• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

बुटवललाई स्वास्थ्यको हब बनाइने


  •   सोमबार, बैशाख १०, २०८१ मा प्रकाशित
  • सिद्धार्थनगर । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुनले बुटवललाई स्वास्थ्यको हबको रुपमा विकास गर्ने सरकारको योजना रहेको बताउनुभएको छ । मन्त्री पुनले प्रदेश गौरवको आयोजनाका रुपमा रहेको अस्पतालको नयाँ भवन निर्माणको कामलाई गुणस्तरीय र समयमै सक्नका आवश्यक निगरानी गर्ने उल्लेख गर्नुभयो ।

    Advertisement

    कार्यभार सम्हालेपछि पहिलो पटक उहाँ बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा अत्याधुनिक भवन निर्माणका लागि भइरहेका कार्यप्रगति बारे बुझ्न आइतबार स्थलगत अवलोकनमा पुग्नुभएको हो । लुम्बिनी प्रदेश सरकारको गौरव आयोजनाको रुपमा रहेको भवन निर्माणका लागि अहिले पुरानो संरचना हटाएर जग निर्माणको काम भइरहेको छ । अस्पतालको निर्माण स्थल तथा अस्पतालमा हाल सञ्चालनमा रहेका सेवाहरुको अवलोकन गर्दै उहाँले यस क्षेत्रलाई स्वास्थ्यको हब बनाउने दाबी गर्नुभएको हो ।

    अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुबाट गुनासा तथा सुझाब माग गरेपछि सम्बोधन गर्नुहुँदै मन्त्री पुनले सेवाग्राहीको चाप, जनशक्ति व्यवस्थापन र उपकरणलगायतमा तालमेल नभएको विषयमा मन्त्रालयले छलफल अघि बढाउने प्रतिबद्धता गर्नुभयो ।

    अस्पतालमा आवश्यक जनशक्ति व्यवस्थापन तथा उपकरण व्यवस्थापनमा मन्त्रालयले सहयोगको प्रतिबद्धता जनाउनुभयो ।
    स्वास्थ्य मन्त्री पुनले चिकित्सा तथा स्वास्थ्य पेसा मर्यादित पेसा भएका कारण यसको साखलाई कायम राख्न मन्त्रालय तयार रहेको बताउनुभयो । यसैगरी सेवा प्रदान गर्ने विषयमा चिकित्सक तथा कर्मचारीले राम्रो गरेमा सम्मान गर्ने र गलत गरेमा निगरानी तथा कारबाहीको चेतावनी समेत दिनुभयो ।

    अस्पतालमा मुख्यमन्त्री पुनलाई माला लगाएर स्वागत गर्दै मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले सेवा सुधारका लागि स्वास्थ्य मन्त्रालयले सहयोगको अपेक्षा गर्नुभयो । जनशक्ति, उपकरण तथा स्रोत साधनको तुलनामा ठुलो जनसङ्ख्यालाई सेवा प्रदान गर्नुपर्ने भएकाले जनताबाट गुनासाहरु सुनिरहनुपर्ने बाध्यता रहेको डा. थापाले गुनासो गर्नुभयो ।

    अस्पतालमा निरीक्षणमा लुम्बिनी प्रदेश सामाजिक बिकास समितिका सभापति ओमबहादुर नेपालीको समेत सहभागिता थियो । अस्पतालमा विगत केही महिनादेखि ल्याप्रोस्कोपी मेसिन बिग्रिएको अवस्थामा भएपनि बजेट अभावले बनाउन नसकिएको उहाँको गुनासो छ ।

    उपकरण अभावमा सेवा प्रवाह पनि ढिलो हुने भएकाले बिरामीले अपरेशनका लागि समेत एक डेढ वर्षसम्म पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि मन्त्री पुनसँग आग्रह गर्नुभयो ।

    ‘‘हामीले राम्रो गर्ने प्रयास गर्दा गर्दै पनि उपकरण अभावले समस्या छ । बिग्रीएको एउटा ल्याप्रोस्कोपी मेसिन पनि बनाउन सकिएको छैन । अझै चार वटा मेशिन थप गर्ने हो भने पनि सेवाग्राहीले एक वर्ष पालो कुर्नुुपर्ने समस्या एक चौथाइमा घट्नेछ ।’’ डा. थापाले भन्नुभयो ।

    सङ्घीय सरकारबाट बीमा रकम समयमा भुक्तानी नहुँदा थप आर्थिक भारमा परेको उहाले गुनासो गर्नुभयो । ‘‘गत भदौदेखि करिब १५/१६ करोड पाउन बाँकी नै छ । यसले गर्दा सेवा खस्किने हो कि भन्ने डर हामीलाई लागेको छ ।’’ डा. थापाले भन्नुभयो ।

    यसैगरी अस्पतालका व्यवसायीक सटर भत्काएपछि प्रदेश सरकारले वार्षिक ६ करोड अनुदान दिने भने पनि कार्यान्वयन नभएको गुनासो थापाको छ । सुरुका दुई वर्षसम्म अस्पताललाई रकम आएको भएपनि त्यसपछि सटर भत्काए बापत आउनुपर्नेमा रोकिएको थापाले जानकारी गराउनुभयो ।

    मन्त्रीको निरीक्षणपछि आयोजित अन्तरक्रियामा प्रशासकीय प्रमुख राजन के.सी.अस्पतालकी वरिष्ठ दाँतरोग विशेषज्ञ डा. वर्षा थापा, नर्सिङ प्रमुख ज्योति पौडेल, ओटी पोष्टअप इन्चार्ज सीता खनाल, डट्स इन्चार्ज विनोद पाण्डे लगायते गुनासो तथा सुझाव प्रस्तुत दिनुभएको थियो ।

    सोमबार, बैशाख १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer