• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, जेठ ३०, २०८३
☰
शनिबार, जेठ ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

दानी गाउँपालिका अध्यक्षले दिए जग्गा दान


  •   शुक्रबार, बैशाख २१, २०८१ मा प्रकाशित
  • काठमाडौं । काम गर्न भन्दा कुरा गर्न सजिलो छ । त्यसमाथी पनि उदाहरणीय काम गर्न निक्कै जटिल छ । यसका लागी ठुलो मन र ठुलै छाती चाहिन्छ । यस्तै मनकारी अध्यक्ष पाएको छ, पञ्चकन्या गाउँपालिकाले ।

    Advertisement

    राज्य पुनःसंरचना पश्चात नुवाकोटमा स्थापना भएका बाह्रपालिकामध्ये एक हो पञ्चकन्या गाउँपालिका साविकको पाँच गाविस पञ्चकन्या, थप्रेक, कविलास, भदु्रटार र चौघडाको वडा नं ३,४,९ लाई समायोजन गरेर बनाइएको हो पञ्चकन्यामा सरकारी सेवा प्रवाह बल्ल जनताको घरदैलोमा पुग्न थालेका छन् । यस पालिकाको पहिलो कार्यकालमा अध्यक्ष पदमा तेजबहादुर तामाङ निर्वाचित हुनुभयो । उहाँले जनतालाई सरकारी सेवा गाउँबाटै दिने कसरी भने योजना बनाउँदै अघि बढ्यो ।

    पालिकावासीको माग थियो – घरनजिकै विद्युत्को महसुल तिर्न पाए हुन्थ्यो । पञ्चकन्याबाट विद्युत्को महसुल तिर्न सदरमुकाम पुग्दा दिनभर लाग्ने पीडा सुनेर महसुल काउन्टरको माग लिएर गाउँपालिका नेपाल विद्युत् प्राधिकरण पुग्नुभयो । प्राधिकरणले उहाँलाई उठाएको रकम सुरक्षित बनाउन बैंक राख्नुपर्छ अनि काउन्टर स्थापना हुन्छ । विद्युत्को काउन्टर राख्न मात्र होइन पालिकालाई समेत अत्यावश्यक भएको बैंक सेवा माग्नको लागि उहाँ राष्ट्र बैंक पुग्नुभयो । बैंक आउन तयार छाँै त्यसको लागि प्रहरी चौकी चाहिन्छ भन्ने जवाफ पाउनुभयो । पालिकाभरमा एउटै प्रहरी एकाइ थिएन ।

    यसपछि पालिका अध्यक्ष तामाङ चौकी माग्न जिल्ला प्रशासन पुग्नुभयो । प्रमुख जिल्ला अधिकारीले उहाँलाई चौकी स्थापना हुन्छ । त्यसको लागि भवन बनाउन दुई रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुपर्छ । चौकीको लागि चाहिने भवन बनाउन सरकारले बजेट दिए पनि जग्गा भने खरिद गर्न नमिल्ने भएकाले प्रजिअले पालिका अध्यक्षलाई जग्गा निःशुल्क उपलब्ध गराउन आग्रह गर्नभयो । सरकारी सेवालाई गाउँमा ल्याउने मुख्य ‘हतियार’ भएको दुई रोपनी जग्गा खोज्न निकै भौतारिनुभएका अध्यक्ष तामाङको कोसिस सफल हुनसकेन ।

    अन्ततः आफैले पालिकाको मध्येविन्दु घलेभञ्याङमा आवश्यक दुई रोपनी जग्गा खरिद गरेर चौकी राख्न उपलब्ध गराउनुभयो । सोही जग्गामा भवन बनाउने तयारीको साथ विसं २०७८ चैत २० गते इलाका प्रहरी कार्यालयको स्थापना भयो । गाउँपालिकाको अध्यक्षमा तामाङ पुनः दोस्रो कार्यकालको लागि निर्वाचित हुनुभएको छ । इलाका प्रहरी कार्यालय पञ्चकन्याको लागि उहाँले निःशुल्क दिएको जग्गामा निर्माण गरिएको सुविधा सम्पन्न नयाँ भवनको आज बागमती प्रदेस सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायणले श्रेष्ठ उद्घाटन गर्नुभयो । सो अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तामाङले गाउँको विकास र सरकारी सेवा विद्युत् काउन्टर, बैंक, प्रहरी एकाइ गाउँमा ल्याउन आफैले जग्गा दिँदा केही गुमाए भन्दापनि गाउँको लागि धेरै उपलब्धि प्राप्त भयो भन्दै खुसी व्यक्त गर्नुभयो ।

    प्रहरी एकाइको शुभारम्भको अवसरमा मन्त्री श्रेष्ठले प्रहरीको लागि नयाँ भवनले मात्र सेवा सहज नहुने भन्दै आवश्यक जनशक्ति, सवारीसाधन, प्राविधिको उपयोगसहित समय अनुकुल तालिम प्राप्त प्रहरी जनशक्तिमार्फत सुरक्षा दिन तीन तहकै सरकारको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । बागमती प्रदेससभाका सदस्य रमेश महतले पञ्चकन्या–२ मा लक्षित वर्गलाई सामाजिक सुरक्षा भत्ता वितरणको लागि कार्यालयमा राखिएको रु ५३ लाख हराएको चार वर्ष पूरा भए पनि घटनामा संलग्नको पहिचान नभएको भन्दै प्रहरी एकाइको स्थापनाले सुरक्षाको प्रत्याभूति बलियो हुने विश्वास व्यक्त गर्नुभयो ।

    प्रहरीको नयाँ एकाइ स्थापनासँगै निर्माण गरिएको तीन तले सुविधा सम्पन्न भवनले प्रहरीलाई सेवा दिन सहजता पुग्ने जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख शान्तिराज कोइरालाले विश्वास व्यक्त गर्नुभयो । बागमती प्रदेश सरकारबाट प्राप्त रु दुई करोड दुई लाख लगानीमा निर्माण गरिएको पक्की भवनमा कार्यालय, ब्यारेक, मेससहित आवश्यक संरचनाले भरिपूर्ण रहेका छन् । उक्त कार्यालयमा प्रहरी निरीक्षकको नेतृत्वमा चालिस जनाको दरबन्दी छ । जनशक्तिको अभावले हाल प्रहरी नायब निरीक्षकको नेतृत्वमा दशजना कार्यरत छन ।(बर्णन मिडिया)

    शुक्रबार, बैशाख २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २४ गते (७

    • २.
      आज २०८३ साल जेठ २५ गते (८

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer