• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, जेठ ३०, २०८३
☰
शनिबार, जेठ ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सिँचाइ कुलो भत्किएको दुई वर्षसम्म भएन पुनर्निर्माण


  •   बिहिबार, बैशाख २०, २०८१ मा प्रकाशित
  • कैलाली । यतिबेला कैलालीमा धानको बेर्ना राख्ने समय भयो । घोडाघोडीका करिब पाँचसय किसान वर्षौदेखिको सिँचाइ कुलो भत्किएको दुई वर्ष बित्दासमेत पुनर्निर्माण नभएपछि खेत बाँझै हुने चिन्तामा छन् ।

    Advertisement

    घोडाघोडी नगरपालिका वडा –१ घोडाघोडी, कौवा, कैलाशपुर र सुखडका किसानको सयौं बिघा जमिन तालबाट ल्याइएको पानीले सिँचित हुँदैआएको थियो । २०७९ सालको बाढीले घोडाघोडी पूवीओझुवा तालनजिक करिब एकसय मिटर पक्की कुलो र बाँध भत्काएपछि किसानको खेत सिँचाइमा समस्या आएको छ ।

    घोडाघोडी गाउँका राजु आचार्यले सिँचाइ सुविधाका कारण बाह्रैमास खेती हुने जग्गा गत वर्षदेखि आकाशको भरमा खेती लगाउनुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यतिखेर कुलोको पानी भएको भए बीउ राखिसक्ने बेला भयो, वर्षे मकै लगाइन्थ्यो, सिँचाइ नहुँदा बीउ राख्न समस्या भएको छ । नल्काको पानीले बीउ राखे पनि समयमा पानी परेन भने बीउ सुकेर मर्ने र धान कम फल्ने समस्या हुन्छ ।”

    घोडाघोडीका किसानले परम्परागतदेखि नै नकरोड तालको पानी खेतसम्म ल्याउन प्रत्येक वर्ष किसानले श्रमदान गरी कुलो सरसफाइ, निर्माण गर्दैआएका थिए । किसानकै प्रयासमा बग्धौली सिँचाइ उपभोक्ता समिति गठन गरी केहीवर्ष पहिले बजेटको व्यवस्था गरी कुलोको स्तरोन्नतिसँगै पक्की कुलो निर्माण गरिएको थियो ।

    कुलोमा पानी नियन्त्रणका लागि बनाइएको आउटलेटसहित पक्की कुलो २०७९ साल भदौमा आएको बाढीले भत्काएपछि अहिलेसम्म निर्माण हुन सकेको छैन । कुलो निर्माण हुन नसक्नु उपभोक्ता समिति कमजोर रहेको आरोप किसानको छ ।

    बग्धौंली सिँचाइ उपभोक्ता समितिका सचिव दिलबहादुर धामीले आफूहरु समितिमा नआउँदै कुलो भत्किएको जनाउँदै आफूहरु भर्खरै समितिमा आएको र कुलो निर्माणका लागि पहल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सिँचाइ डिभिजन कार्यालयमा कुलो मर्मत निर्माणका लागि प्रस्तावना पेश गरेका छौं, सके डल्लो बजेटबाट यस वर्ष नसके आगामी वर्षको बजेटमा आउने गरी अगाडि बढाउने आश्वसन दिनुभएको छ ।”

    नकरोड तालको पानीलाई कुलोको माध्यमबाट यहाँका किसानले वर्षौ पहिलादेखि आफ्ना खेतबारीसम्म लगेर वर्षभरि सिँचाइ गरी धान, मकै, गहुँ खेती गर्दैआएका थिए । समय समयमा किसान आफैँ एकजुट भइ कुलो सफा, ड्याम मर्मत गर्दैआएको बताउने स्थानीय सीता बिकले कुलोको पानी आलोपालो गर्दै सबैले समयमै खेती लगाउँदै आएको बताउनुभयो ।

    सिँचाइ डिभिजन कार्यालयको सहयोगमा निर्माण भएको करिब १४० मिटर कुलो पक्की निर्माण तथा ड्याम निर्माण भएको बग्दौली सिँचाइ जल उपभोक्ता समितिले जनाएको छ ।

    बाढीले भत्काएको पक्की कुलो पुनर्निर्माणका लागि करिब ५० लाख लाग्ने जनाउँदै केन्द्र सरकार र प्रदेश सरकारका सांसद, स्थानीय सरकार प्रमुखलाई पटक–पटक सिँचाइको समस्या बारेमा जानकारी गराउँदासमेत कुनै सुनुवाइ नभएको उपभोक्ता समितिका निवर्तमान उपाध्यक्ष हरिलाल सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “गतवर्ष पुनर्निर्माण हुन सकेन, भत्किएको ठाउँमा गत वर्षको बाढीले थप क्षति गर्दा बढी खर्च लाग्ने देखिएको छ ।”

    असार १५ सम्म बग्धौली सिँचाइ कुलोको पानीले धान रोपेर सक्ने यहाँका किसान अहिले जग्गा बाँझो हुने हो कि भन्ने चिन्तामा छन् । जल उपभोक्ता समितिका पूर्व अध्यक्ष एवम् सल्लाहकार समिति सदस्य नरहरी रिजालले बग्धौली सिँचाइ आयोजनाबाट दुईसय हेक्टर खेतीयोग्य जमिन सिँचाइ हुनेगरेको बताउनुभयो ।

    जलस्रोत तथा सिँचाइ विकास डिभिजन कैलालीका प्रमुख अमरबहादुर पालले बग्धौंली सिँचाइ योजना समस्याबारेमा आफूकहाँ भर्खरै मात्र जानकारी आएकाले बजेटका लागि आगामी वर्षको योजनामा पर्नेगरी फाइल अघि पढाउने बताउनुभयो । उहाँले खेतीयोग्य जमिन, पानीको स्रोत, उपभोक्ता सङ्ख्याको आधारमा योजना छनौट हुने जनाउँदै घोडाघोडी सिँचाइ पक्की कुलो निर्माणमा डिभिजनको सहयोग भए पनि मर्मत सम्भार र संरक्षण गर्न नसक्नु उपभोक्ताको कमजोरी रहेको बताउनुभयो ।

    बिहिबार, बैशाख २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २४ गते (७

    • २.
      आज २०८३ साल जेठ २५ गते (८

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer