काठमाडौं । देशको शैक्षिक मेरुदण्डको रुपमा रहेको एक मात्र जेठो त्रिभुवन विश्वविद्यालय अन्तर्गत भूगोल केन्द्रीय विभागले माटोको नियमित परिक्षण र प्रयोशाला गुणस्तर व्यवस्थापन सम्वन्धी एकहप्ते प्रशिक्षण तथा क्षमता विकास तालिमको आयोजना गरेको छ । विभागमामा अध्ययनरत स्नातकोत्तर र विद्यावारिधिका विद्यार्थीहरु अनुसन्धानकर्ताहरू र विभागमा कार्यरत शिक्षकहरुगरी २० जना सहभागी छन् । तालिममा माटोको परीक्षण गर्ने सिपको विकास गरि सहभागीहरुलाई माटो सम्वन्धी अनुसन्धान गर्ने विधिको वारेमा अभ्यस्त पार्ने उद्देशय रहेको छ ।
कीर्तिपुर स्थित भूगोल केन्द्रीय विभागमा आयोजित तालिमको उद्घाटन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा केदारप्रसाद रिजालले देशका लागि अनुरकणीय व्यक्तित्वहरु विकास गरेको भूगोल विषयको गरिमालाई थप बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले तालिममा सहभागीहरुलाई सिप र क्षमताको विकासगर्दै अनुसन्धानमा केन्द्रीत हुन आग्रह गर्नुभएको थियो । तालिमको अवसरलाई अधिकतम सदुपयोग गरी आफ्नो मिहनेतलाई बढावा दिन र उपलब्ध स्रोत र साधनको सकरात्मक उपयोग गरी क्षमता विकास गर्न सवैलाई अनुरोध गर्नुभएको थियो । आफ्नो सिप, क्षमता र ज्ञानप्रति सधै प्रश्न गर्दै आफूलाई परिस्कृत बनाई अव्बल क्षमता हासिल गर्न सक्ने भन्दै उहाँले विज्ञहरुलाई आफ्नो क्षमतानुसार व्यवहारिक ज्ञान आर्जनमा, तालिममा सहभागीहरुलाई सहयोग गरिदिनुहुन समेत आग्रह गर्नुभएको थियो । कार्यक्रममा विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल प्रा.डा ध्यानेन्द्र बहादुर राईले सहभागीहरुको सक्रियताबाट मात्रै तालिमबाट उपलब्धी हासिल हुन सकिने भन्दै प्रविधिको अधिकतम प्रयोग मार्फत तालिमलाई व्यवस्थित बनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
भूगोल केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा. उमेशकुमार मण्डलले २०१४ मा चाइनिज एकेडेमी अफ साइन्सेसको सहयोगमा “साइनो नेपाल जोइन्ट रिसर्च सेन्टर फर जियोग्राफी” परियोजना अन्तर्गत निर्माण भएको प्रयोगशालामा विभागले पहिलोपटक माटो परिक्षणमा क्षमता विकास तालिम अयोजना गरेको जानकारी दिनुभएको थियो ।
माटो विज्ञ सन्तोष कुमार श्रेष्ठ र वायोमेडिकल इन्जिनियर प्रन्जल पाण्डेले तालिममा विज्ञको रुपमा सहभागी हुनुहुन्छ । तालिम माटोका पिएच मान, टेक्स्चर, पोटासियम फोसफरस, ,नाइट्रोजन, अर्गानीक म्याटर लगायतका १६ विविध पक्षहरुको परिक्षण गर्ने विधिमा केन्द्रीत रहनेछ ।





