• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

भगवान शिवसँग सम्बन्धित यी चमत्कारी उपाय, पूरा हुनेछ मनोकामना


  •   सोमबार, बैशाख १०, २०८१ मा प्रकाशित
  • काठमाडाैँ । शिव अनादि तथा सृष्टि प्रक्रियाको आदिस्रोत हुन् र यीनी काल महाकाल नै ज्योतिष शास्त्रका आधार हुन्। शिवको अर्थ यद्यपि कल्याणकारी मानिएको छ, तर उनले संधै लय एवं प्रलय दुवैलाई आफ्नो अधीन गरेका छन्। भगवान शिव देवताका पनि देवता भएकाले उनलाई महादेव भनिन्छ भने ईश्वरका पनि ईश्वर भएकोले उनलाई महेश्वर भनेर चिनिन्छ।

    Advertisement

    ″शिव” को शाब्दिक अर्थ हो, “त्यो जुन छैन ।” आजको आधुनिक विज्ञानले हामीमाझ यो प्रमाणित गरिदिएको छ कि सबैथोक शून्यताबाट आउँछ, अनि पुनः शून्यतामै फर्किन्छ । अस्तित्वको आधार र यो ब्रह्माण्डको मूलभूत गुण नै विराट् शून्यता हो । त्यसमा भएका आकाशगंगाहरू सानातिना गतिविधिहरू मात्र हुन्— छिटाहरू जस्तै । बाँकी सबै विशाल खालीपन हो, जसलाई ″शि–व″ भनिन्छ । शिव नै त्यो गर्भ हो, जसबाट सबैथोकको जन्म हुन्छ; शिव नै त्यो अन्धकार पनि हो, जसले सबैथोकलाई आफूभित्र सोस्दछ । सबैथोक शिवबाटै आउँछन्, अनि सबैथोक पुनः शिवमै फर्किन्छन् ।शिव पुराणका अनुसार रवि प्रदोष व्रतको पालना गर्ने व्यक्तिले शारीरिक तथा मानसिक रोगबाट मुक्ति मिल्छ । साथै हरेक मनोकामना पूरा हुन्छ । यस्तो अवस्थामा मनोकामना पूरा भगवान शिवसँग सम्बन्धित यी चमत्कारी उपाय गरियो भने मनोकामना पूरा हुनेछ भन्ने विश्वास रहेको छ ।

    प्रत्येक मासको कृष्ण पक्ष र शुक्ल पक्षको त्रयोदशीका दिन प्रदोष व्रत गरिन्छ । साताका सात दिनमध्ये जुन दिन परेको हो, त्यसै दिनलाई प्रदोष व्रत भनिन्छ, त्यसैले यसलाई रवि प्रदोष व्रत भनिन्छ। शिवभक्तहरूका लागि यो व्रतको ठूलो महत्त्व छ, किनभने यस दिन भगवान शिव र माता पार्वतीसँगै भगवान गणेशको पूजा गरिन्छ।

    ज्योतिष शास्त्र अनुसार यस पटक हिन्दु नयाँ वर्षको पहिलो प्रदोष व्रत वैशाख २१ गते परेको छ । यस दिन भगवान शिवसँगै पार्वतीको पूजा गर्ने चलन छ । साथै मनोकामना पूरा गर्न पनि यो व्रत बस्ने गरिन्छ । यस व्रतको फल तुरुन्त नभई क्रमशः प्राप्त हुन्छ । यस्तो अवस्थामा भोलेनाथको आशीर्वाद प्राप्त गर्नको लागि आजको दिन के-कस्ता उपायहरू अपनाउनु पर्छ जानौं।

    रवि प्रदोष व्रतमा गर्नुहोस् यी उपाय

    शिवको पूजा गर्नुहोस् :- ज्योतिषका अनुसार रवि प्रदोष व्रतको दिन बिहान सबेरै उठेर स्नान आदि गरी भगवान शिवको पूजा गर्ने । त्यसपछि गंगा जल र काँचो दूधले नुहाउने। पञ्चाक्षरी मन्त्रको पनि जप गर्नुहोस्। यसो गर्नाले भगवान शिव प्रसन्‍न भई तपाईको सबै मनोकांक्षा पूरा गर्दछन्।

    हृदय स्तोत्रको १०८ पटक जप गर्नुहोस् :- रवि प्रदोष व्रत सूर्य सम्बन्धी उपायका लागि लाभदायक मानिन्छ। यस दिन आदित्य हृदय स्तोत्रको १०८ पटक जप गर्नाले शुभ फल र राजयोग प्राप्त हुन्छ । दिनमा भगवान शिवको पूजा गरेपछि यो उपाय गर्नुपर्छ ।

    शिवलिंगमा त्रिपुण्ड बनाउनुहोस् :- रवि प्रदोष व्रतको दिन पहेँलो चन्दनको लेप बनाइ शिवलिंगमा त्रिपुण्ड बनाउनुहोस्। यसपछि बेलको पातमा मह लगाउनुहोस् र दाहिने हातले शिवलिंगमा चढाउनुहोस्। बेलपत्र अर्पण गर्दा मनको इच्छा भन्नुहोस्। यो उपाय सूर्यास्तको समयमा गर्नुपर्छ। यसो गर्नाले भगवान शिव प्रसन्न हुन्छन् र सुख र समृद्धिको आशीर्वाद दिन्छन्।

    भगवान शिवलाई पञ्चामृतले अभिषेक गर्नुहोस् :- प्रदोष व्रतमा भगवान शिवलाई पञ्चामृतले अभिषेक गर्नुहोस्। यसका साथै देवी पार्वतीलाई सोह्रवटा श्रृंगार वस्तुहरू चढाउनुहोस्। यसो गर्नाले व्यक्तिको वैवाहिक जीवनमा खुशी रहन्छ र मानसिक तनाव पनि हट्छ।

    सेतो वस्तु दान गर्नुहोस् :– रवि प्रदोष व्रतमा दानको पनि विशेष महत्व छ । त्यसैले रवि प्रदोष व्रतको दिन दूध, दही, भात जस्ता सेतो वस्तु दान गर्नुहोस्। यसले जागिरमा पदोन्नतिको सम्भावना बढेको विश्वास छ । आइतबार भएकाले गहुँ, जौ, तामा, रातो फूल पनि दान गर्न सक्नुहुन्छ ।

    शिव प्रदोष स्तोत्रको पठन :- शिव पुराणका अनुसार रवि प्रदोष व्रत गर्नाले मानिसलाई शारीरिक तथा मानसिक रोगबाट मुक्ति मिल्छ । साथै हरेक मनोकामना पूरा हुन्छ । यदि तपाई पनि आफ्नो मन परेको वर प्राप्त गर्न चाहनुहुन्छ वा कुनै मनोकामना पूरा गर्न चाहनुहुन्छ भने रवि प्रदोषको दिन विधि अनुसार भगवान शिवको पूजा गर्नुहोस् । साथै पूजा गर्दा शिव प्रदोष स्तोत्रको पाठ पनि गर्नुपर्छ ।

    सोमबार, बैशाख १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer