काठमाडौं । नाग्म गमगढी सडकअन्तर्गत जुम्लाको कनकासुन्दरी गाउँपालिका –७ रोकायाबाडा देखि बोता हुँदै मुगु पुग्ने सडककाे कालोपत्रे थालिएको छ।
Advertisement
३५ करोडको लागतमा रोकायाबाडा देखि बोता हुँदै मुगु पुग्ने साढे ६ किलोमिटर सडककाे कालोपत्रे सुरु भएकाे हाे।
चालु आवमा साढे ६ किलोमिटर बाटो पिच गर्ने लक्ष्य रहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दिपेन्द विष्टले जानकारी दिए। उनका अनुसार सडकखण्डमा पानी व्यवस्थापन गर्न नाला बनाउने तथा सडक फराकिलो पारिँदै लैजाने योजना अनुरुप काम अघि बढेको छ।
हालसम्म साे कार्य ७० प्रतिशत पूरा भइसकेको उनले जानकारी दिए। कर्णाली राजमार्ग अन्तर्गतका दैलेख, कालीकाेट जुम्ला र मुगु खण्डमा सडक मर्मत कार्य चलिरहेको कार्यालय प्रमुख विष्टकाे भनाइ छ।




