• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

बेलहिया नाकाबाट नेपाल भित्रिने पर्यटकको सङ्ख्या वृद्धि


  •   सोमबार, बैशाख १७, २०८१ मा प्रकाशित
  • भैरहवा । रुपन्देहीको बेलहिया हुँदै नेपाल भित्रिने पर्यटकको सङ्ख्या वृद्धि भएको छ । पछिल्लो समय यो नाका हुँदै पर्यटक आउने क्रम बढ्दै गएको हो । स्थलमार्गबाट आउने भारतीय पर्यटकको तथ्याङ्क भने राख्ने गरिएको छैन । पर्यटन व्यवसायी एवं सोसाइटी अफ टुर एन्ड ट्राभल अपरेटर (सोट्टो) नेपालका लुम्बिनी प्रदेश अध्यक्ष श्रीचन्द गुप्ताका अनुसार भारतीय पर्यटकको आवागमन पनि पछिल्लो समय बाक्लिएको छ ।

    Advertisement

    बेलहिया नाका नेपालमा स्थलमार्गबाट सबैभन्दा बढी पर्यटक भित्रिने नाका हो । राहदानी प्रयोग गर्ने विदेशी पर्यटक सबैभन्दा बढी यही नाका हुँदै आउने गर्छन् । यो नाका हुँदै आउने भारतीयको कुनै तथ्याङ्क नराखिएकाले यति भारतीय नेपालमा आए भन्न सकिँदैन तर पछिल्लो तीन महिनामा ५० हजारभन्दा बढी भारतीय यो नाका हुँदै नेपालका विभिन्न स्थानमा घुम्न गएको पर्यटन व्यवसायीको अनुमान छ ।

    अध्यागमन कार्यालय बेलहियाका सूचना अधिकारी पुकार श्रेष्ठका अनुसार कोरोना सङ्क्रमणपछि रोकिएको पर्यटक आगमन बिस्तारै लयमा फर्कंदै गएको छ ।

    कोरोना सङ्क्रमणपछि सुस्ताएको पर्यटक आगमनदर बिस्तारै वृद्धि हुँदै गएको छ । सूचना अधिकारी श्रेष्ठका अनुसार सन् २०२४ को फेब्रुअरीमा यो नाका हुँदै १४ हजार १२५ विदेशी पर्यटक नेपाल भ्रमणमा आएकामा मार्चमा यो सङ्ख्या वृद्धि भई १७ हजार २१४ पुगेको छ ।

    उहाँका अनुसार यो नाका हुँदै जनवरी, फेब्रुअरी र मार्चमा सबैभन्दा बढी पर्यटक थाइल्यान्डबाट ११ हजार ६६८ जना आएका छन् भने श्रीलङ्काका आठ हजार ९८६, म्यान्मारका छ हजार ९१५, दक्षिण कोरियाका दुई हजार १५५, भियतनामका दुई हजार ४१९ लगायत विभिन्न १२० भन्दा बढी मुलुकका पर्यटक स्थलमार्ग बेलहिया नाका हुँदै नेपाल घुम्न आएका छन् ।

    लुम्बिनी विकास कोषका अनुसार २०२४ को पहिलो तीन महिनामा ४२ हजार ४७४ विदेशी नागरिकले लुम्बिनी भ्रमण गरेका छन् । यति धेरै विदेशी र भारतीय पर्यटक लुम्बिनी घुम्न पुगे पनि उनीहरूको बसाइ अवधि मुस्किलले एक रातको र त्यसमा पनि लुम्बिनीभित्रका विहारमा पर्यटक बस्दा लुम्बिनी क्षेत्रको पर्यटन व्यवसायले अपेक्षाकृत फाइदा लिन नसकेको लुम्बिनी होटल सङ्घका अध्यक्ष गोविन्द ज्ञवालीले बताउनुभयो ।

    लुम्बिनी विकास कोषले गएको तीन महिनामा मात्रै लुम्बिनी भ्रमण गर्ने भारतीय पर्यटकको सङ्ख्या ७० हजारभन्दा बढी भएको जनाएको छ । कोषका सूचना अधिकृत हरिध्वज राईका अनुसार सन् २०२४ को जनवरीमा १९ हजार ३६, फेब्रुअरीमा २० हजार ४८९ र मार्चमा ३० हजार ६७० जना भारतीय पर्यटकले लुम्बिनीलाई आफ्नो भ्रमण गन्तव्य बनाएका छन् । सिद्धार्थ होटल सङ्घका अध्यक्ष एवं हानका केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठ (सिपी) का अनुसार स्थलमार्गबाट आउने भारतीय पर्यटकको मुख्य भ्रमण गन्तव्य बुद्ध जन्मस्थल लुम्बिनी, पोखरा, मुक्तिनाथ, काठमाडौँ, चितवन, पाल्पा हो । धेरै भारतीय क्यासिनोमा रमाउन भैरहवा र वरपर आउने गरेका छन् ।

    श्रेष्ठले भन्नुभयो, “स्थलमार्ग हुँदै नेपाल भ्रमणमा आउने भारतीय पर्यटकलाई नेपालमा यात्रा सहज गराउने, बाटो बाटोमा चेकजाँचका नाममा दुःख नदिई भन्सार बिन्दुमै सबै काम र चेकजाँच गरी अन्यत्र चेक गर्न नपर्ने जस्ता काम भए भारतीय पर्यटक अझ बढी आउँछन् ।”

    सोमबार, बैशाख १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer