• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, जेठ २८, २०८३
☰
बिहिबार, जेठ २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पर्वतीय सङ्ग्रहालयमा अन्ठानब्बे देशका पर्यटक


  •   बुधबार, बैशाख १९, २०८१ मा प्रकाशित
  • लेखनाथ । पर्यटनको राजधानी पोखरामा पाहुनाको मुख्य गन्तव्य प्राकृतिक ताल, गुफा, डाँडाकाँडा र मठमन्दिर पर्छन् । पर्यटक पुग्ने थोरै मानव निर्मित सम्पदामा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पर्छ । हिमाल, पर्वतारोहण र पर्वतीय जीवनबारे अध्ययन केन्द्र बनेको सङ्ग्रहालयमा पछिल्लो आर्थिक वर्षमा ९८ देशका पर्यटक आएका छन् ।

    Advertisement

    सार्क, विदेशी र नेपालीको मात्र फरक फरक तथ्याङ्क राख्ने गरिएकोमा गएको कात्तिकदेखि विदेशीको राष्ट्रियता अनुसारको तथ्याङ्क राख्न थालिएको छ । चालु आवको साउनदेखि चैतसम्म सार्क देशका १५ हजार ७७२ जनाले सङ्ग्रहालय अवलोकन गरेका छन् । यसबाट ४१ लाख ३५ हजार ३४८ रुपियाँ आम्दानी भएको छ । यो नौ महिनामा आएका १८ हजार १९० जना विदेशीले सङ्ग्रहालयलाई ९५ लाख २९ हजार ८२८ रुपियाँ तिरेका छन् । यहाँ आउनेमा सबैभन्दा बढी जापानी छन् । कात्तिकदेखि चैतसम्म एक हजार ७६४ जना जापानी पर्यटक आएका छन् । सो अवधिमा एक हजार ७६ जना फ्रान्सेली, ७९३ जना चिनियाँ, ७६४ जना अमेरिकी, ५६५ जना बेलायती र ८१६ जना दक्षिण कोरियाका नागरिकले सङ्ग्रहालय हेरेका छन् ।

    अघिल्लो वर्ष दुई करोड ९१ लाख १३ हजार सात सय रुपियाँ आम्दानी गरेको सङ्ग्रहालयले चालु आवमा दुई करोड नौ लाख ९४ हजार ४९१ रुपियाँ सङ्कलन गरेको छ । सङ्ग्रहालयका भावी योजना निर्माण र पर्यटकको सङ्ख्या बढाउन राष्ट्रियता अनुसारको तथ्याङ्कले सहयोग गर्ने कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपाने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यो सङ्ग्रहालय दुई दशकदेखि पर्वतीय गतिविधि, संस्कृति र जलवायु परिवर्तन बुझाउने अध्ययन केन्द्र बनेको छ ।

    यस्तो तथ्याङ्कले हामीलाई भावी योजना, थप निर्माण र रणनीति तय गर्न पनि सघाउने अपेक्षा गरेका छौँ ।” सङ्ग्रहालय नाफा आर्जनका लागि नभई ज्ञान बाँड्न केन्द्रित भएको सुनाउँदै उहाँले महिनामा कम्तीमा २० लाख रुपियाँ खर्च हुने उल्लेख गर्नुभयो । सङ्घका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डे पोखरा–१७, रातोपैह्राको करिब एक सय रोपनीमा रहेको यो सङ्ग्रहालयलाई अनुसन्धान केन्द्रका रूपमा विकास गर्न नेपाल पर्वतारोहण सङ्घको मात्र बुताले नपुग्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यसलाई अनुसन्धान केन्द्र बनाएर अझ धेरै पर्यटन र अनुसन्धातालाई आकर्षण गर्न सकिन्छ । यसका लागि राज्यले लगानी र बजारीकरण गरिदिनु पर्छ ।”

    बुधबार, बैशाख १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer