• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

जाऔँ हिँड रेसुङ्गा अभियान


  •   बुधबार, बैशाख १९, २०८१ मा प्रकाशित
  • काठमाडौँ । ऐतिहासिक, धार्मिक सांस्कृतिक तथा जैविक विविधताबारे प्रचार प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यले गुल्मीको रेसुङ्गा नगरपालिकाले ‘जाऔँ हिँड रेसुङ्गा’ अभियान सञ्चालन गर्ने भएको छ ।

    Advertisement

    पर्यटन प्रवर्द्धनमार्फत आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यले रेसुङ्गाको पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डको सहकार्यमा ‘जाऔँ हिँड रेसुङ्गा’ अभियान सञ्चालन गर्न लागेको नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले जानकारी दिनुभयो ।

    काठमाडौँमा आयोजित विशेष समारोहबिच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार सो अभियानको शुभारम्भ गर्नुहुने नगरप्रमुख पन्थीले जानकारी दिनुभयो ।

    गुल्मी जिल्लाका १२ स्थानीय तहमध्ये सदरमुकाम तम्घासको शिरमा अवस्थित रेसुङ्गा धार्मिक तथा पर्यावरणीय रूपमा अत्यन्तै महत्त्वपूर्ण स्थानका रूपमा चिनिएको भएपनि आवश्यक प्रचार प्रसारको कारण ओझेलमा परेको छ ।

    समुद्र सतहदेखि दुई हजार ३४७ मिटर उचाइमा रहेको रेसुङ्गा भौगोलिक, जैविक र वानस्पतिक विविधताले भरिपूर्ण क्षेत्र रहेको छ । ऋषि महर्षिको ध्यान केन्द्रको रूपमा चिनिने रेसुङ्गामा त्रेता युगमा महर्षि ऋष्यशृङ्गले तपस्या गरेको धार्मिक मान्यता छ ।

    महर्षि ऋष्यशृङ्ले अयोध्याका राजा दशरथको पुत्रेष्टि यज्ञ सम्पन्न गराई रेसुङ्गाबाट लगेको जडीबुटी खुवाएपछि निःसन्तान राजा दशरथलाई राम, लक्ष्मण, भरत शत्रुध्न जस्ता पुत्ररत्न प्राप्त गरेको वाल्मीकि रामायणको बालकाण्डको ९–१५ सम्मको सर्गमा वर्णन छ ।

    महर्षि ऋष्यशृङ्लाई भेट्न भगवान् श्रीराम स्वयं रेसुङ्गा तपोभूमिमा पुगेका पाइलामा राम–सीताको मन्दिर स्थापना गरिएको छ । जहाँ पौराणिक कालका आश्रम, धर्मक्षेत्र, मठ मन्दिर, पधेरा, कुण्ड, पोखरी, जलस्रोत, पार्टी पौवा यज्ञशाला तथा धर्मशालाका भग्नावषेश समेत देख्न सकिन्छ ।

    काठमाडौँबाट ३६२ किलोमिटर, बुटबलबाट ११६ किलोमिटर तथा पवित्र रुरुक्षेत्रबाट उत्तर–पश्चिम ४० किलोमिटरमा अस्थित रेसुङ्गा सडक तथा हवाई यातायातबाट सहजै पुग्न सकिन्छ ।

    दुर्लभ चरा तथा विभिन्न प्रजातिका जीवजन्तु पाइने रेसुङ्गाको तपोभूमि भगवान् रामले महर्षि ऋष्यशृङ्का लागि पानी खोज्ने क्रममा वाणले पोखरी खनेको जनश्रुतिमा समेत उल्लेख गरिएको छ ।

    उक्त महापोखरीमा स्नान गरी सिद्धेश्वर भगवानको दर्शन गरे मनोकामना पुरा भई सिद्धि प्राप्त अएर असल सन्तान प्राप्त हुने जनविश्वासका कारण श्रावण महिना भर भक्तजनको भीड लाग्ने गर्दछ ।

    ३५० भन्दा बढी खानेपानीका मूल रहेको रेसुङ्गा तपोभूभिमा टिमुर, कुरिलो, चिराइतो, चुत्रो पाषणभेद, बज्रदन्ती, सेतो बरुवा, ठुलो ओखती, भूतकैश, सतुवा, जटामसीजस्ता दुर्लभ तथा महत्त्वपूर्ण जडीबुटीका साथै अनेक वृहस्पति, लहरा, घाँस, झ्याउ च्याउ सहजै भेटिन सकिन्छ ।

    २५ प्रकारका वन्यजन्तु, २५ प्रकारका घस्रिने जीव, २५३ प्रकारका चरा, १९ प्रकारका पुतीली पाइने रेसुङ्गालाई पर्यावरणीय तथा धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्ने गरी ‘जाउँ हिड रेसुङ्गा’ अभियान सुरु गरिएको नगरप्रमुख पन्थीले जानकारी दिनुभयो ।

    बुधबार, बैशाख १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer