• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

यसरी गर्ने च्याउखेतीमा प्रविधिको प्रयोग


  •   सोमबार, बैशाख १७, २०८१ मा प्रकाशित
  • गण्डकी । पोखरा महानगरपालिका–११ मा धु्रवबहादुर थापाले काहुँ सिस्नेरी एग्रो फर्म सञ्चालन गर्नुभएको केही समय मात्रै भयो । विगतमा खाद्यान्न आपूर्तिको काम गर्ने उहाँले व्यावसायिक च्याउखेतीप्रतिको आकर्षण भने कोरोना कहरको समयदेखि सुरु गर्नुभएको हो ।

    Advertisement

    कोरोनाकालीन समयमा आएको व्यावसायिक च्याउखेतीको सोचलाई व्यवहारमा नै उतार्नुभएका थापाले २०७४ देखि नै त्यसका लागि अध्ययन एवं अन्य प्रक्रियागत काम सुरु गर्नुभएको थियो ।

    उहाँले चिस्यानसहितको आधुनिक प्रविधियुक्त टनेलमा हाल च्याउखेती गरिरहनुभएको छ । यसका लागि चीनबाट सामान ल्याउनुभएको छ । विसं २०७७ फागुनमा निर्माणका काम सकेपछि च्याउखेती थालिएको र चिस्यानसहितको हाइटेक प्रविधिको टनेल तयार गर्न करिब रु ५० लाख खर्च भएको उहाँको भनाइ छ ।

    थापाले उत्पादन राम्रो हुँदाका अवस्थामा दैनिक करिब पाँच सय किलोग्रामसम्म गोब्रे च्याउ टिप्दै आउनुभएको छ । कन्ये च्याउ सामान्य टहरामा उत्पादन गर्न सकिए पनि गोब्रे च्याउ भने हाइटेक प्रविधि जडित टनेलभित्र नै गर्नुपर्ने उहाँको अनुुभव छ । आफूले उत्पादन गरिरहेको च्याउको खपत पोखरामा नै हुने गरेको उहाँले सुनाउनुभयो ।

    टनेलबाट यस याममा तीन हजार किलोग्राम च्याउ उत्पादन भइसकेको जानकारी दिँदै उहाँले थप एक हजार किलोग्राम उत्पादन हुने अनुमान गरिएको बताउनुुभयो । उहाँले च्याउ रु दुई सय ७० मा बिक्री गर्दै आउनुभएको छ । खुद्रा बजारमा भने रु तीन सयदेखि तीन सय २५ सम्म च्याउ बिक्री भइरहेको उहाँको भनाइ छ ।

    थापाको च्याउखेती फर्ममा हाल तीन जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने थप पाँच जनाले आवश्यकताअनुसार रोजगारी पाइरहेका छन् । च्याउ टिप्ने बेलाका समयमा भने १२÷१३ जना कर्मचारीलाई प्रतिघण्टाका आधारमा पनि काममा लगाइने उहाँले जानकारी दिनुुभयो ।

    महानगरपालिकाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत च्याउ पकेट कार्यक्रमका लागि गत आर्थिक वर्षमा थापासहित तीन जना च्याउ उत्पादक कृषक रकम उपलब्ध गराइएको थियो । जसमा संरचना निर्माण, मल, बीउलगायतका लागि ५० प्रतिशत अनुदानस्वरुप रु १२ लाख उपलब्ध गराएको थियो । चालु आर्थिक वर्षमा उक्त कार्यक्रमको निरन्तरता दिँदै थापाको काहुँ सिस्नेरी एग्रो फर्मलाई ५० प्रतिशत अनुदानस्वरुप रु छ लाख उपलब्ध गराइएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिनुुभयो ।

    च्याउका फाइदा ?

    बहुपोषणयुक्त च्याउमा ३५ प्रतिशत प्रोटिन पाइन्छ भने क्यालोरी तथा चिल्लो पदार्थको मात्रा कम हुन्छ । यसमा एर्गो थियोनिन भन्ने तत्व हुन्छ जसले चाउरीपना हटाउनुुका साथै छालाको सुरक्षा गर्दछ । यसमा एन्टी अक्सिडेन्ट प्रशस्तमात्रामा पाइन्छ ।

    रोग प्रतिरोधात्मक क्षमता हुने च्याउमा भिटामिन डि प्राप्त हुन्छ भने निकै कममात्रामा कार्बोहाइड्रेड हुन्छ । नियमितरुपमा च्याउ खानाले उच्च रक्तचाप, सुुगरआदिको नियन्त्रण गर्न मद्दत पुुग्दछ भने क्यान्सरको जोखिम कम गर्नुका साथै तौल घटाउन पनि उपयोगी मानिन्छ ।

    महानगरको सहयोग

    पोखरा महानगरपालिका कृषि महाशाखाले व्यावसायिक कृषिमा क्रियाशील कृषकलाई केही न केहीरुपमा सहयोग गरिरहेको महाशाखा प्रमुख मनोहर कडरिया बताउनुहुन्छ । पोखरा पर्यटकीय क्षेत्र भएका कारण यहाँ च्याउको खपत राम्रै हुने उहाँको भनाइ छ । च्याउको माग पनि बढ्दो भएकाले यसको विविधीकरण गर्नुपर्छ भन्ने महानगरको सोच रहेको उहाँले बताउनुुभयो ।

    उहाँका अनुसार मूल्यका दृष्टिले सीताके च्याउ सबैभन्दा महंगो पर्छ भने गोब्रे र कन्ये च्याउ त्योभन्दा सस्तोमा पाइन्छ । किसानले राम्रो मूल्य पाउनुका साथै उपभोक्ताले फरक स्वाद पाउन सकुन् भन्ने सोचका साथ च्याउको विविधीकरणलाई आफूहरूले जोड दिएको उहाँको भनाइ छ ।

    सुरुमा कन्ये च्याउको उत्पादन राम्रो भएको बताउँदै उहाँले उक्त च्याउ भने प्लाष्टिकका टनेलमासमेत उत्पादन गर्न सकिने जानकारी दिनुुभयो । महानगरपालिकाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको च्याउ पकेट कार्यक्रमबाट काहुँ सिस्नेरी एग्रो फर्मलाई सहयोग गरेको उहाँले बताउनुुभयो ।

    उहाँका अनुसार महानगरपालिकाले च्याउ उत्पादक कृषकको हितलाई दृष्टिगत गर्दै कन्ये च्याउका लागि रु एक सय ३० र गोब्रे च्याउका लागि दुई सय ६० न्यूनतम समर्थन मूल्य पनि तोकिसकेको छ ।

     

    सोमबार, बैशाख १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ३.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: वैशाख २०८३

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      वार्षिक राशिफल: २०८३

    • ७.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer