• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, जेठ २८, २०८३
☰
बिहिबार, जेठ २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

गोसाइँकुण्ड क्षेत्रमा नुहाउने तीर्थयात्री मात्र नभई समग्र पर्यटनमा बृद्दी


  •   बुधबार, बैशाख १९, २०८१ मा प्रकाशित
  • रसुवा । नेपालको पदयात्रामा आउने पर्यटकको तेस्रो पर्यटकीय गन्तव्यस्थल लाङटाङमा गोसाइँकुण्डमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको छ।

    Advertisement

    पर्यटक आउने मौसमको सुरुवातसँगै घुम्न आउनेको संख्या बढेको हो । प्रत्येक वर्ष गंगा दशहरा र जनैपूर्णिमाको समयमा मात्र ठूलो मेला लाग्ने गोसाइँकुण्डको नुहाउने तीर्थयात्री अहिले जतिबेला पनि आउन थालेका छन्।

    ४ हजार ३ सय ८० मिटर उचाइमा रहेको गोसाइँकुण्डमा स्नान तथा पूजाआराधना गर्नाले मनोकांक्षा पूरा हुने विश्वास छ। वार्षिक २० हजार भक्तजन गोसाइँकुण्ड पुग्ने गर्दछन्। जनैपूर्णिमा मेलाको समयमा वर्षात् हुने र यात्रीको भीड हुनाले होटलमा खान, बासजस्तो समस्या हुने भएकोले यात्रीहरू दशहरा र जनैपूर्णिमाको मेलामा भन्दा अरू समयमा आउन थालेका हुन्।

    हिउँ परेर गोसाइँकुण्डमा जमेको पानी

    बढ्दो तापक्रमसँगै पग्लिन थालेको छ। यतिबेला गोसाइँकुण्ड तथा लाङटाङ पदयात्रा मार्गमा लालीगुराँस फुलेर रंगीन बनेको छ। अहिले ३०/४० तीर्थयात्री कुण्डमा स्नान गर्न पुगेको रसुवा पर्यटन व्यवसायी संघका अध्यक्ष निशान गजुरेलले बताए। नेपालको तेस्रो पर्यटकीय गन्तव्य लाङटाङ पदमार्ग क्षेत्रमा दैनिक २५/३० स्वदेशी तथा विदेशी पर्यटक पुग्न थालेका छन्। लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रेन्जर नीतेन्द्र सिंहले बताए।

    लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रका पर्यटकीय क्षेत्रमा यस वर्ष ८ हजार ६ सय ८१ आन्तरिक तथा बाह्य पर्यटक आएको सिंहले बताए। जसमध्ये ६ हजार ५ सय २७ विदेशी पर्यटक छ भने २ सय ३९ पर्यटक सार्क राष्ट्रका आएका छन्।

    पर्यटकबाट २ करोड ९९ लाख ९६ हजार ८ सय ५४ रुपैयाँ प्रवेश शुल्क संकलन गरिएको छ। लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने लाङटाङ गोसाइँकुण्ड गाउँपालिका–४ मा पर्दछ। पदयात्रा मार्गमा कलकल बगिरहेको लाङटाङ नदी र चराचुरुंगीका आवाज सुन्दै हरियाली तथा लालीगुराँसले रंगीन बनेको जंगल नियाल्दै यात्रा गर्दा स्वर्गीय आनन्द मिल्ने पर्यटक स्वयम्भूराज डंगोल बताउँछन्। लाङटाङ नदीको सुस्याहट, सुन्दर झरना र लामा होटलबाट अगाडि बढेपछि लाङटाङ हिमालसँग साक्षात्कार हुँदै जान पाइने हुनाले पनि यो रुट स्वदेशी पर्यटकहरूको प्रिय बन्दै गरेको डंगोलले बताए।

    लाङटाङ उपत्यका ३ हजार ४ सय ३० मिटर उचाइमा रहेको छ। वरिपरि सेताम्मे हिमाल। बीचमा हिउँले सेतै ढाकिएको मानव बस्ती। घर जति छन्, प्रायः सबै होटल रहेका छन्। लाङटाङ राष्ट्रिय निकुञ्जले स्वदेशीलाई एक सय र सार्क राष्ट्रका नागरिकलाई १ हजार ५ सय रुपैयाँ प्रवेश शुल्क लिने गरेको छ। अन्य देशका पर्यटकलाई तीन हजार प्रवेश शुल्क तिर्नुपर्छ।

    क्यान्जिङमा ४ सय र र लाङटाङमा झन्डै ६ सय जनालाई खाना बासको व्यवस्था गर्न सक्ने होटल र लजको क्षमताका होटल छन्। तिब्बत गेस्ट हाउसका सञ्चालक ग्याल्बो तामाङका अनुसार लाङटाङमा एकैपटक पाँच सयजना बास बस्ने क्षमताका होटल लज छन्। उनी भन्छन् पहिलेपहिले गोरा पर्यटकहरू मात्र आउने गर्थे, अहिले नेपालीहरू पनि उत्तिकै आउने गरेका छन्। लाङटाङ जाने रुटमा पर्ने धुन्चे, ठूलोभार्खु, ब्रावल, ठुलोस्याफ्रु, पहिरो, बम्बु, स्याफ्रुबेंसी, खाम्जिम, शेर्पागाउँ रिम्चे, लामाहोटल, घोडा तबेला, लाङटाङ मुण्डू हुँदै क्यान्जिङसम्म पर्यटक लक्षित लागि दर्जनौं होटल तथा लजहरू रहेका छन्। हिउँ चितुवा, रेडपाण्डा, हिमालयन थार, बँदेल, थरीथरीका बादर, डाँफे, कस्तुरी मृगजस्ता वन्यजन्तु, चराहरू देख्न सकिन्छ। जैविक विविधताले भरपूर रहेको छ। लाङटाङ राष्ट्रिय निकुञ्जको आधार क्षेत्रमा पर्ने भएकाले यस क्षेत्रमा देखिने वन्यजन्तु टाढैबाट हेर्न र नचलाउन र फोहोर नगर्न पर्यटकलाई अनुरोध गरिएको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत अणनाथ बरालले बताए।

    कोरोना संक्रमण तथा विभिन्न समस्याबाट अहिले पुरानै लयमा फर्केको पर्यटकीय पदयात्रा मार्गमा होटेल सञ्चालनमा आएको गोसाइँकुण्ड गाउँपालिका–४ लाङटाङका पूर्ववडाध्यक्ष सुप्पा लामाले बताए। लाङटाङ मार्गको रिमिचे, लामा होटेल, रिभर साइड, घोडातबेला, गुम्बाडाँडा, लाङटाङ, मुण्डु र क्याङजिङ गुम्बाका होटेलहरू पूर्ण रूपमा सञ्चालन भएको छ। ‘एउटै होटेलमा ५० जनाभन्दा बढी राख्ने क्षमता रहेको छ, हामीले होटेल खुला राखेका छौँ, हामी पर्यटकको पर्खाइमा छौँ,’ स्थानीय पर्यटन व्यवसायी ग्याल्बु लामाले भने।

    बुधबार, बैशाख १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer