• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

डीआईजी बढुवामा वरीयता मिच्न गृहमन्त्रीको दबाब


  •   सोमबार, बैशाख १७, २०८१ मा प्रकाशित
  • काठमाडौं । नेपाल प्रहरीमा रिक्त भएका तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा जुनियरलाई बढुवा गर्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले दबाब दिएका छन्। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरकै ब्याचीहरू अहिले पनि एसएसपी नै छन्। तर उनीहरूलाई छुटाएर दुई वर्ष जुनियर एसएसपीलाई बढुवा गर्न गृहमन्त्रीले चासो दिएका हुन्।

    Advertisement

    नेपाल प्रहरीमा हाल तीन डीआईजीको दरबन्दी रिक्त छ। डीआईजी विकासराज खनाल अनिवार्य अवकासमा गएका छन्। डीआईजी उमेशराज जोशी र भीमप्रसाद ढकाल अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएपछि रिक्त डीआईजीको संख्या तीन पुगेको हो।

    नेपाल प्रहरीमा ५७ जना एसएसपी कार्यरत छन्। तीमध्ये केही आईजीपी कुँवरभन्दा पहिले प्रहरी सेवामा प्रवेश गरेकाहरू छन्। तर उनीहरूमध्ये केही सुरुमा प्रहरी सहायक निरीक्षकमा भर्ना भएर पछि निरीक्षकमा नाम निकालेकाहरू हुन्।

    प्रहरी महानिरीक्षक कुँवरकै ब्याची एसएसपीमा कार्यरत रहे पनि अब हुने बढुवामा उनीहरूलाई छुटाउन गृहमन्त्री लामिछानेले दबाब दिइरहेको प्रहरी उच्च स्रोतको दाबी छ।

    प्रहरी महानिरीक्षक कुँवर सिनियरलाई नै बढुवा गर्न चाहन्छन् भने लामिछाने भने ‘स्मार्ट’ र लामो कार्यकाल भएका अधिकृतलाई अगाडि बढाउनुपर्ने भन्दै दुई वर्ष जुनियरलाई बढुवा गर्न दबाब दिइरहेका छन्।

    यी सिनियर एसएसपीलाई पन्छाउने खेल
    हाल कार्यरत ५७ एसएसपीमा चार जना सिनियर छन्, कृष्णहरि शर्मा पोखरेल, ध्रुवराज राउत, भोलाबहादुर रावल र गणेश चन्द।

    अहिले भएका एसएसपीमा सबैभन्दा अगाडि छन्, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख एसएसपी कृष्णहरि शर्मा पोखरेल। उनी २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षकमा भर्ना भएका हुन्।

    २०६४ साउन १ गते डीएसपीमा बढुवा भएका शर्मा २०७२ फागुन १९ गते नै एसपी भएका थिए। तर एसएसपीमा उनी पछि परे र २०७७ माघ ८ गते मात्र यस पदमा पुगे।
    ब्याचीहरूमा पछि परे पनि हाल उनी सबैभन्दा अगाडि छन्, जो आगामी भदौ १५ गते अवकास हुनेछन्। उनलाई डीआईजीमा बढुवा गर्ने निश्चित छैन।

    ध्रुवराज राउत २०५१ चैत ५ गते हालका प्रहरी महानिरीक्षक कुँवरकै ब्याची हुन्। तर उनी एसपीबाटै पछि परे। २०६४ साउन १ गते डीएसपी भएका उनी अरूभन्दा एक वर्षपछि २०७३ पुस १३ मा मात्रै एसपीमा बढुवा भए।

    २०७८ मंसिर ६ गते एसएसपी भएका राउत डीआईजी बढुवाका प्रबल दाबेदार हुन्। ३० वर्षे सेवा अवधिका कारण उनी २०८१ चैत ५ गते अवकास हुनेछन्।

    तेस्रो नम्बरमा छन्, भोलाबहादुर रावल। उनले पनि २०५१ चैत ५ गते प्रहरी निरीषकका रूपमा सेवा प्रवेश गरेका हुन्। अहिलेका एसएसपीहरूलाई उनले डीएसपी बढुवामा पछि पारेका थिए। उनी २०६३ भदौ ८ गते नै डीएसपी भइसकेका थिए।

    एसपीमा उनी कृष्णहरि शर्मा पोखरेलसँगै २०७२ फागुन १९ मा बढुवा भए। विभिन्न कारबाहीमा परेका उनी एसएसपीमा भने छुटे र एक वर्षपछि २०७८ मंसिर ६ गते बढुवा भए।

    रावल २०८१ माघ १२ गते अनिवार्य अवकासमा जानेछन्।

    बढुवामा सुरुबाटै पछि पारिएका एसएसपी हुन्, गणेश चन्द। उनका ब्याचीहरू सबै अहिले पनि डीआईजीदेखि आईजीपीसम्म छन्। तर, उनलाई भने एसएसपीमा बढुवा हुन पनि निकै कठिन भयो।

    चन्द २०६४ पुस ३० गते डीएसपीमा बढुवा भएका थिए। एसपी बढुवा हुँदा पनि उनी ब्याचीबाट छुटे। २०७४ साउन १९ गते एसपी बनेका चन्द एसएसपी भने २०७९ साउन ३ मा मात्रै बने। उनी आगामी मंसिर २५ गते अनिवार्य अवकासमा जानेछन्।

    प्रहरी महानिरीक्षक कुँवर फ्रान्स जानु (वैशाख १०) अघि नै गृहमन्त्रीले यी चार जनामध्ये एकलाई बढुवा गर्न र बाँकी दुई जना पछिल्लो ब्याचबाट ल्याउन दबाब दिएको स्रोतले बताएको छ।

    लामिछानेको रोजाइ कार्की र केसी

    गृहमन्त्री रवि लामिछानेले एसएसपी दानबहादुर कार्की र मनोजकुमार केसीलाई अगाडि ल्याउन चाहेका छन्। उनीहरू दुवै जना २०५४ चैत १८ गते प्रहरी निरीक्षकमा भर्ना भएका हुन्।
    आफ्नो ब्याचबाट उनीहरूलाई प्रहरी महानिरीक्षकका दाबेदारका रूपमा हेरिएको छ।

    गृहमन्त्री लामिछानेले प्रहरीमा पालो पर्खेर बसेकालाई ‘फाइल बढुवा’ मात्र गर्ने प्रथा अन्त्य गर्नुपर्ने तर्क गर्दै ‘स्मार्ट’ अधिकृतलाई अगाडि ल्याउनुपर्ने भनिरहेका छन्।

    लामिछानेको प्रयास सफल भएमा तीनवटा टोलीलाई पछि पार्दै कार्की र केसी अगाडि आउनेछन्। किनभने, उनीहरूभन्दा अगाडि २०५१, २०५२ र २०५३ का ब्याची छन्।

    २०५३ को ब्याचबाट उनीहरूसँगै पहिलो नम्बरमा एसएसपी भएका थिए, सिद्धिविक्रम शाह। शाह केही अघिसम्म ललितपुर प्रहरी प्रमुख थिए। ललितपुरको बालकुमारीमा भएको दंगा नियन्त्रणका क्रममा दुई युवकको ज्यान गएपछि उनलाई त्यहाँबाट सरुवा गरिएको थियो।

    सोही ब्याचका सुशीलसिंह राठौर र उमाप्रसाद चतुर्वेदी पनि एसएसपीमा अगाडि छन्। त्यसपछि मात्र कार्की र केसी एसएसपी भएका थिए।
    एसएसपी कार्की २०८४ साउन १५ र केसी २०८४ चैत १८ गतेसम्म अहिलेकै व्यवस्थामा सेवामा रहनेछन्। उनीहरूभन्दा अघिल्लो वरीयतामा रहेका सबै एसएसपी त्यसअघि नै अवकास भइसक्नेछन्।

    यसअघि कार्की काठमाडौँ जिल्ला प्रहरी प्रमुख थिए भने केसी उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख थिए। बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणलाई अदालतमा टेकाउने काम उनीहरूकै अग्रसरतामा भएको थियो।

    त्यसो त उनीहरूकै पालामा गृहमन्त्री लामिछानेको नागरिकता र राहदानीको अनुसन्धान टुंग्याइएको थियो। राहदानीको विषयमा अनुसन्धान गरी कारबाही गर्न उजुरी पर्दा काठमाडौं प्रहरीले लामिछानेमाथि उक्त कसुरमा मुद्दा नचलाउने निर्णय गरेको थियो।

    अनुसन्धानमा अब्बल नै भए पनि फौजमा सिनियरलाई पछि पार्दा राम्रो नहुने भन्दै प्रहरी उच्च अधिकारीहरू असन्तुष्ट बनेका छन्।

    यसअघिका गृहमन्त्री नारायणकाजी श्रेष्ठले कार्की र केसीलाई अवधि नपुग्दै हटाएर काठमाडौँमा भूपेन्द्र खत्री र अपराध अनुसन्धान कार्यालयमा सोमेन्द्रसिंह राठौरलाई पठाएका थिए। गृहमन्त्री लामिछानेले एसएसपी राठौर र खत्रीलाई पनि पूरा अवधि काम गर्न दिएनन्।

    नेपाल प्रहरीका विभिन्न एकाई इन्चार्जहरू सामान्यतः एक वर्षमा मात्रै सरुवा गर्र्ने गरिएको छ। तर, उनीहरूलाई ८ महिनामै सरुवा गरिएको छ। प्रहरी महानिरीक्षक विदेशमा भएको बेला लामिछानेले काठमाडौँमा वसन्त रजौरे र अपराध अनुसन्धान कार्यालयमा सानुराम भट्टराईलाई सरुवा गरेर पठाएका छन्।

    लामिछानेले तराईँका जिल्लामा डेढ महिनामा नै जिल्ला प्रहरी प्रमुखहरूलाई सरुवा गरेका थिए। यस्तै उनले एसपी र डीएसपी बढुवा गर्दा पनि विवादित निर्णय गरेका छन्।(नेपालखबर)

    सोमबार, बैशाख १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer