• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, भदौ ०७, २०८३
☰
आइतबार, भदौ ०७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

नौ करोड ८३ लाखमा गुम्बा पुनर्निर्माण


  •   सोमबार, बैशाख १७, २०८१ मा प्रकाशित
  • सिन्धुपाल्चोक । भारतीय सरकारको नौ करोड ८३ लाख अनुदान सहयोगमा भोटेकोशी गाउँपालिका–१ लिस्तिकोटको चार सय वर्ष पूरानो ज्याङ्तेर लिस्ती पावो गुम्बा पुनर्निर्माण हुन थालेको छ । लिस्तिकोट चीनको स्वशासित क्षेत्र तिब्बतको सीमा गाउँ हो ।

    Advertisement

    विंस. २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले ध्वस्त उक्त गुम्बा भारत सरकारको पुनर्निर्माण अनुदान परियोजनाअन्तर्गत प्राप्त आर्थिक सहयोगबाट पुनर्निर्माण सुरु भएको हो ।

    भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङनृर्पु शेर्पा, शहरी बिकास तथा भवन आयोजनाका केन्द्रीय आयोजना कार्यान्वय इकाई निर्देशक प्रमुख कोषनाथ अधिकारी, नेपालस्थित भारतीय दूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोनाले संयुक्त रुपमा शिलान्यास गर्नुभएको थियो । ०८२ फागुनभित्र गुम्बा पुनर्निर्माण सक्ने लक्ष्य लिइएको छ ।

    नेपाली कांगे्रसका जिल्ला उपसभापति दोर्जे लामाको नेतृत्वमा भूकम्प अघि दुई करोड चन्दा सहयोग जुटाएर उक्त गुम्बा निर्माण गरिएको थियो । पुरातात्विक महत्त्वको उक्त गुम्बा पुनर्निर्माणका लागि दाताको खोजी भएको थियो । गुम्बा पुनर्निर्माणका लागि भारतीय सरकारले अनुदान दिएपछि स्थानीयमा हर्ष छाएको थियो । समाजसेवी समेत रहनुभएका दोर्जेको पहलमा उक्त ठाँउमा दर्जनौ गुम्बा पुनर्निमार्ण भएका छन् ।

    वडा अध्यक्ष राजु लामाका अनुसार उक्त वडाका अधिकाशं मानिसहरु बौद्ध धर्ममा आस्था राख्छन् । सोही वडाको छगाममा १९६० मा स्थापना भएको आनी गुम्बा (सेंग्डक बखाङ धोन्दुप धिङ गोन्पा) छ । त्यस आनी गुम्बामा एक सय २० तिब्बती शरणर्थी आनी र ३६ नेपाली आनी ध्यान गरेर बसेका छन् । स्थापनादेखि हालसम्म हजारौं आनीले उक्त गुम्बामै ध्यान गरेर जीवन बिताएको वडा अध्यक्ष राजुले जानकारी दिनुभयो ।

    भूकम्पपछि भारत सरकारले नेपालका सम्पदा पुनर्निर्माणका लागि ५० मिलियन अमेरिकी डलर अनुदानको घोषणा गरेको थियो । सोही घोषणानुसार उक्त गुम्बा पुनर्निर्माणका लागि अनुदान सहयोग प्राप्त भएको हो । शिलान्यास कार्यक्रममा भारतीय दूतावासका द्वितीय सचिव सोनाले भारत र नेपालको धार्मिक र सांस्कृति पक्षमा समानता रहेकोले नेपाललाई शिक्षा, स्वास्थ्य लगायतमा सहयोग पु¥याउदैं आएको बताउनु भएको छ । भारत र नेपाल एक अर्काको सहयोगी पनि भएको उहाँले बताउनुभयो । भारतीय सरकारलाई लिस्तिकोटबासी, जनप्रतिनिधि, दलका नेता कार्यकर्ताले धन्यवाद प्रकट गरेका छन् ।

    सिन्धुपाल्चोकमा भूकम्पपछि हेलम्बु गाउँपालिका, पाँचपोखरी थाङपाल गापा, लिसंखुपाखर गापा, इनद्रावती गापाका गुम्बाहरु पुनर्निर्माणले गति लिएको छ । शहरी बिकास तथा भवन आयोजनाको केन्द्रीय आयोजना कार्यान्वय इकाईले सिन्धुपाल्चोकमा सात वटा गुम्बा पुनर्निर्माण गर्न लागेको छ । गुम्बै गुम्बाको शहरको रुपमा परिचित हेलम्बु गापाका गुम्बाहरु पुनर्निर्माणको पर्खाइमा छन् । सो गापाको ५२ वटा गुम्बामा ४३ वटा भूकम्पले ध्वस्त बनाएको थियो । त्यसमा अधिकाशं गुम्बा अलपत्र अवस्थामा छन् । पाँचपोखरी थाङपाल गापामा ३९ वटा गुम्बा ध्वस्त रहेको सो पालिकाले जनाएको छ । त्यस गापामा एक सय वर्ष नाघेका १७ वटा गुम्बा छन् । क्षतिग्रस्त गुम्बा मध्ये पाँच वटा गुम्बा पुनर्निर्माण भएका छन् । इन्द्रावती गापामा एक वटा गुम्बा पुनर्निर्माण भएका छन् भने लिसंखुपाखरमा गुम्बा पुनर्निर्माण भएका छैनन् ।

    सोमबार, बैशाख १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer