• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, भदौ ०६, २०८३
☰
शनिबार, भदौ ०६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

देशलाई सङ्कटबाट निकाल्न कांग्रेस र एमाले मिल्नुपर्छ: नेता कोइराला


  •   शनिबार, बैशाख २२, २०८१ मा प्रकाशित
  • बांके । नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले देश अत्यन्तै सङ्कटको अवस्थामा रहेको बताउँदै नेपाली कांग्रेस र एमाले मिल्नुको विकल्प नरहेको बताउनुभएको छ।

    Advertisement

    शनिबार बाँकेको कोहलपुरमा नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ र प्रदेश सभा ‘क’ र ‘ख’ को दोस्रो सम्मेलनको उद्घाटन गर्दै नेता कोइरालाले सो बताउनुभयो ।

    नेता कोइरालाले सरकार फेरिएसँगै नीति पनि फेरिने अवस्थाले मुलुकमा सुशासन र समृद्धि तथा राजनीतिक स्थायित्व नहुँदा मुलुक आर्थिक अवस्थाबाट समेत कमजोर बन्दै गएको बताउँदै मुलुकको यो अवस्था फेर्नका लागि दुई ठुला शक्ति काँग्रेस र एमाले मिल्नुको विकल्प नभएको बताउनुभयो ।

    उहाँले अहिलेको अवस्था चिर्न निर्वाचन प्रणाली फेर्नु पर्नेमा विशेष जोड दिनुभयो । ‘अहिलेको मिश्रित निर्वाचन प्रणालीका कारण कसैको पनि बहुमत पुग्ने अवस्था हुँदैन जबसम्म बहुमत पुग्दैन सरकार बनाउन असम्भव छ’, उहाँले भन्नुभयो, ‘काँग्रेस र एमाले मिल्ने हो भने करिब दुई तिहाइ पुग्छ र निर्वाचन प्रणाली फेर्न सकिन्छ । त्यसका लागि पनि दुई शक्ति एक हुनु जरुरी छ ।’

    सहकारी ठगीको विषय संसदमा प्रवेश पाइसकेकाले संसदीय छानबिन समिति नबनेसम्म काँग्रेसले आफ्नो अडानबाट पछि नहट्ने पनि उहाँले प्रष्ट पार्नुभयो ।

    अबको चुनावमा गठबन्धन नहुने भएकाले एक ढिक्का हुन कांग्रेस कार्यकर्तालाई नेता कोइरालाले निर्देशन दिनुभयो।

    उहाँले पार्टीको आन्तरिक प्रतिस्पर्धामा गुटउपगुट हुनु स्वाभाविक भए पनि आमनिर्वाचनमा टिकट जसले पाएपनि उसलाई जिताउनु सम्पूर्ण कार्यकर्ताको दायित्व भएको बताउनुभयो।

    नेपाली कांग्रेस सहमहामन्त्री किशोरसिंह राठोरले मुलुकको वृहत्तरहितका लागि काँग्रेस बाहेक अरू पार्टीको कल्पना गर्न नसकिने बताउनुभयो । यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले कांग्रेसलाई बलियो बनाउन सङ्गठनका गतिविधिलाई चलायमान बनाउनुपर्ने बताउनुभयो ।

    कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टीमा खराब व्यक्तिलाई पुरस्कृत गर्ने प्रवृत्ति हाबी भइरहेको भन्दै त्यसलाई नीतिगत रूपमै निरुत्साहित गरिनुपर्नेमा जोड दिनुभयो।

    काँग्रेस क्षेत्रीय सभापति पोषण केसीको अध्यक्षतामा भएको दोस्रो सम्मेलनमा काँग्रेस केन्द्रीय सदस्यहरू सञ्जय गौतम, गोपाल दहित, मधु आचार्यलगायतले धारणा राख्नुभएको थियो।

    शनिबार, बैशाख २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer