• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै, भोलि विश्वासको मत


  •   बुधबार, बैशाख १२, २०८१ मा प्रकाशित
  • सुर्खेत । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् आज विस्तार हुने भएको छ । सत्तारुढ दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बिच मन्त्रालयको भागबण्डामा सहमति जुटेपछि मन्त्रिपरिषद् विस्तार हुन लागेको हो ।

    Advertisement

    बुधबार मन्त्रिपरिषद विस्तार गरेर बिहीबार मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गर्नुभएको छ । मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिने प्रयोजनका लागि मङ्गलबार प्रदेशसभा सचिवालयमा पत्र पठाइसक्नु भएको छ ।

    प्रदेशसभा सचिव जीवराज बुढाथोकीले बिहीबार दिउँसो ३ बजेका लागि विश्वासको मत लिने कार्यतालिका तय गरिएको जानकारी दिनुभयो । गत चैत २७ गते मुख्यमन्त्री नियुक्त हुनुभएका कँडेलले झण्डै तीन हप्तापछि संसद्बाट विश्वासको मत लिन लाग्नुभएको हो ।

    कर्णालीमा सत्तारुढ गठबन्धनको स्पष्ट बहुमत छ । ४० सदस्यीय प्रदेशसभामा सरकारले बहुमत प्राप्त गर्न २१ जना सदस्यको समर्थन आवश्यक पर्छ । गठबन्धनसँग २३ जना सांसद छन् ।

    गठबन्धनका दुई दलबिच मन्त्रालयको भागबण्डा नमिल्दा सरकारले पूर्णता पाउन सकेको छैन । अहिले दुई दलबिचको छलफलपछि मुख्यमन्त्री कँडेलले विश्वासको मत लिनेसम्बन्धी पत्र प्रदेशसभा सचिवालयमा पठाएको नेकपा (माओवादी केन्द्र) संसदीय दलका प्रमुख सचेतक रणसिंह परियारले जानकारी दिनुभयो ।

    ‘मन्त्रालय भागबण्डाको कुराकानी मिलिसक्यो, अब बुधबार सानो आकारको भए पनि सरकार विस्तार हुन्छ’ परियारले भन्नुभयो, ‘बिहीबार मुख्यमन्त्रीले संसदमा विश्वासको मत लिनुहुन्छ ।’

    कर्णालीमा सत्तारुढ गठबन्धनको स्पष्ट बहुमत छ । ४० सदस्यीय प्रदेशसभामा सरकारले बहुमत प्राप्त गर्न २१ जना सदस्यको समर्थन आवश्यक पर्छ । गठबन्धनसँग २३ जना सांसद हुनुहुन्छ । माओवादी केन्द्रका १३ जना, सभामुख बाहेक एमालेको ९ जना र नेकपा (एकीकृत समाजवादी) को १ गरी २३ जना सदस्य गठबन्धनमा छन् ।

    एकीकृत समाजवादी गठबन्धनमा भए पनि कर्णालीमा मन्त्रालय नपाउने देखिएको छ । समाजवादीका एक मात्र प्रदेशसभा सदस्य कल्याणी खड्का प्रदेशसभाको प्रदेश मामिला समितिको सभापति हुनुहुन्छ ।

    यस्तो छ भागबण्डा

    कर्णालीमा अहिले आठवटा मन्त्रालय छन् । एमाले र माओवादीले चार–चार वटा मन्त्रालय लिनेगरी सहमति भएको छ । एमालेले मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पाउने भएको छ ।

    एमालेले सामाजिक विकास मन्त्रालय पनि आफैसँग राख्नेगरी पहल गरेको थियो । तर माओवादीले सामाजिक विकास मन्त्रालय नछाड्ने अडान लिएपछि एमालेले छोडेको हो ।

    माओवादी केन्द्रले महत्वपूर्ण मानिने चारवटा मन्त्रालय पाउने भएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय लिनेगरी सहमति जुटेको बताइएको छ ।

    नयाँ सत्ता समीकरण बनेसँगै कर्णाली प्रदेश सरकारको नेतृत्व गुमाएको माओवादीले महत्वपूर्ण मानिने सबै मन्त्रालयमा दाबी गरेको थियो । जसका कारण मुख्यमन्त्री नियुक्त भएको दुई साता बित्दासम्म मन्त्रिमण्डल विस्तार हुन सकेको छैन । विगतमा माओवादीले सरकारको नेतृत्व गर्दा एमालेले पनि सबै महत्वपूर्ण मन्त्रालय लिएको भन्दै निवर्तमान मुख्यमन्त्री समेत रहनुभएका प्रदेशसभा संसदीय दलका नेता राजकुमार शर्माले अडान राख्नुभएको थियो ।

    बुधबार, बैशाख १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer