• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

डोल्पामा जेठ १० देखि यार्सा संकलन खुलाइने


  •   शुक्रबार, बैशाख १४, २०८१ मा प्रकाशित
  • डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गते देखि औपचारीक रुपमा यार्सागुम्बा पाटन खुला गर्ने निर्णय गरिएको छ । जिल्ला सदरमुकाम दुनैमा बसेको सरोकारवालाहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

    Advertisement

    जिल्लामा रहेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको क्षेत्र र डिभिजन वनको क्षेत्रमा पर्ने सम्पुर्ण यार्सागुम्बा पाटनहरुमा जेठ १० गते देखि पाटन खुला गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तुलसिप्रसाद दाहालले बताउनुभयो ।

    बैठकबाट यार्सा खुला गर्ने मिति तोक्नुका साथै पाटनमा सुरक्षाकर्मी परिचालनदेखि स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय समेत भएको उहाँले बताउनुभयो । प्रत्येक बर्ष डोल्पाका उच्च हिमाली क्षेत्रमा रहेका यार्सा पाटनहरुमा बिसौं हजार सर्वसाधारणहरु यार्सागुम्बाको खोजीका लागि पुग्ने गर्दछन् ।

    यार्सागुम्बा टिप्न पाटन प्रवेशका लागि तीन प्रकारका प्रवेश अनुमति-पत्रको व्यवस्था निकुञ्जको नियमावलीमा गरिएको छ । जसअनुसार मध्यवर्ती क्षेत्रभित्रका बासिन्दालाई एक हजार, डोल्पा जिल्ला भित्रका बासिन्दालाई दुई हजार र जिल्ला बाहिरकालाई तीन हजार तोकिएको छ ।

    सरोकारवालाको बैठकले १० जेठमा पाटन खुला गर्ने निर्णय गरेपनि निकुञ्ज र वन क्षेत्रका यार्सापाटनहरुमा लुकिछिपि अवैध रुपमा गएका मान्छेहरु भरिभराउ भएका छन् ।

    प्रत्येक बर्ष यार्सा सिजनमा चिसो, लेक लागेर र भिरबाट लडेर ज्यान गुमाउने गरेका छन् । डोल्पामा यार्चाको व्यवसायिक रुपमा संकलन सुरु २०४० साल देखि भएको हो । २०७५ साल देखि यता १२ जना यार्सा संकलकले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

    अघिल्लो बर्षमात्रै छोडपुर्जी र संकलन इजाजत बितरणबाट वितरणबाट निकुञ्जले दुई करोड तीन लाख राजश्व संकलन गरेको थियो ।

    संकलकबाट बर्षेनी लाखौँ राजश्व उठाएपनि संकलकको स्वास्थ्य बिमा भने गरिंदैन । निकुञ्जले यार्चा टिप्नेबाट राजश्वमात्र लिने र जोखिमको ग्यारेन्टी नगर्नाले सर्वसाधारण मर्कामा परेको त्रिपुरासुन्दरी मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष चन्द्रमान सार्कीले बताउनुभयो ।

    डोल्पामा यार्सागुम्बा संकलन र निकासीबाट ३ करोडभन्दा बढी राजश्व संकलन भएको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुलिगाडका संरक्षण अधिकृत लालबहादुर भण्डारीका अनुसार आर्थिक वर्ष ०७९/०८० मा यार्सा संकलकबाट प्रवेश शुल्कवापत ८६ लाख ७७ हजार पाँच सय र २ सय ४० केजी यार्सागुम्बाको छोडपुर्जीबाट ७४ लाख ६३ हजार ४७० गरी १ करोड ६१ लाख ४० हजार ९७० रुपैयाँ राजस्व उठेको हो।

    यता मनाङ्ग जिल्लामा भने यहि वैशाख १० गतेबाट सङ्कलन सुरु भईसकेको छ ।

    शुक्रबार, बैशाख १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer