काठमाडौँ । वीरगन्जमा आयोजित तीन दिवसीय राष्ट्रिय जुनियर बुद्धिचाल प्रतियोगीताको उपाधि १८ वर्ष मुनितर्फ पुरुषोत्तम सिलवालले जित्नुभयो ।
नेपाल बुद्धिचाल महासङ्घको समन्वयमा पर्सा जिल्ला बुद्धिचाल सङ्घ र मुनलाईट माविको संयुक्त आयोजनामा भएको प्रतियोगितामा उमेश भट्ट दोस्रो र शुभम् श्रेष्ठ तेस्रो हुनुभयो । १६ वर्ष मुनीतर्फ अनुष्ण गौतम पहिलो, आद्यन्त काफ्ले दोस्रो र क्षितिज सेन तेस्रो हुनुभयो । १४ वर्ष मुनीतर्फ अनुपजंग शाह पहिलो, कृषान्त घिमिरे दोस्रो र कशिव कार्की तेस्रो हुनुभयो ।
यस्तै १२ वर्ष मुनीतर्फ अबिन पाण्डे पहिलो, ओस्कार पन्थी दोस्रो र सरल मैनाली तेस्रो हुनुभयो । १० वर्ष मुनीतर्फ अग्रिम सैँजु पहिलो, काठमाडौँका हार्दिक पन्त दोस्रो र साहस श्रेष्ठ तेस्रो हुनुभयो । आठ वर्ष मुनीतर्फ सुनभ ओझा पहिलो, आर्थव त्रिपाठी दोस्रो र आगमन ठकुरी तेस्रो हुनुभयो ।
छात्रा १८ वर्ष मुनीतर्फ सनम श्रेष्ठ पहिलो र साक्षी साह दोस्रो हुनुभयो । १६ वर्ष मुनि पुर्णिमा गुरुङ पहिलो, उज्जीवनी कँडेल दोस्रो र बिनिता प्रजापती तेस्रो हुनुभयो । १४ वर्ष मुनीतर्फ स्नेहा कुमारी साह पहिलो र सृष्टि साह दोस्रो हुनुभयो । १२ वर्ष मुनी बिबिशा तामाङ् पहिलो हुनुभयो । १० वर्ष मुनी ईशा गिरीपहिलो,
सिम्रन गुरुङ दोस्रो र कृतिमा तिमिल्सीना तेस्रो हुनुभयो । आठ वर्ष मुनीतर्फ अग्रता आचार्य पहिलो र आर्जु रोकाय दोस्रो हुनुभयो । विजेतालाई नेपाल बुद्धिचाल महासङ्घका महासचिव धर्मबहादुर लामा, केन्द्रीय सदस्य राजु ताम्राकारलगायतले पुरस्कार प्रदान गर्नुभयो ।
विजेताले आगामी जुन ९ देखि २१ सम्म कजाकस्तानमा हुने २७औँ एसियन युथ चेस च्याम्पियनसिपमा भाग लिन पाउने महासङ्घले जनाएको छ । वैशाख १० गतेदेखि सुरु भएको प्रतियोगीतामा नेपालगञ्ज, बुटवल, मोरङ्, काठमाडौँ, भक्तपुर लगायत जिल्लाबाट ७५ जना खेलाडीको सहभागिता रहेको थियो ।




