• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

दुर्गमका सवारी घोडा र खच्चड, विद्यालयमा पाठ्यपुस्तक ओसार्न सहयोगी बन्दै


  •   सोमबार, बैशाख १०, २०८१ मा प्रकाशित
  • म्याग्दी । म्याग्दीका दुर्गम विद्यालयमा घोडा र खच्चडमार्फत ढुवानी गरेर शैक्षिक सत्र २०८१ सालको लागि नयाँ पाठ्यपुस्तकहरु लगिएकाे छ । जिल्लाको दुर्गम क्षेत्र गूर्जामा सञ्चालित विद्यालयमा घोडा, खच्चडमार्फत सरकारी पाठ्यपुस्तक पुर्याइएको हो ।

    Advertisement

    जिल्ला सदरमुकाम बेनीबजारदेखि २६ कोष टाढा रहेको गूर्जाको जनकल्याण माध्यमिक विद्यालयमा सरकारी पाठ्यपुस्तकहरु घोडा र खच्चडबाट ढुवानी गरिएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा म्याग्दीले जनाएको छ । दुर्गमका विद्यालयलाई पहिलो प्राथमिकता दिएर पाठ्यपुस्तक ढुवानी गरिएको थियो ।

    धवलागिरि गाउँपालिका–७, सिबाङसम्म सवारीसाधन र त्यहाँबाट १ नम्बर वडा गूर्जामा घोडा र खच्चडमार्फत नयाँ पाठ्यपुस्तक पु¥याइएको छ । म्याग्दीको दुर्गम क्षेत्रमा रहेका विद्यालयहरुलाई पहिलो प्राथमिकता दिएर शैक्षिक सत्र २०८१ सालको नयाँ पाठ्यपुस्तकहरु पु¥याइएको हो । सडक र यातायात सुविधा नपुगेका दुर्गमका विद्यालयमा घोडा, खच्चडमार्फत नयाँ पाठ्यपुस्तक ढुवानी गरिएको विद्यालयले जनाएका छन् ।

    विगतका वर्षमा जस्तै यसवर्ष पनि गूर्जामा घोडा र खच्चडलाई पाठ्यपुस्तक बोकाएर लगिएको गूर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । घोडा, खच्चडमार्फत चालु शैक्षिक सत्रको नयाँ पाठ्यपुस्तकहरु ढुवानी गरी विद्यार्थीलाई वितरण गरिसकिएको उहाँले जानकारी दिनुभयो ।

    जिल्लाको मावि, आधारभूत, मदरसा, संस्कृत र उज्यालो वैकल्पिकसहित अधिकांश विद्यालयहरुमा पाठ्यपुस्तक पुगिसकेको छ । हालसम्म जिल्लाको झण्डै ९८ प्रतिशत विद्यालयहरुमा पाठ्यपुस्तक पु¥याइएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ म्याग्दीका अध्यक्ष नारायण शर्माले बताउनुभयो ।

    स्टेशनरी व्यवसायी महासंघले जनक शिक्षा सामग्री केन्द्र क्षेत्रीय कार्यालय पोखरासँगको समन्वयमा जिल्लामा पुस्तकहरु खरिद गरेर विद्यालयहरुमा पठाएको छ । म्याग्दीमा पुस्तक व्यवसायीहरुको सहकार्यमा एक करोड रुपैयाँको लागतमा पाठ्यपुस्तक खरिद गरी शैक्षिक सत्र सुरु हुनुपूर्व नै शतप्रतिशत पाठ्यपुस्तकहरुको सबै सेट पठाइसकिएको छ । महासंघ म्याग्दीले जिल्लामा सबै पालिकाको केन्द्रसम्म पाठ्यपुस्तक ढुवानीको व्यवस्था गरेको थियो ।

    विगतका वर्षहरुमा शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पनि पाठ्यपुस्तकको अभाव हुने गरेकोमा यसवर्ष भने सरकारले समयमै सबै विद्यार्थीहरुको हात हातमा नयाँ पाठ्यपुस्तक पु¥याएको छ । समयमै पाठ्यपुस्तक उपलब्ध भएपछि अध्ययन, अध्यापनको कार्यमा सहज हुनुका साथै शैक्षिक गुणस्तर समेत वृद्धि हुने अपेक्षा गरिएको छ ।

    यसैबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसवर्ष तय गरेको ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने मूल नारासहित अहिले विद्यालयहरुले धमाधम भर्ना अभियान सञ्चालन गरिरहेका छन् । आउँदो १५ गतेसम्मका लागि यस वर्षको विद्यार्थी भर्ना अभियान लागि मिति तोकिएको छ ।(नेपाल टेलिभिजन)

    सोमबार, बैशाख १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer