• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पर्यटकको रोजाइमा ताचै घरबास


  •   आइतबार, बैशाख ०९, २०८१ मा प्रकाशित
  • मनाङ । वसन्त ऋतुमा अन्य समयभन्दा धेरै पर्यटक मनाङ घुम्न जान्छन् । वसन्तको हरियालीसँगै ढकमक्क फुलेका गुराँसको फूल अनि टिलिक्क टल्केका सेता हिमाल पर्यटकका लागि पहिलो रोजाइमा पर्छ । त्यसैले यतिबेला प्रायः होटलहरु पर्यटकले भरिभराउ नै हुने गर्छ । कहिलेकाहीँ त खुट्टो हाल्ने ठाउँसम्म पनि पाइँदैन । बेसिजनमा सबै होटलहरु बन्दप्रायः नै हुन्छन् ।

    Advertisement

    पछिल्लो समय भ्रमणका क्रममा बसोबासका लागि घरबास रोजाइमा पर्ने गरेको छ । सुविधा सम्पन्न होटलमा बस्न रुचाउने पर्यटक अहिले घरबास रोज्ने गर्दछन् । नासोँ गाउँपालिका–८ स्थित ताचै घरबासले बसाइ सस्तो हुनुका साथै स्थानीय उत्पादनको खानाले पर्यटकलाई आकर्षित गर्दै आएको छ । महँगो होटलमा धेरै पैसा तिरेर खचाखच गरी बस्नुभन्दा स्थानीय उत्पादनको स्वाद चाख्दै सस्तोमा बस्न रुचाउने पर्यटकले ताचै घरबास रोज्ने गरेका छन् । हिजोआजमनाङ आउने पर्यटकको रोजाइमा ताचै घरबास पर्ने गरेको छ ।

    यहाँ बस्न आउने पर्यटक तथा पाहुनालाई स्थानीयरुपमा उत्पादित वस्तु खान दिने गरिएको नासोँ–८ का वडाध्यक्ष एवं ताचै घरबासका अध्यक्ष याद घलेले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी यहाँ आउने पर्यटक तथा पाहुनालाई यहीँ उत्पादन भएको खाद्यवस्तु खुवाउँछौं, पानीघट्टमा पिसेको वस्तुको प्रयोग गर्छौं, आफ्नै बारीमा उत्पादित सागपात, कोदो, तरकारी उपयोग गर्छौं ।”

    पर्यटकलाई जैविक खानेकुरा खुवाउनका लागि स्थानीयहरु कृषिकर्ममा जोडिएका छन् । अहिले ताचैगाउँमा हरियाली गहुँ, आलु, करु झुल्ने बेला भएको छ । मकै गोड्ने तथा बोडी लगाउने समय भएको छ । खानपान तथा बसोबासले मात्र नभई यहाँको संस्कार र संस्कृतिले पनि पर्यटक तथा पाहुनालाई लोभ्याउने गरेको छ । त्यसैगरी यहाँको हावापानी र प्राकृतिक सम्पदाले पनि पर्यटकलाई आकर्षित गराउँछ ।

    घरबासबारे अध्ययन गर्नकै लागि पनि पर्यटक आउने गरेका छन् । अधिकांश पर्यटक सम्पर्क गरेर आउने गरेका अध्यक्ष घलेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पर्यटकहरु घरबास अध्ययन तथा सञ्चालनका लागि बुझ्न आउने गर्नुहुन्छ, यसले हामीलाई प्रोत्साहन मिलेको छ ।” धेरै खाद्यान्न उत्पादन नभए पनि पाहुनालाई पुर्‍याउने गरी उत्पादनमा जोड दिइएको घरबासका सदस्य शारदा गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले यहीँको उत्पादन मात्रै प्रयोग गर्छौं, बाहिरबाट ल्याउने भनेको चामल हो, त्यही पनि यहाँ नहुने भएर हो, यहीँको स्थानीय परिकारका लागि सबै सामान यहीँ उत्पादित हुन्छन् ।” घरबासले महिलाका साथै गाउँलाई आयस्रोतसँग जोडेको उहाँले बताउनुभयो ।

    गाउँका २६ घरधुरीमा घरबास सञ्चालनमा रहेको समाजसेवी हुपजंग गुरुङले जानकारी दिनुभयो । उहाँले १ सयदेखि १ सय ५० जनासम्मको क्षमता रहेको ताचै घरबास विदेशी पर्यटकसमेतको रोजाइमा पर्ने गरेको बताउनुभयो । विदेशी पर्यटक स्थानीय संस्कृति अध्ययनका लागि आउने गरेका छन् । यसका साथै गाउँ माथि रहेको पिली झरनाले पनि यहाँको घरबासलाई थप आकर्षक बनाएको छ, पर्यटकलाई लोभ्याएको छ ।

    ताचै गाउँमा घले र गुरुङको बसोबास रहेको छ । उनीहरुले आफ्नै संस्कार तथा सांस्कृतिक तवरबाट पर्यटकलाई स्वागत गर्ने गर्दछन् । पर्यटकलाई यहाँको लोकसंस्कृति, नाचगानसँगै प्राङ्गारिक खाना खुुवाउने गरिन्छ । यहाँ आउने पर्यटकले ढिँडो, आलु लगायतका खाना मन पराउने गरेको पाइन्छ । उनीहरुको माग स्थानीय उत्पादन हुने गरेको घरबास सञ्चालक समितिले जनाएको छ ।

    आइतबार, बैशाख ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer