• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, भदौ ०६, २०८३
☰
शनिबार, भदौ ०६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

सौराहामा रात्रिकालीन सेवा नदिन आग्रह


  •   मङ्गलबार, बैशाख ११, २०८१ मा प्रकाशित
  • नारायणगढ । काठमाडौँको ठमेल र पोखराको लेकसाइडमा रात्रिकालीन सेवा खुला गर्ने निर्णय गरिएसँगै देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको सौराहामा पनि चौबिसै घण्टा खुला गर्ने विषयमा चर्चा सुरु भएको छ ।

    Advertisement

    तर, व्यवसायी तथा चरा संरक्षणविज्ञले रात्रिकालीन पर्यटन सेवाले वन्यजन्तुको वासस्थान र जैविक विविधता संरक्षणमा असर पर्ने बताउँछन् । काठमाडौँ र पोखराको तुलनामा सौराहाको पर्यटनको अवस्था फरक भएकाले जङ्गल सफारी र जैविक विविधता अवलोकन गर्न आउने पर्यटकले शान्त वातावरणमा बस्न रुचाउने उहाँहरूको अनुभव छ ।

    सौराहाका पुराना होटल व्यवसायी रामकुमार आर्याल सौराहामा कुनै हालतमा रात्रिकालीन खुला गर्न नहुने तर्क गर्नुहुन्छ । जङ्गल सफारीमा निर्भर रहेको सौराहाको पर्यटनलाई चौबिसै घण्टा खुला गर्दा पर्यटन क्षेत्रमै असर पर्ने उहाँको बुझाइ छ  । जैविक विविधिताका दृष्टिले पनि यहाँ आउने पर्यटकले शान्त वातावरण खोजेका हुन्छन् तर अहिले नै ध्वनि प्रदूषणका कारण सौराहा आक्रान्त छ अनि चौबिसै घण्टा खुला गर्दा गन्तव्यप्रतिको महत्व घट्दै जाने उहाँको भनाइ छ ।

    सौराहाका नयाँ पुस्ताका व्यवसायीहरू भने सौराहामा पनि रात्रिकालीन सेवा सुरु हुनुपर्ने धारणा राख्छन् । रेस्टुरेन्ट व्यवसायी सङ्घ सौराहाका (रेवान) पूर्वअध्यक्ष राजन भट्ट काठमाडौँ र पोखरामा जसरी सौराहामा पनि रात्रिकालीन सेवा पाइन्छ भनेर सन्देश दिन ढिला भइसकेको बताउनुहुन्छ ।

    “हामी पूर्वपश्चिम राजमार्गकै समिपमा छौँ । कमसेकम राति जति बेला आउँदा पनि सौराहा खुलै हुन्छ भन्ने हो भने त सौराहा ताकेर आउने पर्यटक अझै बढ्ने छन्,” उहाँको तर्क छ । वन्यजन्तुका गतिविधिलाई असर नपर्ने गरी र रात्रिकालीन म्युजिक बजाउन नपाउने गरी कडा मापदण्ड बनाएर पनि रातिमा सौराहा जागा राख्नुपर्ने उहाँको तर्क छ  ।

    विश्वसम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार हो सौराहा । निकुञ्जमा ६४ किसिमका स्तनधारी जनावर, छ सय प्रजातिका चरा, ५९ किसिमका उभयचर तथा सरिसृप, १२० प्रजातिका माछा, ५० किसिमका घाँस, १६ किसिमका सुनगाभा, ७३ किसिमका उन्यु, सयभन्दा बढी प्रकारका वनस्पति रहेको तथ्य भेटिन्छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी वन्यजन्तुको बढी सक्रियता रहने रात्रिकालीन अवस्थामा पर्यटक गतिविधि रोक्नुपर्ने बताउनुहुन्छ ।

    “वन्यजन्तुको मुमेन्ट गर्ने भनेकै रातिमा हो । यो बेला कुनै पनि गतिविधि गर्नु सुरक्षाका दृष्टिले पनि राम्रो मानिँदैन,” उहाँले भन्नुभयो । बाघ, भालु जस्ता हिंस्रक जनावरहरू रहेको निकुञ्जमा दिउँसै त सुरक्षा अपनाएर हिँडडुल गर्नुपर्ने उहाँको भनाइ छ । वन्यजन्तु विज्ञ डा. बाबुराम लामिछाने पनि रात्रिकालीन पर्यटन सौराहाका लागि उपयोगी नहुने बताउनुहुन्छ ।

    मङ्गलबार, बैशाख ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer