• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सिआइबीको सिफारिसमा मुद्दा नचल्ने निर्णय गराइएको कृषि सहकारीमा ११ अर्ब अपचलन, राजनीतिक प्रभावमा उन्मुक्ति


  •   मङ्गलबार, बैशाख ११, २०८१ मा प्रकाशित
  • काठमाडौँ । उर्जामन्त्री शक्ति बस्नेत, श्रममन्त्री डीपी अर्याल संलग्न हाम्रो नयाँ कृषि सहकारी संस्थाका बचतकर्ताको ११ अर्ब रुपियाँभन्दा बढी बचत दुरुपयोग भएको खुलेको छ।

    Advertisement

    समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा तीन हजार २ सय १ जना बचतकर्ताको उजुरी परेको र उजुरीको आधारमा ११ अर्बभन्दा बढी रकम दुरुपयोग भएको समितिका सदस्य सचिव केशवप्रसाद पौडेललाई उद्धृत गर्दै गोरखापत्रले लेखेको छ।

    ‘हाम्रो नयाँ कृषि सहकारी संस्थाका तीन हजार २०१ बचतकर्ताको ११ अर्ब रुपियाँभन्दा बढी बचत हिनामिना गरेको दाबीसहित समितिको कार्यालयमा निवेदन परेको छ’ पौडेलले गोरखापत्रलाई भनेका छन्।

    समितिले सो सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो भने सहकारी विभागले आवश्यक अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा पत्र पठाएको थियो।

    ब्युरोले सहकारी उपाध्यक्ष लीलाबहादुर गुरुङ, कोषाध्यक्ष रामहरि अधिकारी र सञ्चालक नवीन अछामीलाई पक्राउ गरेर अनुसन्धान गरेकोमा बचतकर्ताको रकम फिर्ता गर्न राजी भएको भन्दै ब्युरो र सरकारी वकिलको कार्यालयले उनीहरुविरुद्ध मुद्दा नचल्ने निर्णय गरेका थिए।

    सो सहकारीमा ओमप्रकाश गुरुङ र दुर्गा चापागाईँ समेत संलग्न देखिएका थिए। उनीहरू बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका थिए। उनीहरूले समेत हाम्रो सहकारी ठगीमा उन्मुक्ति पाए।

    मुद्दा नचल्ने सिफारिस र निर्णयमा उजुरीकर्ताको रकम फिर्ता गर्न सहमत भएको दाबी गरिए पनि निर्णयमा सत्ता राजनीतिको प्रभाव देखिएको थियो।

    सो सहकारीमा वर्तमान उर्जामन्त्री शक्ति बस्नेत, श्रममन्त्री डीपी अर्याल समेत संलग्न रहेको पुष्टि भइसकेको छ। माओवादी नेता तथा उर्जामन्त्री बस्नेत सहकारीको संस्थापक अध्यक्ष र श्रममन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अर्याल सहकारीको उपाध्यक्ष थिए। सो सहकारीमा रास्वपाका सह महामन्त्री कवीन्द्र बुर्लाकोटी सदस्य थिए।

    पछिल्लो समय सहकारीको अध्यक्षमा पोखराको सुर्यदर्शन र बुटवलको सुप्रिम सहकारी लगायतमा सातभन्दा बढी सहकारीको १६ अर्ब बढी बचत दुरुपयोगमा फरार रहेका जीवी राई अध्यक्ष थिए।

    जीवीले आफू संलग्न अधिकांश सहकारीको बचत रकम वर्तमान गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछाने समेत लगानीकर्ता रहेको गोर्खा मिडिया प्रालीमा अवैध रूपमा लगेको सुर्यदर्शन र सुप्रिमको अनुसन्धानबाट खुलिसकेको छ। जीवी फरार छन् भने रविले’ जीवीले गरेको सबै बदमासीको जिम्मा मैले लिनुपर्ने? भन्दै तर्क गरिरहेका छन्।

    ग्यालेक्सी टेलिभिजन चलाउने गोर्खा मिडियामा ८५ प्रतिशत शेयरसहित जीवी अध्यक्ष र १५ प्रतिशत शेयरसहित रवि प्रबन्ध निर्देशक थिए। राजनीतिमा लाग्न उनले राजीनामा दिएका थिए। विभिन्न सहकारीबाट अवैध रूपमा रकम गोर्खामा लैजाँदा रवि सोही प्रालीको प्रबन्ध निर्देशक थिए। तर उनले लगानी नगरी गोल्डेन शेयरको रूपमा १५ प्रतिशत पाएको र छाड्दा समेत रकम नलिएको दाबी गरिरहेका छन्।

    तर कम्पनी रजिष्टारको कार्यालयमा बुझाएको औँठाछापसहितको कागजमा उनले शेयर बापत रकम लिएको उल्लेख छ।

    समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार हाम्रो नयाँ कृषिसहित बचतकर्ताको रकम दुरुपयोग गर्ने २० सहकारी संस्था समस्याग्रस्त परेका छन्।

    केन्द्र सरकार मातहत रहेका गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कुबेर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, स्ट्यान्डर्ड मल्टिपर्पोज कोअपरेटिभ लिमिटेड,चार्टर्ड सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड लगायतका सहकारी समस्याग्रस्त सहकारीको सूचीमा परेको हो।(उकेरा)

    मङ्गलबार, बैशाख ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer