• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, भदौ ०८, २०८३
☰
सोमबार, भदौ ०८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

नागार्जुनमा निःशुल्क शिक्षा


  •   सोमबार, बैशाख १७, २०८१ मा प्रकाशित
  • काठमाडौँ । नागार्जुन नगरपालिकाले चालु शैक्षिक सत्रदेखि नगरभित्रका सबै सामुदायिक विद्यालयको शिक्षा निःशुल्क गरेको छ ।

    Advertisement

    नेपालको संविधानले कक्षा १ देखि ८ सम्म आधारभूत तहको शिक्षा अनिवार्य र निःशुल्क भनेको छ भने माध्यमिक तहको शिक्षा निःशुल्क भनिए पनि सबैजसो सामुदायिक विद्यालयले विभिन्न शीर्षकमा अभिभावकसँग शुल्क लिँदै आएका छन् ।

    नागार्जुन नगरपालिकाले भने विद्यालयले अभिभावकसँग असुल्ने विभिन्न शीर्षकको रकम विद्यालयलाई अनुदान प्रदान गरी नगरभित्रका सामुदायिक विद्यालयका शिक्षा निःशुल्क रूपमा प्रदान गर्न लागिएको जनाएको छ । नगरपालिकाभित्र १९ वटा सामुदायिक विद्यालय छन् ।

    नागार्जुन नगरपालिका प्रमुख मोहनबहादुर बस्नेतले चालु शैक्षिक सत्रदेखि नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयलाई कार्यविधि बनाई आर्थिक अनुदान दिएर निःशुल्क शिक्षा गरिएको बताउनुभयो । कक्षा ११ र १२ को शिक्षा महँगो भएकाले निःशुल्क गर्न नसकिएको नगरपालिकाले जनाएको छ ।

    उहाँका अनुसार नगरपालिकाले विद्यालयका सबै प्रधानाध्यापकसँग छलफल गर्दा विद्यार्थीसँग शुल्क नलिईकन विद्यालय चलाउनै समस्या भएको बताएपछि नगरपालिकाले सामुदायिक विद्यालयलाई अनुदान रकम प्रदान गरेको हो ।

    नगरपालिकाले एउटा विद्यालयलाई न्यूनतम १० लाखदेखि अधिकतम २८ लाख रुपियाँसम्म अनुदान प्रदान गरेको छ । विद्यालयको कक्षा ८ र एसइईको नतिजा, विद्यार्थीले हासिल गरेको ग्रेड र विद्यालयको आन्तरिक आम्दानीलगायत मापदण्डका आधारमा नगरपालिकाले विद्यालयलाई अनुदान प्रदान गरेको हो । नगरपालिकाले सबै विद्यालयलाई गरी चालु आर्थिक वर्ष २०८०/८१ मा दुई करोड ५१ लाख रुपियाँ विद्यालयको खातामा पठाइसकेको छ ।

    नगर प्रमुख बस्नेतले भन्नुभयो, “सामुदायिक विद्यालयमा पर्याप्त दरबन्दी छैन । खर्च पनि पर्याप्त छैन । विद्यार्थीसँग रकम पनि नउठाउनू भनेर भन्दा न्यायोचित नहुने भएकाले नगरपालिकाले विद्यालयलाई अनुदान दिएर निःशुल्क पठनपाठन व्यवस्था मिलाइएको हो ।”

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारीले चालु शैक्षिक सत्रदेखि नै सामुदायिक विद्यालयमा पठनपाठन गर्ने कुनै पनि विद्यार्थीले शुल्क तिर्नु पर्दैन भनेर सबै विद्यालयको प्रवेशद्वारमै लेखेर निःशुल्क शिक्षा अभियान चलाइएको बताउनुभयो ।

    नगरपालिकाको शिक्षा तथा सामाजिक शाखा प्रमुख एवं उपसचिव कृष्णबहादुर कुँवरले नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटमा विद्यालय शिक्षा निःशुल्क गर्ने व्यवस्था गरेर नगरपालिकाले चालु शैक्षिक सत्रदेखि विद्यालय तहको शिक्षा निःशुल्क गरिएको बताउनुभयो । अहिले भर्ना अभियान सञ्चालन भइरहेकाले निःशुल्क शिक्षा अभियानले विद्यालयको शैक्षिक गुणस्तर वृद्वि भई विद्यार्थी सङ्ख्या बढ्ने अपेक्षा गर्नुभयो ।

    नगरपालिकाले अनुदान दिएको रकमलाई विद्यालयले विद्यार्थीलाई पिउने पानी, मसलन्द खर्च, सुरक्षा गार्ड, थप विषयगत शिक्षक, आवश्यकताका आधारमा थप पूर्वप्राथमिक तहका सहयोगी कार्यकर्ता, कोचिङ कक्षा सञ्चालनलगायतका शीर्षकमा खर्च गर्नुपर्ने गरी कार्यविधिमा व्यवस्था गरिएको छ ।

    सोमबार, बैशाख १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer