• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आकर्षणको केन्द्र बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’


  •   शुक्रबार, बैशाख २१, २०८१ मा प्रकाशित
  • काठमाडौं । धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको ‘अम्बोटे होमस्टे’ आन्तरिक र बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । विसं २०७८ चैतमा शान्ति नेपाल नामक गैरसरकारी संस्थाको सहयोगमा गङ्गाजमुना गाउँपालिकाले गुरुङगाउँलाई नमुना गाउँ घोषणा गरेसँगै ‘अम्बोटे होमस्टे’ सञ्चालनमा ल्याइएको हो । अम्बोटेभित्र आएका पर्यटकले सिँढी पदमार्ग, अग्र्यानिक कफी र मौसमअनुसारको फलफूलको मज्जा लिन पाउँछन् । उक्त होमस्टे(घरवास)बाट आलुपोखरा ‘भ्यू टावर’, गङ्गाजमुना मन्दिर, त्रिपुरासुन्दरी मन्दिरलगायतका ठाउँमा जान सकिन्छ ।

    Advertisement

    अम्बोटे होमस्टे सञ्चालक समितिका अध्यक्ष उत्तम गुरुङले आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा प्रदान गर्नका लागि विगत दुई वर्षदेखि होमस्टे सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । “गुरुङगाउँलाई नमुना गाउँ घोषणा गरेसँगै यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई खान बस्न सहज बनाउनका लागि होमस्टे सञ्चालनमा ल्याएका हौँ,”उहाँले भन्नुभयो । अम्बोटेमा हाल १६ घरधुरी गुरुङ समुदायको रहेको छ । गुरुङ सेवा समाज अम्बोटेका अध्यक्ष मनबहादुर गुरुङले खाना र बस्नबाहेक गुरुङ संस्कृतिको माध्यामबाट आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनमा अम्बोटे होमस्टे लागिरहेको बताउनुभयो । गुरुङ जातिको मुख्य संस्कृति कौरा, चुड्का, रोधीलगायतका हुन् । अम्बोटे होमस्टेमा मासिक दुई सयदेखि पाँच सयसम्म आन्तरिक र बाह्य पर्यटक आउने गरेका छन् । दैनिक ३० देखि ५० जनासम्म बस्न मिल्ने क्षमता रहेको उक्त होमस्टेका सबै घरमा बसोबास गर्न मिल्ने व्यवस्था गरिएको छ । अम्बोटे होमस्टेमा एकरात खान र बस्नका लागि रु ६०० देखि रु एक हजार २०० सम्म लाग्दछ ।

    होमस्टेमा आउने पाहुनालाई यही उत्पादित अग्र्यानिक खाद्यान्न खुवाउँदै आएको अध्यक्ष गुरुङले बताउनुभयो । यहाँ होमस्टे सञ्चालन गरेसँगै नजिकका गाउँहरुले समेत अग्र्यानिक खाद्यान्न उत्पादनलाई जोड दिँदै आएका छन् उहाँले भन्नुभयो,“गुरुङगाउँमा उत्पादन भएको सामानले नपुग्ने स्थिती आएमा छिमेकी गाउँहरुबाट खाद्यान्नहरु ल्याएर भएपनि पाहुनालाई अग्र्यानिक खाद्यान्नमार्फत सत्कार गर्दछौँ । होमस्टे सञ्चालनबाट आम्दानी भएको रकम होमस्टेमा आवश्यक पर्ने सामाग्री खरीदमा लगाउँदै आएको र बाँकी रकम कोष बनाएर बचत गरिएको छ । यहाँ आउने पाहुनाको राय र सुझावलाई ध्यानमा राखेर होमस्टेलाई थप व्यवस्थित र सुविधासम्पन्न बनाउँदै लैजाने समितिले जनाएको छ । गुरुङगाउँमा होमस्टे सञ्चालनमा आएसँगै गाउँपालिकाले समेत होमस्टे कार्यक्रमलाई प्राथमिकता दिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठले गाउँपालिकाको वडा नं ७ स्थित भैँसे र वडा नं ३ स्थिति अम्बोटे होमस्टेलाई गाउँपालिकाले विशेष रुपमा अगाडि बढाउने बताउनुभयो । गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि चालु आवमा रु ७० लाख रकम विनियोजन गरेको छ । विनियोजन गरेको रकममध्ये ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’को प्रवद्र्धन, होमस्टे विकास, गङ्गाजमुनाबाट चुमभ्याली र रुविभ्याली हुँदै लाङटाङ जोड्ने ‘ग्रीन ट्रेकिङ ट्रेल’लाई पालिकाले गौरवको आयोजनाका रुपमा अगाडि बढाएको छ ।

    यस्तै, गाउँपालिकाको पर्यटन प्रवद्र्धनका लागि ठाउँठाउँमा सूचना पार्टी निर्माण, पर्यटन मन्त्रालय र पर्यटन बोर्डको सहकार्यमा ‘गङ्गाजमुना पर्यटन पूर्वाधार विकास योजना’ अन्तर्गत गङ्गाजमुना मन्दिर परिसरमा मन्दिर, भजन मण्डली, पाहुना घर, गुम्बा निर्माण कार्य अगाडि बढाइएको छ । ‘कृषि, पर्यटन र पूर्वाधार ः गङ्गाजमुना विकासको आधार‘ भन्ने मूल नारा बोकेको उक्त गाउँपालिकाले अन्य गाउँपालिकाको सहकार्यमा नर्सिङ धाम–गङ्गाजमुना–सल्यानकोट माई मन्दिरलाई धार्मिक पर्यटन सर्किटका रुपमा विकास गर्न लागेको छ । अम्बोटेमा होमस्टे सञ्चालनमा आएसँगै उक्त गाउँपालिकाका अन्य गाउँमा समेत होमस्टे सञ्चालनका लागि जनआवाज उठ्न थालेको छ । गङ्गाजमुना वडा नं ३ का वडाअध्यक्ष राजकुमार गुरुङले अम्बोटे होमस्टेलाई नमुना होमस्टेका रुपमा विकास गर्दै लैजाने बताउनुभयो । उहाँले आगामी दिनमा आलुपोखरासमेत होमस्टे सञ्चालन गरिने लक्ष्य लिइएको उल्लेख गर्नुभयो ।

    शुक्रबार, बैशाख २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer