वीरगन्ज । पर्साको वीरगन्जमा रहेको नबिल बैंकबाट १ करोड ३४ हजार रुपैयाँ चोरी गरेर पैसा बोरामा हालेर लगेका छन्। सोमबार बिहानीपख ४ बजेतिर बैंकबाट रकम चोरी भएको हो।
Advertisement
चोरीमा संलग्न व्यक्तिहरूले बैंकबाट रकम चोरी गरेर बोरामा हालेर लगेको सिसिटिभी फुटेजमा देखिएको छ। चोरी भएको समयमा बैङ्कमा सुरक्षा गार्ड नभएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
अनुसन्धानमा बैङ्कको ताला फोडेर पैसा चोरी गरेको र पछि चोरीमा संलग्नहरूले अर्कै ताला लगाएर भागेका थिए।
करिब ६ जनाको समूहमा रहेकाहरूले पैसा चोरी गरेको देखिएको छ। प्रहरीले अनुसन्धान सुरु गरे पनि कसैलाई पक्राउ गरेको छैन।




