले र गुरुङको बसोबास रहेको छ । बोन धार्मावलम्बी यहाँका स्थानीयले आफ्नै संस्कार तथा सांस्कृतिक तवरबाट पाहुनालाई स्वागत गर्ने गर्दछन् ।

    पाहुनालाई स्वागतका साथै यहाँका लोकसंस्कृति, नाचगानसँगै प्राङ्गारिक खाना खुुवाउने गरिन्छ । यहाँ आउने पर्यटकले ढिँडो, आलुुलगायतका खाना मन पराउने गरेका पाइन्छ । उनीहरुको माग स्थानीय उत्पादन हुने गरेको घरबास सञ्चालक समितिले जनाएको छ । यहाँका २६ घरधुरी घरबास सञ्चालनमा रहेको निवर्तमान वडाध्यक्ष एवं समाजसेवी हुपजङ्ग गुरुङले जानकारी दिनुभयो ।

    उहाँका अनुसार करिब एक सयदेखि एक सय ५० जनासम्म घरबासले एकपटकमा पाहुना राख्न सकिन्छ । यहाँका घरबास विदेशी पर्यटककोसमेत रोजाइमा पर्दछन् । यहाँको स्थानीय संस्कृति अध्ययनका लागि पनि विदेशी पर्यटक आउने गरेको स्थानीयको बुझाइ छ ।

    यसका साथै छोङ्रुपी झरनाले पनि यहाँको घरबासलाई थप आकर्षक बनाएको छ । झरनाले यहाँ आउने मानिसलाई लोभ्याउने गरेको छ । घरबास माथिबाट आएको झरनाले पर्यटकलाई आकर्षित गरेको छ । झरनाको काखमा रहेको यस घरबासलाई अझ राम्रोसँग नियाल्न झरनामा गएर हेर्न सकिन्छ । त्यसले गाउँलाई अझ मनमोहकरुपमा हेर्न पाइन्छ । रासस

    शनिबार, बैशाख ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer