• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पत्रकार महासङ्घद्वारा निःशुल्क स्वास्थ्य शिविर संचालन


  •   सोमबार, बैशाख १०, २०८१ मा प्रकाशित
  • नेपालगन्ज । बाँकेको दुर्गम, पिछिडिएको र स्वास्थ्य सेवाको कम पहुँच भएको राप्तीसोनारी गाउँपालिकामा नेपाल पत्रकार महासङ्घ बाँकेले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरबाट तीन सयले निःशुल्क उपचार गराएका छन् ।

    Advertisement

    राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर–३ सरस्वती माविमा महासंघद्धारा कान्ति आरोग्य अस्पताल नेपालगन्जको सहकार्यमा सञ्चालन गरिएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा ठुलो सङ्ख्यामा स्थानीयले उपचार गराएको पत्रकार महासंघ बाँकेले जनाएको छ ।

    नेपालगन्ज र कोहलपुर टाढा भएकोले सबैले उपचारका लागि त्यहाँसम्म सजिलै जान नसक्ने हुँदा आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरबाट धेरैजना बिरामीले उपचार गराउने अवसर पाएको पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले बताउनुभयो । उहाँले जिल्लाको राप्तीपारीका बालबालिका र महिलाहरु स्वास्थ्य सेवाको पहुँचभन्दा अलि टाढा रहेकाले उनीहरुलाई स्वास्थ्यको पहुँचमा पुर्‍याउन निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको बताउनुभयो ।

    कान्ति आरोग्य अस्पतालकी प्रबन्ध निर्देशक डा. रोमा बोराका अनुसार स्वास्थ्य शिविरमा बालबालिका र महिला गरी ३०० जनाको स्वास्थ्य चेकजाँच तथा उपचार गरिएको थियो। स्वास्थ्य चेकजाँच गर्न आएका बिरामीलाई निःशुल्क औषधीसमेत वितरण गरिएको डा. बोराले बताउनुभयो ।

    स्वास्थ्य शिविरमा आउनुभएका सरस्वती माविका प्रधानाध्यापक ललित चौधरीले यस्तो निःशुल्क स्वास्थ्य शिविरले गरिब जनतालाई ठूलो सहयोग पुर्‍याएको बताउँदै पत्रकार महासङ्घ र कान्ति आरोग्य अस्पताललाई धन्यवाद दिनुभयो । उहाँले फेरि पनि अन्य रोगको शिविर आयोजना गर्न आग्रह गर्नुभयो ।

    उक्त विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष प्रेमराज श्रेष्ठले स्वास्थ्य शिविर आयोजनाले यस क्षेत्रका जनतालाई स्वास्थ्यको पहुँचमा पुर्‍याएको प्रतिक्रिया दिंदै अझै पनि यो क्षेत्र धेरै सेवा सुविधाबाट बन्चित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘थुप्रै गरिब जनता स्वास्थ्यको पहुँचमा अझै पुग्न सकेका छैनन् । उनीहरुका लागि धेरै राहत भयो ।’ सो एकदिने निःशुल्क स्वास्थ्य शिविर पत्रकार महासङ्घ बाँके शाखा र नेपालगन्ज सुर्खेतरोडमा रहेको कान्ति आरोग्य अस्पतालको आयोजना तथा सरस्वती मावि राप्तीसोनारी र डेभलपमेन्ट फर नेपालको सहकार्यमा सम्पन्न भएको थियो ।

    सोमबार, बैशाख १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer