• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

९ महिनामा ८ लाख धार्मिक पर्यटकले केवलकार हुँदै मनकामना मन्दिर दर्शन गरे


  •   शुक्रबार, बैशाख १४, २०८१ मा प्रकाशित
  • गोरखा । प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा नौ महिनाको अवधिमा केवलकार चढेर ८ लाखभन्दा बढी धार्मिक पर्यटकहरू पुगेका छन् । गएको असारदेखि चैत महिनासम्म मनकामना केवलकार हुँदै ८ लाख २५ हजार धार्मिक पर्यटकहरू मनकामना केवलकार चढेर मनकामना मन्दिरमा पुगेको मनकामना दर्शन प्रालिका नायव महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।

    Advertisement

    तथ्याङ्क अनुसार गतबर्षको सोही अवधिको तुलनामा केवलकार हुँदै मनकामना मन्दिर पुग्ने धार्मिक पर्यटकहरूको संख्या बढेको पाइएको छ । गतबर्ष साउनदेखि असारसम्म केवलकार हुँदै ७ लाख ६० हजार मात्र दर्शनार्थीहरु मनकामना मन्दिर पुगेका थिए । ‘अघिल्लो वर्ष कोरोना संक्रमणका कारण यात्रुको संख्यामा कमी भए पनि अहिले बिस्तारै लयमा फर्किएको छ’, उनले भने, ‘केवलकार चढेर मनकामना मन्दिर पुग्ने दर्शनार्थीको संख्या बढ्दै गएको छ ।’

    मनकामना मन्दिरसम्म पुग्नका लागि मनकामना केबलकारबाट सबैभन्दा छोटो दुरी भएकाले पनि अघिकांस युवायुवती महिला तथा बालबालिका र बृद्वबृद्वाहरु केवलकार चढेर मन्दिरमा पुग्ने गर्दछन् । मनकामना मन्दिर नेपालबाहेक भारतीय तिर्थयात्रीहरुको पनि प्रमुख रोजाइको धार्मिक गन्तव्यको रूपमा चिनिँदै आएको छ ।

    मन्दिरमा पुगेका मध्ये भारतीय तिर्थयात्रीहरु मात्र २ लाख २० हजार भन्दा बढी रहेका छन् । त्यसबाहेक ४ हजार अन्य विदेशी नागरिकहरू पनि केवलकार हुँदै मनकामना मन्दिरमा पुगेको तथ्याङ्क छ । मन्दिरमा पुगेका मध्ये ६ लाख १ हजार नेपाली धार्मिक पर्यटक रहेका छन् । चालु आर्थिक वर्षको असारसम्ममा मनकामना केवलकार हुँदै १२ लाख भन्दा बढी तिर्थयात्रु मनकामना मन्दिर पुग्ने अनुमान गरिएको छ ।

    गत आर्थिक वर्षमा मनकामना केवलकार हुँदै ११ लाख १२ हजार दर्शनार्थी मनकामना मन्दिरमा पुगेका थिए । ‘कोरोना कारण मनकामना मन्दिर आउनेको संख्यामा कमी आएको थियो’, उनले भने, ‘यसबर्ष उक्त संख्या बढेर १२ लाखभन्दा माथि पुग्ने अनुमान गरिएको छ ।’ मन्दिर आउनजानका लागि सहज हुने भएकाले पनि मनकामना मन्दिर पुग्ने तीर्थयात्री र धार्मिक पर्यटकहरू केबलकार चढेर ओहोरदोहोर गर्ने गर्दछन् ।

    मनकामना मन्दिर

    नेपाल एकीकरणको इतिहास, धार्मिक महत्त्व र सामाजिक सद्भावसँग जोडिएको मनकामना मन्दिर गोरखा जिल्लाको पवित्र धार्मिकस्थल हो । मन्दिरमा भाकल गरेपछि मनको इच्छा पुरा हुन्छ भन्ने विश्वास रहेकाले यस मन्दिरको नाम मनकामना मन्दिर राखिएको जनविश्वास रहेको पाइन्छ ।

     

    शुक्रबार, बैशाख १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer