• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

मेलाबाटै दुई सय ५० जनालाई जागिर


  •   बिहिबार, बैशाख १३, २०८१ मा प्रकाशित
  • लेखनाथ । गण्डकी प्रदेश सरकार, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा भएको तीन दिने वृत्ति परामर्श तथा रोजगार मेला बुधवार सकिएको छ । बेरोजगार युवा र रोजगारदातालाई जोड्ने उद्देश्यले आयोजित मेलाबाटै दुई सय ४५ जनाले रोजगारी पाएका छन् ।

    Advertisement

    पोखरा महानगरपालिकाका व्यवसाय प्रवर्द्धन केन्द्रमा १३ जना, गण्डकी बहु प्राविधिक शिक्षालयमा एक सय पाँच जना, प्रधानमन्त्री रोजगार कार्यक्रमका ८० जना र आर्थिक विकास महाशाखामा ४७ जनालाई रोजगारी दिइएको हो । बाल विकास सहजकर्ता प्रविना शाही, प्लम्बर विनय अधिकारी, जेटीजेटिए दीपेन्द्र आचार्य, इलेक्ट्रिसियन कृष्ण थापामगर र तथ्याङ्क सङ्कलक रंगिला बास्तोलालाई बुधवार आयोजित मेला समापन समारोहमा नै नियुक्ति पत्र प्रदान गरिएको छ ।

    गण्डकी बहु प्राविधिक शिक्षालयबाट रोजगारी पाएकामध्ये सिभिल इन्जिनियर समीक्षा चापागाईँ र अटोमोवाइल तर्फका दर्शन बराल, प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रोजगारी पाएका ८० जनामध्ये पार्वती नेपाली र आर्थिक विकास महाशाखाबाट रोजगारी पाएका ४७ जनामध्ये कृषि गणक सुन्दर बराल र रेणु रेग्मी तिमिल्सिनाले पनि बुधबारै नियुक्ति पत्र बुझ्नुभयो ।

    गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले रोजगारी पाएकाहरूलाई नियुक्ति पत्र प्रदान गर्नुभएको हो । कार्यक्रममा अनुपस्थित काम पाएका अरूले भने सम्बन्धित कार्यालयबाटै नियुक्ति पत्र पाउने मेलाका प्रचारप्रसार उपसमिति संयोजक अम्बिकाप्रसाद आचार्यले बताउनुभयो ।

    मेलामा ४० क्षेत्रमा एक हजार आठ सय १० जनालाई रोजगारी दिन सकिने भन्दै उद्यमी, व्यवसायीले फारम उपलब्ध गराएका थिए । मेलामा निःशुल्क सीप विकास तालिमका लागि एक सय ४६ जना, रोजगारी खोजकर्ता दुई सय २३ जना र सीप परीक्षणका लागि ४५ ले मात्र फारम भरेका छन् । प्रचारप्रसार उपसमिति संयोजक आचार्य भन्नुहुन्छ, “रोजगारदाताभन्दा रोजगारी खोज्नेको सङ्ख्या कम देखियो ।”

    गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले देश युवाविहीन बन्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । “देश युवाविहीन बन्दै छ । नेपाल आमा छोराछोरी हो देशमै बस, मलाई खनिखोस्री गर, यही देशलाई सम्पन्न र समृद्ध बनाऊ भनी पुकार गर्दै छिन्,” उहाँ भन्नुहुन्छ ।

    पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अवसरको खोजी र बेरोजगारलाई रोजगारी दिलाउने यो मेलालाई निरन्तरता दिइने प्रतिबद्धता गर्नुभयो । मेलामा विभिन्न विषयमा छलफल, नाटक मञ्चनसहित १८ वटा स्टलबाट वृत्ति परामर्श दिइएको पोखरा महानगर व्यवसाय प्रवर्द्धन केन्द्रका प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयो ।

     

     

    बिहिबार, बैशाख १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ३.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: वैशाख २०८३

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      वार्षिक राशिफल: २०८३

    • ७.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer