काठमाडौँ । सत्ता र शक्तिको आडमा भ्रस्टचार गर्न माहिर खेलाडी रहेछन् भन्छन् दीपेश पुनलाई, हो उनै पुनलाई सहकारी प्रकरणमा पक्राउ परी धरौटीमा रिहा भएलगत्तै पुन: पक्राउ गरेको छ आज सिआईबीले ।
आज दिउसो रुपन्देही जिल्ला अदालतमा धरौटी रकम बुझाएर तारिखमा रिहा हुनुभएको पुनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) टोलीले रिहा भएलगत्यै नियन्त्रणमा लिएको हो ।
सुन प्रकरणमा समेत उहाँमाथि अनुसन्धान चलिरहेकाले सिआईबीले नियन्त्रणमा लिएको रुपन्देही प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो ।
पुनलाई वैशाख ७ गते रुपन्देही जिल्ला अदालतबाट ४ लाख रूपैयाँ धरौटीमा छोड्ने आदेश दिएपनि धरौटी रकम जम्मा नगरेकाले कारागारमै रहदै आएकामा, धरौटी रकम बुझाई आज रिहा भएपनि सुन प्रकरणमा अनुसन्धान जारी रहेको भन्दै सिआइबीले तत्कालै पक्राउ गरेको हो ।
पुन रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका थिए । पुन पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन् ।




