• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

दैनिक ८ घण्टाभन्दा बढी स्क्रिन हेर्दा के असर हुन्छ?


  •   शुक्रबार, बैशाख २१, २०८१ मा प्रकाशित
  • काठमाडाैँ । ‘डेस्क जब’ र ‘डिजिटल स्क्रिन’ को जमाना छ। थुप्रै व्यक्ति दिनको अधिक हिस्सा कम्प्युटरअगाडि बसेर बिताउने गर्छन्। कतिपयको त जिन्दगी नै कम्प्युटर स्क्रिनमा केन्द्रित छ भन्दा पनि फरक नपर्ला।

    Advertisement

    यस्तो प्रकृतिको दैनिकीले हाम्रो मानसिक र शारीरिक स्वास्थ्यमा दुरगामी असर पार्न सक्छ।उसोभए हरेक दिन ८ घण्टा कम्प्युटर स्क्रिन नियाल्ने व्यक्तिको शरीरमा कस्ता समस्या देखा पर्न सक्छन् त?

    ओभानो आँखा
    हाम्रो आँखा हरबखत रसिलो हुनुपर्छ। तर, जब हामी लामो समय स्क्रिन हेर्छौँ, तब आँखा झिम्क्याउन बिर्सिन्छौँ। सामान्यतः प्रतिमिनेट १०–२० पटक आँखा झिम्क्याइन्छ। तर, एकोहोरो स्क्रिन नियाल्दा यो दर ३–८ पटकमा सीमित हुन पुग्छ।

    आँखा झिम्क्याउँदा अश्रुग्रन्थीबाट आँसु निस्किएर कर्नियालाई रसिलो बनाउने गर्छ। तर, स्क्रिनमा घोरिँदा यो प्रक्रिया अवरुद्ध हुन गई आँखा सुक्खा हुने समस्या देखा पर्ने नेत्र विशेषज्ञहरुको भनाइ छ।

    आँखा ज्यादा ओभानो हुँदा आँखामा असजिलो हुने, बिझाउने, रातो हुने, पानी बग्नेजस्ता समस्या देखा पर्न सक्छन्।यो समस्या ज्यादा बढे कर्नियामा क्षति पुगेर दृष्टि क्षमता समेत कमजो हुनसक्ने विज्ञहरु बताउँछन्। त्यस्तै, आँखामा संक्रमणको जोखिम समेत बढ्छ।

    यसलाई रोक्न निम्न उपाय अपनाउन सकिन्छः

    –प्रत्येक आधा घण्टामा पाँच मिनेट स्क्रिनबाट नजर हटाउने। कुर्सीबाट उठ्ने र वरिपरि डुल्ने
    –नियमित आँखा झिम्क्याइरहने
    –आँखामा पानी नछ्याप्ने
    –ओमेगा ३ फ्याट्टी एसिड भएका खानेकुरा खाने
    –नेत्र विशेषज्ञको सल्लाहअनुसार आइ ड्रप लगाउने
    दृष्टिमा समस्या
    लामो समय स्क्रिन हेरिरहँदा र आँखाले आराम नपाउँदा नजरमा पनि समस्या देखिन सक्छ। जसमा टाउको दुख्ने, आँखा दुख्नेजस्ता लक्षण देखा पर्न सक्छन्।

    यसलाई रोक्न निम्न उपाय अपनाउन सकिन्छः

    –नियमित आँखा जाँच गराउने र चिकित्सकको सल्लाहअनुसार उपयुक्त चस्मा लगाउने
    –हरेक २० मिनेटमा २० फिट टाढाको कुनै वस्तुलाई २० सेकेन्डसम्म हेर्ने।
    शरीर दुखाइ
    कम्प्युटरअघि लामो समय आसन नमिलाई बस्दा हाम्रो गर्धन र ढाडमा पनि समस्या देखिन सक्छ। जसले स्पाइन तथा मेरुदण्डको दुखाइ सुरु गर्न सक्छ।

    यसलाई रोक्न कम्प्युटर वा ल्यापट स्क्रिनको उचाइ आँखाको उचाइसँग बराबर बनाउनुहोस्। कतिपयले उभिएर काम गर्न मिल्ने डेस्क पनि बनाएका हुन्छन्।

    अनिद्रा
    स्क्रिनले फाल्ने ब्लु लाइटका कारण हाम्रो निद्रा खलबलिन सक्छ। यसले हाम्रो मेटाबोलिजममा दखल दिन सक्छ, जसले गर्दा हाम्रो तौल घटबढ हुन सक्छ।

    यसलाई रोक्न निम्न उपाय अपनाउन सकिन्छः

    –सुत्नुभन्दा दुईतीन घण्टाअघि स्क्रिन बन्द गर्ने
    –कोठा तथा स्क्रिन लाइटको ‘कन्ट्रयास्ट’ कम राख्ने
    –स्क्रिन कभर र चस्माले सहयोग गर्न सक्छ

    शुक्रबार, बैशाख २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ३.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: वैशाख २०८३

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      वार्षिक राशिफल: २०८३

    • ७.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer